सोमवार, बैशाख १० गते, २०७५
मंगलवार, २०७४ चैत्र २६ गते ०४:२८

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका मन्त्रीहरुबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बन्धी विषयमा संघ र प्रदेशको कार्यगत समन्वय र संविधानमा भएका जिम्मेवारीहरुलाई प्रभावकारी र समन्वयात्मक रुपमा कार्यान्वयन गर्ने विषयमा एक छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
 
प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीहरु, सचिवहरु र सम्वद्ध विभागीय प्रमूख तथा कर्मचारीहरुको सहभागितामा भएको उक्त कार्यक्रममा प्रदेश मन्त्रीहरुले रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रभावकारी नीति अंगिकार गर्न विभिन्न मुद्धाहरुलाई समन्वयात्मक रुपमा छलफल गरी प्रभावकारी कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले संघ र प्रदेशका अधिकार तथा तिनको कार्यान्वयनमा आउन सक्ने चुनौतिबारे अवगत गराएका थिए । 
 
उक्त अन्तरक्रिया कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले प्रदेशको सम्भावना र उपयुक्तताको आधारमा जनशक्ति उत्पादन, विकास र परिचालन नीति अवलम्बन गरिने बताए । यसैगरी उनले संघले मूलतः नीति निर्माण गर्ने र प्रदेश तथा स्थानीय तहले सोको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । 
 
आन्तरिक रोजगारको प्रवद्र्धन र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने एवं व्यावसायिक तथा सीपमूलक तालिम कार्यक्रमलाई प्रदेशको आवश्यकता अनुरुप विस्तार गर्ने प्राथमिकताका साथ अघि बढ्नुपर्ने बताउँदै मन्त्री विष्टले श्रमको सम्मान गर्ने पद्दतिको विकास, न्यूनतम वेतनको सुनिश्चितता, श्रम सम्बन्धको प्रवद्र्धन एवं बाल श्रम अन्त्य गर्ने दिशामा समेत ठोस रणनीति साथ अघि वढ्नुपर्ने कुरामा जोड दिए ।
 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
526.   विभागमा नयाँ सफ्टवयेर ल्याउने गृहकार्य तीव्र
527.   रोजगार व्यवसायीलाई डलर खाताको सुविधा
528.   पोल्ट्री व्यवसायमा बढदो आकर्षण
529.   नेपालस्थित मलेसियन राजदूतावासमा ब्यवसायीको आन्दोलन
530.   नेपालस्थित मलेसियन दूतावासवाट ठाडो ठगी
531.   एक हप्ताभित्र बैदेशिक रोजगार विभागमा सुधार आउने
532.   वैदेशिक रोजगार विभाग विकेन्द्रित गरिदै
533.   आकर्षणको धुलिखेलमा एक दिने गोष्ठी सम्पन्न
534.   रोजगारीको सपना बाँड्दै दलहरु
535.   विदेशमा नेपालीको मृत्यु घटेको छैन
536.   कृषि अध्ययन भ्रमणका लागी २ सय ४ नेपाली युवा टोली इजरायलमा
537.   संचारकर्मीमाथि ज्यान मार्ने धम्की, शनिवार पनि टेस्ट परीक्षा संचालन
538.   मेरापिकद्धारा नक्कली प्रमाण पत्र बेच्ने गरेको खुलासा
539.   संघको विवाद कायमै, अध्यक्ष तामाङ विरुद्धको हस्ताक्षर नै विवादमा
540.   कसरी गर्ने अन्तर्वाताको तयारी ?
541.   ट्राउट “हव” बन्दै सिन्धु
542.   सय युवालाई इजरायल पठाइदै
Results 542: You are at page 22 of 22
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22

Powered By : Unitech Media