सोमवार, बैशाख १० गते, २०७५
डिमाण्ड किन्ने मेनपावरलाई संघले नै कारवाही गर्ने
शुक्रवार, २०७४ चैत्र २३ गते २२:३६

 
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारमा कामदार पठाउँदा सरकारले लागु गरेको फ्री भिषा फ्री टिकट अव्यवहारिक भएको भन्दै ‘फ्री भिषा नो टिकट’ र एक महिनाको तलब सेवा शुल्क हुनु पर्ने माग गरेको छ । 
 
तत्कालीन श्रम  तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले २०७२ असार २१ गतेबाट खाडीका ५ र मलेसियामा रोजगारीमा जाने कामदारबाट व्यवसायीले सेवा शुल्क वापत बढिमा दश हजार मात्र लिन पाउने गरी गरेको फ्री भिषा फ्री टिकट निर्णयलाई संशोधन गर्न माग गरेको हो ।
 
संघले फ्री भिषाको निर्णय निरन्तरता दिने र रोजगारदाता कम्पनीले एकतर्फी हवाई टिकट नदिएको खण्डमा भारत लगायत दक्षिण एशियाली मुलुकहरुले जस्तै कामदार आफैले हवाई टिकट खरीद गरी जान मिल्ने व्यबस्था गर्न सरकार समक्ष आफ्नो माग राखेको छ । 
 
त्यसैगरी, संघले रोजगारदाता कम्पनीले सेवा शुल्क उपलब्ध नगराएको खण्डमा सेवा शुल्क बापत कामदारबाट बढीमा एक महिना बराबरको तलब  लिन पाउनुपर्ने, मेडिकल, बीमा, कल्याणकारी कोष, अभिमुखीकरण तालिम लगायत अन्य शीर्षकहरुमा हुने खर्च कामदार आफैले व्यहोर्नुपर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ ।
 
व्यवसायीले हाल लिइरहेको सेवा शुल्क परिमार्जनको माग गर्दै मागपत्र अर्थात डिमाण्ड प्राप्त गर्न अस्वस्थ प्रतिस्पर्धा गर्ने व्यवसायीप्रति कारवाहीका लागि संघले नै सिफारिस गर्ने बताएको छ । संघले डिमाण्ड ल्याउन अस्वस्थ प्रतिस्पर्धा गर्ने म्यानपावर कम्पनीको सदस्यता निलम्बन गरी कारबाहीका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गरिने समेत जनाएको छ ।
 
संघले भीषा किन्न विदेशी कम्पनीलाई कमिसन दिने कामलाई अस्वस्थ प्रतिस्पर्धा भन्दै त्यस्तो कार्यले वैदेशिक रोजगारीमा जाने कामदारमाथि अस्वभाविक रुपम आर्थिक भार पारेको बताएको छ ।
 
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले वैदेशिक रोजगार क्षेत्रका खराबी अन्त्य गर्न आफू कठोर कदम चाल्ने तयारीमा रहेको बताइरहेका बेला संघले पनि डिमाण्डका लागि अस्वस्थ प्रतिस्पर्धा गर्ने मेनपावर कम्पनीलाई संघको सदस्यबाट हटाएर कारबाही गर्ने बताएको हो । विहीवार व्यवसायीहरुलाई पत्र लेख्दै संघका अध्यक्ष रोहन गुरुङले डिमाण्ड ल्याउने विषयमा अनुचित मोलमोलाई र प्रतिस्पर्धा नगर्न आग्रह गरेका छन् । हाल संघमा ९ सय २७  वटा मेनपावर व्यवसायीहरु सदस्य रहेका छन् । 


 
त्यस्तै, संघले अनाधिकृत रुपमा जोडिएका एजेन्टहरुले कामदारबाट चर्को रकम लिने गरेको र व्यवसायी संस्थाहरुबीच मागपत्र प्राप्त गर्न अस्वस्थ प्रतिस्पर्धाको कारणले गर्दा लागत बढेको भन्दै अनाधिकृत एजेन्टबाट हुने ठगी नियन्त्रण गर्न संघले तयार गरेको अनलाइन पोर्टलमार्फत वैदेशिक रोजगारीमा जाने कामदारहरुको आवेदन संकलन गरी ईजाजतपत्रवाला व्यवसायीसँग सिधा सम्पर्क गराउने र  मागपत्र प्राप्त गर्न व्यवसायीहरुबिच हुने अस्वस्थ प्रतिस्पर्धाको समस्या समाधान गर्न संघले स्थापना गरेको इमेलमा गोप्य रुपमा पत्राचार गर्न सदस्यहरुलाई आग्रह गरेको छ ।
 
यता केही मेनपावर व्यवसायीहरुले संघले आफ्ना सदस्यको रक्षा र हकहितका लागि लाग्नु पर्नेमा उल्टै व्यवसायी विरोधी कार्य गरेको भन्दै विरोध जनाएका छन् । संघका अध्यक्ष रोहन गुरुङलाई पहिला आफ्नै कार्यसमितिका व्यवसायीहरुलाई कारवाही गरेर देखाउन अनुरोध समेत गरेका छन् । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
376.   सप्ताहब्यापी आप्रवासन दिवस मनाइदै
377.   वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न अख्तियारले दियो घुमाउरोे निर्देशन
378.   बंगलादेशी कामदार रोज्दै मलेसिया
379.   मलेसियाले बिदेशी कामदार कटौती गर्ने
380.   एकलाख बढी नेपाली तस्करको फन्दामा
381.   साउदीमा नयाँ श्रम नीति, नेपाली कामदार लाभान्वित हुने
382.   कतारमा नयाँ ‘स्पोन्सरसीप’ कानुन जारी
383.   श्रमग्राममा वैदेशिक रोजगार सूचना केन्द्र स्थापना
384.   वैदेशिक रोजगार विभागका महानिर्देशक सुवेदीले शुक्रबारबाट अवकाश
385.   अनफिट रिपोर्ट बोकेर फर्किएकै आधारमा क्षतिपूर्ति दिइदैन : अध्यक्ष खड्का
386.   तोकिएकै समयमा कोरियन भाषा परीक्षा हुने
387.   कोरियन भाषा परीक्षाको परीक्षाकेन्द्र तोकियो (सूचीसहित)
388.   नेपाल–कोरिया इपिएस सम्झौता नवीकरण
389.   निमार्ण क्षेत्रमा पनि नेपाली लिन कोरिया इच्छुक
390.   वैदेशिक रोजगारीमा जाने नेपाली ४० लाख पुगे
391.   नेपालीको कोटा बढाउन कोरियाली पक्ष सकारात्मक
392.   श्रमिकको मन्त्री हुँ उनीहरुको गुनासो सुन्नै आएको हुँ : श्रम राज्यमन्त्री गुरुङ
393.   बायोमेडिकल बिनाको मेडिकल रिपोर्ट स्वीकार्य छैन : उपप्रधानमन्त्री हमीदी
394.   नेपाली पक्षको प्रस्ताव क्याविनेटमा लैजान्छौ : मन्त्री राइट
395.   श्रम राज्यमन्त्री गुरुङ र मलेसियाली उपप्रधान तथा गृहमन्त्री हमीदीबीच भेटवार्ता
396.   फ्री भिषा फ्री टिकट नमाने मलेसिया कामदार पठाउदैनौ : राज्यमन्त्री गुरुङ
397.   श्रम मन्त्री सहितको उच्चस्तरिय टोली मलेसियामा
398.   कोरिया जाने कामदारलाई निःशुल्क टिकट दिलाउँछु : श्रम राज्यमन्त्री गुरुङ
399.   व्यवसायी संघमा अध्यक्ष ढकाल हटाउने खेल
400.   ‘म माथि मेनपावर व्यवसायीले सुनियोजित आक्रमण गरे’ (भिडियो सहित)
Results 542: You are at page 16 of 22
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media