सोमवार, बैशाख १० गते, २०७५
सोमवार, २०७५ बैशाख ०२ गते ०५:०८

उत्तम बिक, दुबई / गत १३ अप्रील २०१८ का दिन काभ्रे सेवा समाज युएई अन्तर्गत शारजाह क्षेत्रीय समिती गठन भएको छ । नेपाली नयाँबर्ष २०७५ को विशेष अवसर पारेर शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रमको साथमा क्षेत्रीय समिती बिस्तार गरिएको हो ।
 
उक्त सारजाह क्षेत्रीय समितिमा बिगत केही बर्षदेखि युएईको सारजाहलाई कर्मथलो बनाई नेपाली रेस्टुरेन्ट सन्चालन गर्दै आएकी नेपाली ब्यबसायी एप्रील तामाङको अध्यक्षतामा सारजाह क्षेत्रीय समिती गठन भएको हो । 
 
जस्को उपाध्यक्षमा रबिन श्रेष्ठ, सचिबमा आदित्य गौतम, कोषाध्यक्षमा मेनुका लामा र सदस्यहरुमा सरिता लामा, कन्चन लामा, नोर्बु लामा तथा सल्लाहकारमा सुनिल लामा चयन भएका छन ।
 
नेपाली समाज युएईका अध्यक्ष सिपि सापकोटा, नेपाली जनप्रगतिशील मन्च युएईका सल्लाहकार शम्भु वाईबा, एनाआरएनए युएईका केन्द्रिय सदस्य लछुमन काफ्ले, युवा ब्यबसायी ओम उप्रेती, अन्तर्राष्ट्रिय कलाकार संघ युएई दुबई क्षेत्रीय उपाध्यक्ष गायिका तथा मोडल सन्ध्या सुस्केरालगायत युएईबासी काभ्रेली र युएईमा कृयाशिल विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको  बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रम समाजका सचीब जनक सापकोटाले सन्चालन गरेका थिए ।
 
समाजका उपाध्यक्ष गोबिन्द पन्तको स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रमको संयोजन समाजका केन्द्रिय सदस्य निरन्जन बस्नेतले गरेका थिए ।
 
समाजका केन्द्रिय कोषाध्यक्ष रबिन तामाङ, सदस्यहरु ग्याम्सो लामा, योगेस तामाङ, माईला लामा, जेनिसा पन्त, नवराज ढकाल, सावित्री पन्त, धन बहादुर तामाङ लगायतले कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल पार्न सहयोगद गरेका थिए ।
 
निकै खुसियाली र रमझमका साथ मनाईएको नयाँ बर्ष बिशेष कार्यक्रम अन्तर्गत चिठ्ठा प्रतियोगितामा काभ्रे सेवा समाज युएईका केन्द्रिय सदस्य योगेस लामाले प्रथम पुरस्कार हात पारेका थिए भने द्धितिय पुरस्कार सारजाह क्षेत्रीय समितिकी नव निर्वाचित अध्यक्ष एप्रील तामाङ र तृतीय पुरस्कार बिजय लामाले जितेका थिए ।
 
प्रथम, द्धितिय र तृतीय पुरस्कार बिजेताहरुलाई समाजका अध्यक्ष दिल लामाले पुरस्कार बितरण गर्दै नयाँ बर्षको शुभकामना दिएका थिए ।


 
उक्त बृहत कार्यक्रम अन्तर्गत बिगत लामो समयदेखि युएईमा बिबिध समस्या झेल्दै आएका काभ्रेका बिश्वराम खत्रीलाई समाजले चार सय पैतालिस दिराम आर्थिक सहयोग गरेको थियो भने कार्यक्रममा सारजाह क्षेत्रका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई समाजका केन्द्रीय अध्यक्ष दिल लामाले प्रमाणपत्र बितरण गर्दै सफल कार्यकालको लागि शुभकामना दिएका थिए । कार्यक्रमको अन्तमा उपस्थित सबैलाई नयाँ बर्ष २०७५ को शुभकामना दिदै अध्यक्ष लामाले कार्यक्रम अन्त्य भएको घोषणा गरेका थिए ।



 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
201.   नेपाली कांग्रेस केन्द्रिय समितिलाई जनसम्पर्क समिति अष्ट्रेलियाको बधाई
202.   थाई नेपाली संघले निमार्ण गरेको विद्यालय हस्तान्तरण
203.   कतारका गुरुङद्धारा घरआँगनलाई आर्थिक सहयोग
204.   जनप्रगतिशिल मञ्च ओमानले बुझायो एनेकपा माओवादीलाई सुझावपत्र
205.   यौनधन्दामा लागेको आरोपमा मलेसियामा ४ जना नेपाली युवती पक्राउ
206.   नेपाली फुटबल टिम कतार र सिटी एक्सप्रेसबीच सम्झौता
207.   अस्ट्रेलियाकै ठूलो बहुसांस्कृतिक महोत्सबमा नेपालको सहभागिता
208.   कतारमा प्यूठान समाजको वनभोज तथा सास्कृतिक कार्यक्रम सम्पन्न
209.   एनआरएन ओमानको तेश्रो अन्तर नेपाली क्रिकेट प्रतियोगिता सम्पन्न
210.   दाङ देउखुरी समाज कतारद्धारा मिर्गौला रोगीलाई आर्थिक सहयोग
211.   कतारमा कोइरालाको १३ औं पुण्यतिथिमा श्रद्धान्जली सभा
212.   अर्घाखाँची सेवा समाज कतारको अधिबेशन सम्पन्न
213.   जनसम्पर्क समिति अष्ट्रेलियामा गिरी सर्वसम्मत
214.   कतारमा गुल्मेली वनभोज तथा सास्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न
215.   नेपाल पैसा पठाउदा साउदी अरबमा एक नेपालीलाई कार उपहार
216.   अमेरिका हिँडेका पाँच नेपाली पक्राउ
217.   स्याङ्जा सहयोग समाज युएइको वार्षिक उत्सव सम्पन्न
218.   कपिलवस्तु मुस्लिम समाजको अध्यक्षमा अख्तर हुसेन गड्डी
219.   बुद्धभुमि कपिलवस्तुको भेला तथा परिचयात्मक कार्यक्रम सम्पन्न
220.   ‘नेप्लिज विजनेस एशोसिएसन’मलेसियामा निरौला
221.   ओमानमा संयुक्त बैचारिक संयन्त्र गठन
222.   कतारमा एक नेपालीसहित पाँच जनालाई मृत्युदण्ड
223.   ओमानमा अन्तर नेपाली भलिबल प्रतियोगीता भब्यरुपमा सम्पन्न
224.   मयुर कर्पोरेशनद्धारा चितवनका बालबालिकालाई विभिन्न सहयोग प्रदान
225.   मह जात्राका कलाकारलाई जापानवासी नेपालीबिच स्वागतार्थ कार्यक्रम हुँदै
Results 387: You are at page 9 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media