विहिवार, २०७४ चैत्र २८ गते ००:२९
प्रहरीले बैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट २९ जना विचौलियालाई पक्राउ गरेको छ । बैदेशिक रोजगारीमा जान लागेका सेवाग्राहीबाट १० गुणाभन्दा बढी रकम लिने, सेवाग्राहीलाई सिधै कार्यालमा जान रोक्नेलगायतका गुनासो आएपछि पुगेको प्रहरीले ३ महिलासहित २९ जना विचौलियालाई पक्राउ गरेको हो ।
बुधबार साढे ११ बजे ताहाचलस्थित बैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयमा पुगेको प्रहरीहरु सेवाग्राही बनेर पुगेका थिए ।
उनीहरुलाई विचौलियाले तानातान गरी कामको बारेमा सोध्ने र बार्गेनिङ गर्ने गरेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहनकुमार थापाले जानकारी दिए ।