शुक्रवार, जेष्ठ ११ गते, २०७५
शनिवार, २०७४ फाल्गुन २५ गते ००:०६

 
वैदेशिक रोजगारीका लागि यूएई जाने नेपालीहरुको प्रहरी रिपोर्ट (चालचलन प्रतिवेदन)को प्रमाणिकरण गर्ने जिम्मा दुई ट्राभल्सले पाएका छन् । यूएई दूतावास लाजिम्पाटमा अत्यन्त भीड बढेपछि चौतफी विरोध भइरहेको थियो ।
 
राजधानीको उत्तरढोकास्थित याक्का ट्राभल्स एण्ड टुर्स प्रालि र नागपोखरीस्थित सिटि एक्सप्रेस ट्राभल्सले दूताबासबाट उक्त अख्तियारी पाएको जनाइएको छ । अव यी ट्राभल्सले प्रहरी रिपोर्ट संकलन गरेर दूतावासबाट प्रमाणीकरण गर्ने अधिकार पाउने छन् । 
 
याक्का ट्राभल्सका सञ्चालक भिम रोक्का मेनपावर व्यवसायी पनि हुन् । यस्तै प्रेसिडेन्ट ट्राभल्सको स्वामित्वमा नै रहेको सिटी एक्सप्रेसका सञ्चालक सिद्धार्थ थापा हुन् । उनी प्रेसिडेन्ट ट्राभल्सका संचालक भोला विक्रम थापाका छोरा हुन् । यूएईसँग राम्रो सम्बन्ध बनाएका थापाले उतैबाट नै यो अधिकार लिएको बुझिएको छ ।  
 
दूतावासले यूएई जाने कामदारको चालचलन सम्बन्धी प्रहरी रिपोर्ट सम्बन्धित मेनपावर मार्फत गर्ने विषयमा यस अघि नै सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको थियो । तर संघलाई पत्तै नदिई दुईवटा ट्राभललाई परराष्ट्र मन्त्रालयको अनुमतिमा दूतावासले अधिकार प्रदान गरेको पत्र थमाएको छ । 


 
यी ट्राभलले पर्यटक भिषा र रि–इन्ट्री मार्फत जाने कामदारको दूतावासले तोकेको एक सय ५० रियाल अर्थात ४४ सय भन्दा थप कति रकम लिने हुन् बाहिर आइसकेको छैन । यद्यपी उनीहरुको आफ्नो सेवाको थप रकम लिने स्रोतको दावी छ । 
 
व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने कामदारमाथि आर्थिक भार थोपरेको भन्दै आपत्ति जनाएको छ । अन्य व्यवसायीहरुले समेत नेपाल सरकारका दुई–दुई वटा निकायले प्रमाणीकरण गरेको प्रहरी रिपोर्टलाई यूएई दूतावासले प्रमाणीकरण गर्नुको औचित्य र कारण के हो ? भन्दै प्रश्न उठाएका छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   विदेशबाट फर्किएका युवालाई नीति तथा कार्यक्रममा वेवास्था गरिएको गुनासो
2.   मलेसियन दूतावास भन्छ : ओएससी र भिएलएन बन्द नगर्नु
3.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
4.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
5.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
6.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
7.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
8.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
9.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
10.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
11.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
12.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
13.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
14.   अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी
15.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
16.   विदेशको जेलमा रहेका नेपालीलाई सरकारले कानूनी सेवा दिने
17.   वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट २९ जना विचौलिया पक्राउ
18.   श्रम, रोजगार तथा सामाजिक सुरक्षाको विषयमा संघ र प्रदेशबीच समन्वय हुनुपर्नेमा जोड
19.   ‘फ्री भिषा नो टिकट’ र एक महिनाको तलब सेवा शुल्क माग्दै संघ
20.   कतारले कामदारको क्षतिपूर्ति दिने
21.   कोरियन भाषा परीक्षामा ८२ हजार बढिको आवेदन
22.   यूएई दूतावासमा अव प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नु नपर्ने
23.   श्रम मन्त्री विष्टलाई झापाका मेनपावर एजेण्टको ज्ञापनपत्र
24.   कोरिया जानेको आवेदन खुल्यो, वैंकमा लामो लाइन
25.   श्रम मन्त्री विष्टको चेतावनी –‘डाइनोसर हुनु पर्ला’
Results 556: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media