मंगलवार, बैशाख ११ गते, २०७५
भाषा परीक्षा जेठ २६ र २७ मा
सोमवार, २०७४ चैत्र १९ गते २२:५५

 
यसवर्ष कोरियन भाषा परीक्षाका लागि ८२ हजार भन्दा बढीले आवेदन दिएका छन् । सन् २०१९का लागि दक्षिण कोरिया काम गर्न जान भाषा परीक्षा दिन ८२ हजार २ सय ६४ जनाको आवेदन परेको छ ।
 
यही शनिवार आवेदन दिने म्याद सकिएको छ । यो वर्ष गतवर्षभन्दा झण्डै ७ हजार बढी युवाले कोरिया जानका लागि आवेदन भरेका हुन । गतवर्ष ७५ हजार ५ सय ८० युवाले कोरिया जान फारम भरेका थिए । गत चैत ९ गतेदेखि अनलाइनमार्फत आवेदन माग गरिएको थियो ।
 
यो वर्ष कृषितर्फ ३९ हजार ६ सय ४० जनाले आवेदन दिएको इपीएस कोरिया शाखाका सुचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए । ईपीएस कोरिया शाखाका अनुसार यसवर्ष कृषिमा ३० हजार १ सय ७९ पुरुष र ९ हजार ४ सय ६१ महिलाले परीक्षाका लागि आवेदन भरेका छन् ।
त्यसैगरी उत्पादनमुलकतर्फ ४२ हजार ६ सय २४ जनाले दरखास्त दिएका छन् । त्यसमध्ये ३९ हजार २०८ जना पुरुष र ३ हजार ४१६ जना महिला छन् । अब भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । पोखरा केन्द्रबाट १२ हजार जनाले परीक्षा दिन पाउनेछन् । अन्य ७० हजारले काठमाडौंमा परीक्षा दिनुपर्नेछ । परीक्षाको नतिजा भने आगामी असारमा प्रकाशन गरिनेछ ।
 
यसपटक कुल ७ हजार एक सय जना उत्तीर्ण गर्ने योजना छ । त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३ सय कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
 
आवेदनकर्ताले अनलाइन फारम भरिसकेपछि बैंकमा पैसा जम्मा गर्नका लागि शुरुका दिनमा काउन्टरहरुमा भीड लागेको थियो । पहिलो दिनमा मात्र ३० हजारले आवेदन भरेका थिए भने अन्तिम दिन १६ सय युवाको आवेदन परेको थियो ।
 
फर्म भर्न १ सय ५० वटा काउन्टरहरुबाट पैसा तिर्ने व्यवस्था मिलाइएको बताउँदै भण्डारीले परीक्षार्थीले पहिलो दिनमै लाइनमा बस्दा पछिल्ला दिनमा थोरै आवेदन परेको बताए । ‘पहिला फारम भर्नेको लेबर कन्ट्रयाक्ट पनि पहिले नै आउने भएकाले युवाहरुले पहिला दिनहरुमै बैंकमा लाइनमा बस्न आए,’ भण्डारी भन्छन्,’अब अर्को वर्षबाट त्यो व्यवस्था हटाउन पहल गर्छौं ।’ उनले अबका वर्षहरुमा अन्य बैंकहरुसँग पनि सहकार्य हुन सक्ने बताए ।
 
आवेदक बढेकाले यस वर्ष प्रतिस्पर्धा झनै कडा हुने अनुमान गरिएको छ । यस वर्ष ८२ हजार २ सय ६४ जनाले ग्लोबल आइएमई बैंकमा २४ अमेरिकी डलरका दरले १९ लाख ७४ हजार ३ सय ३६ डलर जम्मा गरेका छन् । उक्त रकम विनिमयदर अनुसार २० करोड रुपैयाँ भन्दा बढी हुन्छ । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
2.   विदेशको जेलमा रहेका नेपालीलाई सरकारले कानूनी सेवा दिने
3.   वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट २९ जना विचौलिया पक्राउ
4.   श्रम, रोजगार तथा सामाजिक सुरक्षाको विषयमा संघ र प्रदेशबीच समन्वय हुनुपर्नेमा जोड
5.   ‘फ्री भिषा नो टिकट’ र एक महिनाको तलब सेवा शुल्क माग्दै संघ
6.   कतारले कामदारको क्षतिपूर्ति दिने
7.   कोरियन भाषा परीक्षामा ८२ हजार बढिको आवेदन
8.   यूएई दूतावासमा अव प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नु नपर्ने
9.   श्रम मन्त्री विष्टलाई झापाका मेनपावर एजेण्टको ज्ञापनपत्र
10.   कोरिया जानेको आवेदन खुल्यो, वैंकमा लामो लाइन
11.   श्रम मन्त्री विष्टको चेतावनी –‘डाइनोसर हुनु पर्ला’
12.   १६ हजार युवालाई सीपमूलक तालीम दिइने
13.   श्रम तथा रोजगार मन्त्रालयमा विष्टको प्रवेश
14.   जोर्डन जानेले यी ५ मेडिकल नै जानु पर्ने
15.   गृहमन्त्रीको वैदेशिक रोजगारमा हुने ठगीमा चासो
16.   विभागमा संस्थागत भन्दा व्यक्तिगत उजुरी धेरै (भिडियो रिपोर्टसहित)
17.   यूएई जानेको आर्थिकभार अझ बढ्दै, प्रहरी रिपोर्ट प्रमाणीकरणको जिम्मा दुई ट्राभल्सलाई
18.   नवौं कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा, चैत्र ८ देखि १७ सम्म आवेदन खुल्ला
19.   राम्रो जागिरको लोभमा ठगिए ४ सय युवा
20.   युएई दुतावास परिसरमा भीड बढेपछि प्रहरीसँगको सहकार्यमा रोजगार मिडियाले ग¥यो टोकन वितरण
21.   कोरियाले सन् २०१९ मा ७ हजारभन्दा बढी नेपाली कामदार लैजाने
22.   अवैधरुपमा विदेश गएका नेपाली महिलाका समस्याबारे जनचेतना
23.   दूतावासमै युएई जाने नेपालीको भीड, एउटै छापको लागि घण्टौ लाइन र चर्को शुल्क
24.   संघियता लागूभए सँगै ठूलो सङ्ख्यामा कर्मचारी आवश्यक
25.   सात महिनामै थपिए दुई सय नयाँ म्यानपावर
Results 542: You are at page 1 of 22
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media