मंगलवार, बैशाख ११ गते, २०७५
पुन : श्रमस्वीकृति कार्यरत मुलुकबाटै हुने व्यवस्था मिलाउछौ : मन्त्री विष्ट
मंगलवार, २०७४ चैत्र २६ गते ०२:४५

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई वैदेशिक रोजगारको क्षेत्रलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीहरुले सुझाव दिएका छन् । 
 
वैदेशिक रोजगार पत्रकार समाजले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा एनआरएनएका पदाधिकारीहरुले बुदागतरुपमै वैदेशिक रोजगारीका क्रममा रहेका समस्या र समाधानको विषयमा मन्त्री विष्टलाई सुझाव दिएका हुन ।
 
सो अवसरमा बोल्दै मन्त्री विष्टले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति हटाउन र यसलाई सुरक्षित बनाउँन आफु जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका थिए । उनले वैदेशिक रोजगारीको क्षेत्रमा व्याप्त सिण्डिकेटको अन्त्य गरी मुलुकको अर्थतन्त्रमा योगदान दिने नेपाली कामदारहरुको हकहित र अवस्थालाई सुरक्षित बनाउँन आफुले चाडै कडा कदम चाल्ने समेत प्रतिवद्धता जनाएका थिए ।   
 
मन्त्री विष्टले अहिले श्रम स्वीकृतिका लागि काठमाडौ नै धाउनुपर्ने अवस्था रहेकोमा यसलाई विकेन्द्रिकरणको निर्णय गरिसकिएको बताउँदै पुनः श्रम स्वीकृतिका लागि पनि विदेशमा आफु कार्यरत मुलुकबाटै गर्ने व्यवस्था मिलाउन आफु लागिपर्ने बताए ।
 
त्यस अवसरमा उनले यूएई सरकार नेपालका सरकारी अस्पतालमा गरिएको कामदारको स्वास्थ्य परिक्षणलाई मान्यता दिन तयार रहेको जानकारी दिदै यस विषयमा नेपालका लागी यूएईका राजदुत साईद हमदाम अलनाकवीसँग छलफल भएको बताए । 


 
एनआरएनए मध्यपूर्व संयोजक आरके शर्माले विदेशमा समस्यमा पर्ने नेपालीलाई तत्काल उद्धार र राहत दिने व्यवस्था मिलाउनु पर्ने, ब्लडमनी तिर्नु पर्ने र कानुनी अप्ठ्यारोमा पर्नेहरुका लागि दूतावासमै वकिलको व्यवस्था गर्नुपर्ने, दूतावासबाटै श्रम स्वीकृती हुनुपर्ने र नेपालमा लगानीको वातावरण बनाउनुपर्ने तथा दुई दिने अभिमुखिकरण प्रभावकारी बनाउनुपर्ने माग गरे । त्यसका लागि सरकारले नै अभिमुखिकरण दिने व्यवस्था गर्नुपर्ने उनको भनाई छ । 

एनआरएनए मलेसिया अध्यक्ष खगेन्द्र न्यौपानेले मलेसिया जाने नेपालीका लागि नेपाल सरकारले तोकेको तलब र त्यहाँ दिइने तलब फरक रहेको भन्दै त्यसमा ध्यान दिनुपर्ने, मलेसियामा मुख्य रुपमा रहेको नेपाली अवैधानिक हुने समस्या कम गर्न दूतावासले नै  डिमाण्ड प्रमाणिकरण गर्नु पर्नेमा जोड दिए ।  
 
एनआरएनए दक्षिण कोरियाका महासचिव डाक्टर इन्दिरा तिवारीले इपिएसबाट गएका नेपाली पनि अदक्ष रुपमा गइरहेकोतर्फ इंकित गर्दै दक्ष कामदार पठाउनुपर्नेमा जोड दिईन । उनले कोरियाली नागरिकले नगरेका काम नेपालीले गर्नु परिरहेको भन्दै सीपयुक्त जनशक्ति पठाउन सरकारले नै सीप सिकाउनुपर्ने धारणा राखिन । काम गाह्रो हुँदा नेपाली कामदारमा डिप्रेसनको समस्या बढेको भन्दै उनले त्यसकै कारण आत्महत्याको दर पनि बढीरहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरिन  । 
 
कार्यक्रममा गैरआवासीय नेपाली संघका सचिव डिबी क्षेत्री, एनआरएनए मलेसियाका महासचिव डिबि तामाङ,  ओएनएफ कतारका अध्यक्ष चानक पोखरेललगायतले नेपाली कामदारका  समस्याहरु मन्त्री विष्टसमक्ष जानकारी गराउँदै सुझावहरु दिएका थिए । एनआरएनए ओमानले कामदारका हितका विषय समेट्दै ज्ञापन पत्र पनि बुझाएको छ । समाजका सभापति हरिबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रम समाजका उपाध्यक्ष उद्धवराज भट्राईले सञ्चालन गरेका थिए । 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
376.   एसिया प्रशान्त क्षेत्रीय संयोजकमा राई बिजयी
377.   एनआरएन अमेरिका विवादरहित
378.   एनआरएन अध्यक्षमा घले, उपाध्यक्षमा कार्की र भट्ट
379.   एनआरएन सचिवमा श्याम तामाङको पक्षमा समर्थन जुट्दै
380.   एनआरएन कोषाध्यक्षमा श्रेष्ठको उम्मेदवारी
381.   एनआरएन एशिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा गोबिन्दको उम्मेदवारी
382.   गैरआवासीय नेपाली संघको छैटौं सम्मेलन आजदेखि
383.   गैरआवासीय नेपालीहरुको विश्व सम्मेलन आइतबारदेखि काठमाडौंमा
384.   एनआरएन छैठौँ सम्मेलन र चुनौतिहरू
385.   सहमतिका लागि एनआरएन संरक्षकको अपिल
386.   एनआरएनलाई कूटनीतिक रूपमा परिचालन गर्नुपर्छ’
387.   एनआरएनएको उपाध्यक्षमा भवन भट्टको उम्मेदवारी घोषणा
388.   कंगोमा गैरआवासीय नेपाली संघ गठन
389.   एनआरएन विश्व सम्मेलनमा बैदेशिक रोजगार प्राथमिकतामा
390.   म गफ होइन काममा विश्वास राख्छु
391.   एनआरएन एसिया प्रशान्त क्षेत्रीय संयोजकमा राईको दावी
392.   एनआरएनएद्धारा काभ्रेमा स्वास्थ्य शिविर सञ्चालन
393.   एनआरएनए मध्यपूर्व सह संयोजकमा केसीको उम्मेदवारी
394.   एनआरएन गल्फ संयोजकमा गुरुङको उम्मेदवारी
395.   एनआरएन यूएईमा भुसाल
396.   मध्यपूर्व संयोजकमा
397.   दक्षिण सुडानमा एनआरएन
Results 397: You are at page 16 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16

Powered By : Unitech Media