बुधवार, जेष्ठ ०९ गते, २०७५
सोमवार, २०७५ बैशाख २३ गते ०३:१९

 
 
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले आफ्नो कार्यकालमा सम्पन्न गर्ने गरी ५८ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् ।
 
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री खनालले सगरमाथाको उचाइ नाप्नेदेखि जनयुद्धमा माओवादीले कब्जा गरी कारोबार गरेका जग्गाहरूको समाधानका लागि आवश्यक नीतिगत व्यवस्था गर्नेसम्मका योजना सार्वजनिक गरे ।
 
 
स्वदेशी पूँजी र जनशक्तिबाटै आगामी दुई वर्षभित्र सगरमाथाको वैज्ञानिक उचाइ मापन गर्ने योजना उनले सुनाए ।
 
दशक लामो जनयुद्धका क्रममा आफ्नै दल तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीले कब्जा गरी किनबेच गरेकारगराइएका जग्गाहरूको एकीकृत तथ्याङ्क संकलन गरी स्थायी समाधानको लागि आवश्यक नीतिगत व्यवस्था गर्ने उनको योजनामा उल्लेख छ ।
 
सर्वोच्च अदालतले जनयुद्धका क्रममा माओवादी पक्षबाट किनबेच गरिएका यस्ता सम्पत्तिको वैधानिकता नरहने ठहर यसअघि नै गरिसकेको छ । मन्त्री खनालले अझै पनि करिब पाँच हजारको संख्यामा यस्ता ‘केस’ देखिएकाले त्यसको नीतिगत स्थायी समाधान आवश्यक परेकाले कार्ययोजनामा संलग्न गरेको बताए ।
 
आगामी एक वर्षभित्र भूमिमा जग्गाधनी र मोहीबीच रहेको दोहोरो स्वामित्वसम्बन्धी समस्या ‘मोहीप्रथा’ को पूर्णतः अन्त्य गर्ने उनले बताए ।
 
आगामी तीन वर्षभित्र मुलुकलाई आलु, प्याज, खुर्सानी, लगायतका आधारभूत कृषि उपजहरूमा आत्मनिर्भर बनाउने कार्ययोजनामा उल्लेख छ ।
 
मुलुकका सातैवटा प्रदेशमा कम्तीमा एक लाख मेट्रिक टन क्षमताका ठूला गोदामघर र ‘बफर स्टक’ का लागि २५ हजार मेट्रिक टन क्षमताका भण्डारण गृह स्थापना गर्ने कार्ययोजनामा उल्लेख छ ।
 
स्थानीय बालीहरूको प्रवर्द्धनका लागि आगामी वर्षदेखि रैथाने बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने मन्त्री खनालले बताए । कर्णाली प्रदेश र प्रदेश नम्बर २ बाट अर्गानिक खेती प्रोत्साहन गर्ने अभियान सुरु गर्ने कार्ययोजनामा छ ।
 
मुलुकका ठूला बजारहरूमा उत्पादक सहकारीलाई त्यहाँको २५ प्रतिशत बिक्री स्टल उपलब्ध गराउने मन्त्री खनालको योजना छ ।
 
सबै स्थानीय तहको माटोको उर्वराशक्ति नक्सा तयार गरी कृषकलाई माटो स्वास्थ्यपत्र वितरण गरिने योजना कार्ययोजनामा उल्लेख छ ।
 
आगामी दुई वर्षभित्र उत्पादन र स्रोतको आधारमा किसानको बर्गीकरण गरी किसान परिचयपत्र वितरण गर्ने तथा बर्गीकृत न्यून आय भएका तथा सिमान्तकृत किसानलाई लक्षित योगदानमा आधारित किसान पेन्सन योजना लागू गर्ने योजना मन्त्रीले बताए ।
 
हालको कृषि अनुदानको व्यवस्थालाई पुनरावलोकन गर्ने मन्त्रालयको योजना रहेको उनले बताए ।
 
भूमि नीति र भू ९उपयोग ऐन तर्जुमा गरी आगामी ६ महिनाभित्र कृषियोग्य जमिनलाई व्यवसायीक प्लटिङ र बाँझो राख्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउने प्रतिवद्धता मन्त्री खनालको छ ।
 
सम्पत्ति शुद्धिकरण निर्देशन ९२०७४ को प्रभावकारी कार्यान्वयन गरी ५० करोड रुपैयाँभन्दा बढी बचत परिचालन गर्ने सहकारी संस्थाहरूको सघन अनुगमन तथा वित्तीय विश्लेषण गर्ने विशेष संयन्त्र निर्माण गरिने कार्ययोजनामा उल्लेख छ ।
 
गरिब पहिचान भएका घरपरिवारलाई आत्मनिर्भर र व्यवसायिक बनाउन आवश्यकतामा आधारित ब्याज अनुदान र किसान शिक्षाका विशेष प्याकेज ल्याइने मन्त्री खनालले बताए ।
 
कृषि अनुसन्धान परिषद्को वर्तमान संरचनागत समीक्षा गरी गुणस्तरीय अध्ययन तथा अनुसन्धानलाई टेवा पुग्ने गरी मानित विश्वविद्यालयको रुपमा विकास गर्ने योजना उनको छ ।
 
मन्त्री खनालले यसअघि योजनामा समेटिएका तथा कार्यान्वयनमा नल्याइएका योजनासमेत समेटेर नयाँ कार्ययोजना ल्याइएको प्रष्ट पारे । ‘यो कार्ययोजना कार्यान्वयन गर्न दृढ इच्छाशक्ति, चुस्त कार्यान्वयन र अनुगमनको खाँचो छ,’ उनले भने, ‘सार्वजनिक गरिएका कार्ययोजना जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयनमा आउँछन् ।’
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
2.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
3.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
4.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
5.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
6.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
7.   सन्दीप लामिछानेको अर्को फड्को : वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा परे
8.   रन-वेको पिच उप्किएपछि त्रिभुवन विमानस्थल बन्द
9.   लोडसेडिङ अन्त्यको घोषणा, औद्योगिक क्षेत्रमा पनि बत्ती नजाने
10.   ताइवानी–नेपाली व्यापारिक अन्तरक्रिया सम्पन्न
11.   पोखरा विमानस्थलमा बम फेला, बम डिस्पोज
12.   आइतबार उपत्यकामा सार्वजनिक बिदा
13.   भारतीय प्रधानमन्त्री मोदी नेपालमा
14.   स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष खड्कालार्इ एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्ड
15.   कृषिमन्त्रीले ल्याए कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यसहित ५८ बुँदे मार्गचित्र
16.   तातोपानी नाका खुल्ने सम्भावना :नेपाली र चिनियाँ अधिकारीबीच निर्माण सम्झौता
17.   श्रमिकका अधिकार पूरा भएको छैन् : पूर्वप्रम नेपाल
18.   वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय प्रमुखमा पाण्डे नियुक्त
19.   आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा
20.   श्रमिकको न्यूनतम ज्याला बढाउने सरकारको तयारी
21.   आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
22.   मुस्लिम संघको अध्यक्षमा पुनः सत्तार निर्वाचित
23.   योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त
24.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
25.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
Results 706: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media