सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २९ गते २२:३८

 
 
वैदेशिक रोजगारमा हुने गरेका ठगीका बारेमा नजिकबाट बुझेका गृहमन्त्री रामबहादुर थापाले श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका उच्चपदस्थ अधिकारीलाई बोलाएर वैदेशिक रोजगारीका नाममा भएका ठगीबारे शोधखोज गरेका छन् ।
 
मन्त्री थापाले सोमबार श्रम मन्त्रालयका निमित्त सचिव कृष्ण ज्ञवाली र वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यलाई मन्त्रालयमै बोलाएर यसबारे शोधखोज गरेका हुन् । 
 
मन्त्री थापाले मुख्यतः विभागमा परेका ठगी सम्बन्धी उजुरीहरु र तिनको फस्र्योटका साथै पीडित कामदारहरुलाई न्याय दिलाउन भएका कार्यहरुको विवरण माग गरेका थिए । मन्त्री थापाले खासगरी मलेसिया रोजगारीका लागि जाने क्रममा स्वदेशमा नै भइरहेका ठगीका बारे विशेष चासो लिएका थिए । 
 
मन्त्री थापाले श्रमका अधिकारीहरुलाई अब प्रहरीका तर्फबाट पनि वैदेशिक रोजगारीमा भएका ठगीबारे अनुसन्धान प्रक्रिया अगाडि बढाउन लागिएको जानकारी दिए । वैदेशिक रोजगार ऐन २०६४  अनुसार  वैदेशिक रोजगार ठगीको अनुसन्धान गर्ने अख्तियारी र अधिकार  विभागलाई दिइएको छ । 
 
गृहमन्त्री प्रशासनिक अनुभवमा नयाँ भएपनि हालका गृहसचिव मोहनकृष्ण सापकोटा भने वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक हुन् । गृहमन्त्री थापाले वैदेशिक रोजगारदाता संस्थाले कामदारमाथि गरिरहेको ठगी तथा शोषण रोक्न कडा कदम चाल्न पनि विभागलाई निर्देशन दिएका छन् ।
 
गृहमन्त्री थापाले विदेश जाने कामदारबाट विना आधार तोकिएको भन्दा बढी रकम लिने, करार अनुसारको काम र तलब नपाउने जस्ता समस्याले कामदार पीडित भएको गुनासो आएको भन्दै यस्तो कार्यमा संलग्न वैदेशिक रोजगार संस्था, म्यानपावर कम्पनीलाई कारवाहीको दायरामा ल्याउन विभागलाई निर्देशन दिएका हुन् । पीडितले विभागमा दिएको उजुरीमा भएको ढिलासुस्ती हटाउन र तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि मन्त्री थापाले महानिर्देशक आचार्यलाई निर्देशन दिएका छन् ।
 
महानिर्देशक आचार्यले गृहमन्त्रालयले नै वैदेशिक रोजगारको ठगीबारे विशेष चासो लिएपछि विभागलाई काम गर्न झन सहज हुने बताएका छन् । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
526.   विदेश जानेको भविष्य विगार्ने वा सपार्ने हात मेनपावरको
527.   अन्तर्राष्ट्रिय तालिम केन्द्र राजधानीमा खुल्यो
528.   बायोमेट्रिक प्रणाली लागू भइसकेको मलेसियन दूतावासको भनाई
529.   बायोमेट्रिकको विरोधमा व्यवसायी संघ सहभागी नहुने
530.   बायोमेट्रिक प्रणाली लाग्दा शुल्क नबढ्ने
531.   बायोमेट्रिक प्रणाली बिरुद्ध धर्ना जारी
532.   बायोमेट्रिक प्रणाली बिरुद्ध मलेसियन दूतावासमा धर्ना
533.   रोजगारको आवश्यकता र यसका सुधारका पक्षहरु
534.   अभिमूखिकरण व्यवसायीलाई जिम्मेवार हुन निर्देशन
535.   एमआरपी भएकालाई पनि मलेसियाले मनोमानि रुपमा फर्कायो
536.   महासंघको अध्यक्ष र महासचिवको सस्थामा विभागको अनुगमन
537.   आकर्षणवाट विदेश जानेलाई मलेसियाको सीम कार्ड निःशुल्क
538.   अभिमूखिकरण तालिमलाई प्रभावकारी वनाइने
539.   दूतावासले प्रमाणिकरण नगर्दा समस्या वढ्दो
540.   विदेश जानेको मेडिकल शुल्क वढ्ने
541.   मलेसिया र कतार शाखाको ताहचलमा उदघाटन
542.   नयाँ व्यवस्थापनमा स्वर्णिम मेडिकल सुन्धारामा
543.   व्यवसायी संघको चुनावी रौनकता तात्यो
544.   विभागको कारवाहीप्रति संघको आपत्ति
545.   अख्तियारले छोडेन वैदेशिक रोजगार विभागलाई
546.   नेपालीको गन्तव्य खाडी र मलेसिया मात्र ?
547.   महासंघ र विभागबीच सफ्टवेयर लिंक गर्ने तयारी
548.   पूर्वमा संचालित ३ दर्जन मेनपावरका शाखामा छापा
549.   विभागवाट मेनपावर कम्पनीको अनुगमन जारी
550.   साउदीका मेनपावर सामु निरिह वैरो संघ
Results 568: You are at page 22 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media