विहिवार, असार ०७ गते, २०७५
शुक्रवार, २०७४ फाल्गुन २४ गते ००:२६

कवि तथा नियात्राकार बिकु लामाको कविता संग्रह ‘सपनाको ट्रान्जिटमा’ मंगलबार राजधानीको लेखनकुञ्जमा आयोजित एक समारोहकाबीच बरिष्ठ कवि तुलसी दिवस, बरिष्ठ कथाकार माया ठकुरी, कवि विप्लप ढकाल, कवि तथा समालोचक महेश पौडेल, कवि तथा संचारकर्मी फुलमान बलले सयुक्तरुपमा विमोचन गरेका छन् । 
 
पुस्तक विमोचन समारोहमा प्रमुख अतिथि समेत रहेका वरिष्ठ कवि तुलसी दिवसले विषय, सन्दर्भ र मौलीकता नै कविता रचनाको मुल प्राण भएको बताउदै ‘सपनाको ट्रान्जिटमा’ संग्रहमा यसको बेजोड मिश्रण रहेको बताए । यस्तै कथाकार माया ठकुरीले थोरै शब्दमा धेरै कुरा समेटिएको संग्रह पठनिय र उत्कृष्ट रहेको बताइन । कृतिमाथि नै टिप्पनी गर्दै समालोचक तथा साहित्यकार महेश पौडेलले यर्थाथवादी र रोमानीया दुवै शैलीको बेजोड समिश्रण भएको बताए । 
 
सोइनम बुक्सले बजारमा ल्याएको संग्रहमा ३३ वटा कविता संग्रहीत रहेका छन भने ९२ पृष्ठ रहेको छ । यसअघि सोइनम नियात्रा संग्रह र मृत्यु विर्सनेहरु कविता संग्रह बजारमा ल्याएका लामाको यो तेश्रो कृति हो । आफुले समाजमा देखेका र भेटेका यर्थाथ विषयबस्तुहरुलाई यस संग्रहमा आफुले उजागर गरेको लामाले बताए ।    
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
51.   साहित्यकार जगदिश घिमिरेको निधन
52.   साहित्यकारद्वय जोशी र शर्मा सम्मानित
53.   मनमा यसरी डढेलो लाग्ने गरी फेरि यति चाँडै कसले गर्‍यो होला यो फोन ?
54.   बेलायतमा घन्कियो नेपाली गजल
55.   मनुज, ध्रुवचन्द्र र नयाँघरेलाई कलाश्री पुरस्कार
56.   शारदा शर्मा र सत्यमोहन जोशीलाई पद्मश्री
57.   युएईमा ‘श्रमिक साथी’ पुस्तक विमोचन
58.   ‘दमिनी भिर’लाई मदन पुरस्कार, जगदम्बा श्री रत्नशम्शेर थापालाई
59.   पत्रकार, प्रेमिका र डिसहोम
60.   अन्सारीको अतीत:युवराज नयाँघरे
61.   गर्भपतन
62.   बिचरा तिमी
63.   मिर्लुङको मेलोडी
64.   साइनो बेच्ने केटी
65.   सुडानमा मान्छेले मान्छे खान्छ रे हो ?
Results 65: You are at page 3 of 3
First Prev 1 2 3

Powered By : Unitech Media