बुधवार, जेष्ठ ०९ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ ०१ गते २३:२९

 

 
केन्द्र स्थापनाका लागि हरेक प्रदेशमा कम्तिमा १० विधा (करिब १ सय ३० रोपनी) जमिन आवश्यक पर्ने र प्रत्येक प्रदेशका लागि २० करोड रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले जानकारी दिए । 
‘यो नयाँ कन्सेप्ट हो, हामीले लामो छलफलपछि यस्तो गर्न सकिने निष्कर्ष निकालेका हौं,’ उनले भने, ‘स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले सातै प्रदेशमा स्किल्ड डेभलपमेन्ट सेन्टर स्थापना गर्न सकिन्छ ।’ यसबाट वार्षिक ४२ हजार दक्ष जनशक्ति उत्पादन हुन्छ । नेपालमा नै काम गर्नेले पनि राम्रो सीप र सुरक्षित ड्राइभिङ गर्न सक्छ भने विदेश नै जान चाहने पनि दक्ष भएर जान सक्ने उनको भनाइ छ । 
 
अहिले सडकमा नै ड्राइभिङ सिक्ने अर्थात सिकाउने काम भइरहको छ । यसले दुर्घटना त निम्त्याएको छ नै, अन्य प्रविधिक ज्ञानसमेत चालकहरूमा निक्कै कम हुने गरेको छ । एउटा इन्स्टिच्युट निर्माणमा करिब २० करोड रुपैयाँ लाग्ने दाहालको आकलन रहेको छ । ७ वटा इन्स्टिच्युट निर्माण गर्न १ अर्ब ४० करोड रुपैयाँ लाग्छ । यसको लगानीका विषयमा उनले भने –‘लगानीको खाँचो छैन । पैसा जुटाउने माध्यम मैले भेटाएको छु तर, समस्या जमीन कसरी उपलब्ध हुन्छ भन्ने हो । यदि सरकारले हरेक प्रदेशमा १०÷१० बिघा जमिन दिन्छ भने ५ वर्ष्भित्र सबै प्रदेशमा इन्स्टिच्युट स्थापना गरिसक्ने सोच बनाएको छु ।’ 
 
यो इन्स्टिच्युट आफूहरुले नाफा कमाउनका लागि गर्न लागेको नभइ देशको आवश्यकता महशुस गरि गर्न लागिएको बताए । ५ वर्षमा निर्माण सक्ने लक्ष्य रहेको र त्यसपश्चात पाँच वर्ष सञ्चालन गरेपछि सरकारलाई नै हस्तान्तरण गर्ने उनको भनाइ छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा लगानी गर्नुपर्ने नियमले धेरैले मिलेर बनाउन सक्ने अस्था रहेको उनको भनाइ छ । यसको नेतृत्व कसले लिने भन्ने हो, त्यसको लागि आफूहरू तयार रहेको दाहालले बताए । ‘सञ्चालनको मोडालिटीलगायत स्पष्ट खाका लिएर छिट्टै तिनै तहको सरकारमा जाने तयारी गरिएको छ’ उनले भने । 
 
सेन्टरमा ३ हजार मानिसका लागि आवासीय सुविधा हुनेछ र यो अन्तर्रा्ष्ट्रिय मापदण्डको बन्नेछ । हरेक प्रदेशको सेन्टरले वार्षिक ३ हजार मेकानिक्स र ३ हजार कमर्सियल सवारी चालक उत्पादन गर्नेछ । यो योजनाले देशमा जनशक्ति विकासमा निकै सहयोगी बन्ने देखिन्छ ।
कारोवार दैनिकबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
526.   दूतावासले प्रमाणिकरण नगर्दा समस्या वढ्दो
527.   विदेश जानेको मेडिकल शुल्क वढ्ने
528.   मलेसिया र कतार शाखाको ताहचलमा उदघाटन
529.   नयाँ व्यवस्थापनमा स्वर्णिम मेडिकल सुन्धारामा
530.   व्यवसायी संघको चुनावी रौनकता तात्यो
531.   विभागको कारवाहीप्रति संघको आपत्ति
532.   अख्तियारले छोडेन वैदेशिक रोजगार विभागलाई
533.   नेपालीको गन्तव्य खाडी र मलेसिया मात्र ?
534.   महासंघ र विभागबीच सफ्टवेयर लिंक गर्ने तयारी
535.   पूर्वमा संचालित ३ दर्जन मेनपावरका शाखामा छापा
536.   विभागवाट मेनपावर कम्पनीको अनुगमन जारी
537.   साउदीका मेनपावर सामु निरिह वैरो संघ
538.   वैदेशिक रोजगार विभागमा ‘डे पोगो’ अपरेसन
539.   विभागमा नयाँ सफ्टवयेर ल्याउने गृहकार्य तीव्र
540.   रोजगार व्यवसायीलाई डलर खाताको सुविधा
541.   पोल्ट्री व्यवसायमा बढदो आकर्षण
542.   नेपालस्थित मलेसियन राजदूतावासमा ब्यवसायीको आन्दोलन
543.   नेपालस्थित मलेसियन दूतावासवाट ठाडो ठगी
544.   एक हप्ताभित्र बैदेशिक रोजगार विभागमा सुधार आउने
545.   वैदेशिक रोजगार विभाग विकेन्द्रित गरिदै
546.   आकर्षणको धुलिखेलमा एक दिने गोष्ठी सम्पन्न
547.   रोजगारीको सपना बाँड्दै दलहरु
548.   विदेशमा नेपालीको मृत्यु घटेको छैन
549.   कृषि अध्ययन भ्रमणका लागी २ सय ४ नेपाली युवा टोली इजरायलमा
550.   संचारकर्मीमाथि ज्यान मार्ने धम्की, शनिवार पनि टेस्ट परीक्षा संचालन
Results 555: You are at page 22 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media