सोमवार, असार ०४ गते, २०७५
शनिवार, २०७५ जेष्ठ १२ गते २२:५१

आशिष मल्ल ठकुरी । काठमाडौंबाट डडेल्धुराको लागि छुटेको यात्रुवाहक बसमा गुडिरहेकै अवस्थामा आगो लागेको छ । शुक्रबार कोहलपुरको बासगढी नजिकै उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको  बसमा आगलागी भएको हो ।
 
ओभरट्याक गर्ने क्रममा बसको अगाडिको चक्कामा  लागेको आगो फैलँदा बस पूर्ण रुपमा जलेको छ ।
 
अगाडिको चक्काबाट लागेको आगोले केही क्षणमा भयानक रुप लिए पनि यात्रु भने सकुशल छन् । बसमा कति यात्रु थिए भन्नेबारे केही खुलाइएको छैन ।
 
गाडीमा भएका यात्रुहरुका समान पनि गाडीसँगै जलेका छन् । दमकल समयमा नपुग्दा गाडी पूर्णरुपमा जलेको बताइएको छ ।
 
नेपालमै पहिलोपटक डडेल्धुराको उग्रतारा सार्वजनिक यातायातले  केही महिनाअघि शौचालय र चमेनागृहसहितकोे अत्याधुनिक बस सञ्चालनमा ल्याएको थियो ।
 
गुडिरहेकै अवस्थामा बसमा कमै मात्र आगलागी हुन्छ । यसअघि गत माघ २४ गते काभ्रेको धुलिखेलमा पनि गुडिरहेकै अवस्थामा बसमा आगो सल्केको थियो । बनेपाबाट भकुण्डेबेंसीतर्फ जाँदै गरेको हिमाल तराई यातायातको बा ३ ख ३२७० नम्बरको बसमा सल्केको आगोले बस क्षतिग्रस्त भए पनि यात्रु भने जोगिन सफल भएका थिए ।
 
त्यसैगरी, ०७३ वैशाख १८ गते नेपालगञ्जबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ६९५ नम्बरको यात्रुवाहक बसमा पनि आगो सल्केको थियो । तर आगो फैलन नपाउँदै प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका थिए । आगोले जल्दा छतमा राखिएका सात मोटरसाइकल र सामान नष्ट भएका थिए । -अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
226.   कार्की र घले भिड्दै, आजै नतिजा आउने
227.   उत्तर अमेरिका उपसंयोजक राई विरुद्ध दावी विरोध
228.   एनआरएनए महाधिवेशन आजबाट शुरु
229.   एनआरएनए अध्यक्षमा कार्कीको उम्मेदवारी दर्ता
230.   मध्यूपुर्वका एनआरएन एकै थलोमा
231.   एनआरएनए कोषाध्यक्ष पदमा रोकाहाको उम्मेदवारी
232.   एनआरएनएलाई दिन आएको लिन होइन : त्रिलोक गुरुङ
233.   एनआरएनए अभियानमा अझ शसक्त लाग्न मेरो उम्मेदवारी :भाट
234.   हजार घर बनाउन सरकार र एनआरएनबीच सम्झौता
235.   कोषाध्यक्ष पदमा बलियो पकड बनाउँदै शिवाकोटी
236.   सिन्धुपाल्चोकमा एनआरएनको सहयोगमा विद्यालय भवन शिलान्यास
237.   मानव बेचबिखन विरुद्ध एनआरएन
238.   एनआरएनए ओसेनिया क्षेत्रीय संयोजकमा भोमाको दावी
239.   श्रेष्ठले एनआरएनए एसिया क्षेत्रीय उपसंयोजक पदमा नै उम्मेदवारी दिने
240.   एनआरएनए बिश्व सम्मेलनको उद्घाटन राष्ट्रपतिले गर्ने
241.   एक हजार घर निर्माणका लागि एनआरएनएलाई अनुमति
242.   एनआरएनए कोषाध्यक्षमा ढकालको उम्मेदवारी
243.   एनआरएन मार्फत समाज सेवाको साँइनो बढाउँछु : एसी शेर्पा
244.   आफ्नो पक्षमा पकड बनाउँदै कोषाध्यक्षका उम्मेदवार थापा
245.   इजरायलवाट महिला उपसंयोजकमा बस्नेतको उम्मेदवारी
246.   पुनःनिर्माणमा सहकार्यबारे एनआरएन र युएसएडबीच छलफल
247.   एनआरएनए उपाध्यक्षमा रोकाहले उम्मेदवारी दिने
248.   एनआरएनएमा तन, मन र धनले सेवा गर्न मेरो उम्मेदवारी : एसी शेर्पा
249.   पुन:निर्माणमा सहकार्यबारे एनआरएनए र नेपाली सेनावीच छलफल
250.   वैदेशिक रोजगारीमा ठगि कम गर्न एनआरएनएले मोबाइल एप बनाउँदै
Results 406: You are at page 10 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media