सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २९ गते २२:२०

नेपालको संविधानको कार्यान्वयन गर्ने क्रममा मङ्गलबार नेपालको राष्ट्रप्रमुख अर्थात् राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपति पदमा निर्वाचित हुन कम्तीमा २६ हजार २५१ मतभार प्राप्त गर्नुपर्ने हुन्छ । राष्ट्रपति पदका लागि निर्वाचन हुन लागेको यो तेस्रो पटक हो । 
 
राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राई प्रतिस्पर्धामा छन । राष्ट्रपति पदका लागि मङ्गलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानका लागि समय तोकिएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदान सकिएलगत्तै मतगणना गरी मत परिणाम सार्वजनिक गरिने बताए । यस निर्वाचनमा दोस्रो कार्यकालका लागि वर्तमान राष्ट्रपति भण्डारीले पुनः उम्मेदवारी दिएकी छिन । उहाँलाई सत्तारुढ घटक नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल लगायत दलको समर्थन छ ।
 
राष्ट्रपति भण्डारीको उम्मेदवारीको प्रतिनिधिसमेत रहेका एमाले नेता भानुभक्त ढकालले राष्ट्रपति पदमा निर्वाचित हुन सुविधाजनक बहुमत प्राप्त हुने अपेक्षा गरेको बताए । राष्ट्रपति निर्वाचित हुन कुल मतदाताको कम्तीमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 
 
यसैगरी, नेपाली काँग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसांसद कुमारीलक्ष्मी राईलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी शहिद देवान सिंह राईकी छोरी हुन । भोजपुर निवासी राईले अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेकी छिन । नेपाली काँग्रेसका अनुसार, राई नेपालको लोकतान्त्रिक आन्दोलनमा विगत पाँच दशकदेखि निरन्तर सक्रिय राजनीतिमा छिन । 
 
विजयी हुन २६,२५१ मत आवश्यक
सङ्घीय–संसद्का ३३४ सदस्यमध्ये ३३१ सदस्य र सात प्रदेशका ५५० सदस्यमध्ये ५४९ सदस्यलाई मताधिकारको अधिकार छ । राष्ट्रियसभाका तीन र प्रदेशसभाका एक गरी चार सदस्यले मतदान गर्न पाउने छैनन् । तसर्थ सङ्घीय–संसद्का ३३४ र प्रदेशसभाका ५५० गरी जम्मा ८८४ सदस्यमध्ये ८८० जनालाई मात्रै मताधिकार रहेको छ । सङ्घीय–संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ छ । सङ्घीय–संसद्का मतदाताको जम्मा मतभार २६ हजार १४९ र प्रदेशसभाका ५४९ सदस्यको मतभार २६ हजार ३५२ गरी कुल मतभार ५२ हजार ५०१ हुन्छ । 
 
संवैधानिक व्यवस्थाअनुसार, राष्ट्रपति निर्वाचित हुन कुल मतभारको कम्तीमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने हुन्छ । दुई जना मात्रै उम्मेदवार रहेका र वर्तमान राष्ट्रपति भण्डारीलाई समर्थन गर्ने दल र सदस्यको सङ्ख्या हेर्दा पहिलो पटक नै एक उम्मेदवारलाई कम्तीमा ५० भन्दाभन्दा बढी मत प्राप्त हुने देखिएको छ । 
 
नागरिकतालाई मान्यता 
निर्वाचन आयोगले मतदानका लागि निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई नागरिकता र मतदाता परिचयपत्रबाट पनि मतदान गर्न सकिने जनाएको छ । राष्ट्रपतिको निर्वाचनका लागि सङ्घीय–संसद्का सदस्यले हरियो र प्रदेशसभाका सदस्यले रातो रङ्गको मतपत्रमा मतदान गर्नुहुने भएको छ । दुई थरिका मतपत्रमा कुनै निर्वाचन चिह्न छैन र मतपत्रमा रहेका व्यहोरा मात्रै रङ्गीन छपाइ गरिएको निर्वाचन आयोगले जनाएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
626.   सुनकोशी पीडितलाई आकर्षणको आर्थिक सहयोग
627.   बाढिपिडितलाई वैरो एकता समितिको १० लाख बराबरको राहतसामग्री
628.   ७५ जिल्लाको ८६ स्थानमा मनराम पुस्तकालय स्थापना
629.   आफ्नै छोरा र भाञ्जालाई जागिर खुवाउँदै बोर्डमा हाकिमहरु
630.   अभिमूखिकरण तालिम सरकारले दिने भनाइको विरोध
631.   लिस्नर्स क्लवको निःशुल्क दन्त परीक्षण शिविर
632.   गतबर्ष सवैभन्दा बढि विदेश पठाउने मेनपावरको नाम सार्वजनिक
633.   टोखाबासीलाई कोरियन संस्थाको सहयोग
634.   ब्लूस्काईको पहलमा मृतकका परिवारलाई १० लाख
635.   बायोमेट्रिक लगाउन मलेसियाको दवाव
636.   विदेशमा बस्ने नेपालीको मतदान अधिकार खोज्दै आयोग
637.   कतार नेपालीहरुका लागि अवसरको खानी
638.   इराकका नेपालीको उद्धार खर्च सरकारले गर्ने
639.   वैदेशिक रोजगारीमा जानेलाई सरकारले ऋण दिने
640.   इराकमा रहेका नेपालीलाई छिटो स्वदेश फर्कन सरकारको आग्रह
641.   कामदारको लागत तोक्नु नै गलत : पूर्वराजदूत मिश्र
642.   कोरयामा गैरकानूनीरुपमा वस्नेलाई निरुत्साहित बनाउने योजना
643.   कतारमा दिउँसो काम लगाउन रोक
644.   आइपीएल टी–२० क्रिकेटको उपाधि कोलकातालाई
645.   शाहरुख–प्रीति जिन्टा आमने–सामने !
646.   मन्त्री अझै अन्योलमा, मानव अधिकार आयोगले भन्यो - 'जीवन रक्षा गर !'
647.   आमरण अनसन बसेको चौध दिनपछि युवामन्त्रीको ध्यानाकर्षण, लामिछाने बर्खास्त हुँदै
648.   विदेशमा एमआरपी वनाउन परराष्ट्रले सहजीकरण गर्ने
649.   पासपोर्ट विक्रि गर्नेहरु खोरमा
650.   हस्तलिखित पासपोर्ट डिसेम्वरसम्म चल्ने
Results 726: You are at page 26 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media