मंगलवार, जेष्ठ ०८ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २१ गते ०४:१३

रोजगारीका शिलशिलामा साउदी अरबमा रहेका काभ्रे जिल्लावासीहरुको साझा संस्था काभ्रे सेवा समाज साउदी अरबले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत काभ्रेमा जिल्लास्तरीय दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
 
समाजले काभ्रे सेवा समाज नेपाल काभ्रेसँगको सहकार्य तथा अन्तर्राष्ट्रिय काभ्रे सेवा समाजको संयोजनमा नयाँ वर्षको अवसर पारेर २०७५ वैशाख १ गते काभ्रेको बनेपामा प्रतियोगिताको आयोजना गर्न लागेको हो । “स्वास्थ्यको लागी खेलकुद” नारासहित काभ्रे जिल्लाव्यापी माध्यामिक विद्यालय स्तरीय छात्र तथा छात्रा सडकदौडको आयोजना गरिएको काभ्रे सेवा समाज साउदीका अध्यक्ष जेन कुमार लामाले जानकारी दिए ।
 
५ किमी दुरीको उक्त दौड प्रतियोगीतामा छात्र तथा छात्रा दुवै स्पर्धामा प्रथम हुने प्रतियोगीलाई नगद १० हजार, द्धितिय हुनेलाई ७ हजार र तृतिय हुनेलाई ५ हजारसहित  प्रमाणपत्र प्रदान गरिने र सहभागी सबैलाई प्रशंसा पत्र प्रदान गरिने समाजले जानकारी दिएको छ । 
 
प्रतियोगिताका लागि चैत्र २४ गतेसम्म अन्तर्राष्ट्रिय काभ्रे सेवा समाजको फेसबुकमा निःशुल्क नाम रजिष्टर्ड गर्न सकिने अन्तर्राष्ट्रिय काभ्रे सेवा समाजका संयोजक कपिलदेव थापाले जानकारी दिए । उनले काभ्रेमा रहेका सम्पूर्ण माध्यमीक विद्यालयहरुलाई आ–आफ्नो विद्यालयबाट इच्छुक प्रतियोगीहरुको सहभागिताका लागि सहयोगको अपिल समेत गरेका छन् ।
 
जिल्लामा रहेका खेल प्रतिभाहरुलाई खोजी अवसर र सम्मान दिने अभिप्रायले यो कार्यक्रम आयोजना गरिएको बताउँदै आगामी दिनमा यस्ता थप कार्यक्रम गर्दै जाने पनि समाजले जनाएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   कतारका नेपालीलाई ‘बेलाको एसी’ खरिदमा भारी छुट
2.   ‘बेलाको ब्राण्ड’ कतारको अन्तर्राष्ट्रिय प्रदर्शनीमा अब्बल बन्दै
3.   मलेसियाका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
4.   ६ बुदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय झापाली समाजको क्षेत्रीय भेला सम्पन्न
5.   सगरमाथा समुह ओमानमा पौडेल, निर्विरोध कार्यसमिति चयन
6.   कतारमा नेपाली व्यवसायीको ‘बेलाको ब्राण्ड’ अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिदै
7.   काभ्रे सेवा समाज युएईको शारजाह क्षेत्रीय समिती बिस्तार, अध्यक्षमा एप्रील लामा
8.   आबुधाबीका नेपालीले यसरी मनाए नयाँ वर्ष
9.   यूएईमा युवा व्यवसायी पराजुलीको फडको
10.   अन्तर्राष्ट्रिय झापाली समाजको हुने पहिलो क्षेत्रिय भेलाको भब्य तयारी
11.   प्रबासी नेपाली मञ्च दुबईको बृहत बनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
12.   दुबईमा नेपाली ब्राण्डको पानी
13.   प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजि राज्यले उपयोग गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत
14.   यूएईमा व्यवसायमा सफलता चुम्दै शर्मा
15.   यूएईमा बढदै नेपालीको व्यवसाय, गेष्टहाउसमा पनि लगानी (फोटोफिचर)
16.   एनआरएन सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न
17.   नेपालीले अब विदेशबाटै भोट हाल्न पाउने
18.   साउदीमा मृत्युदण्ड सुनाइएका उमेशको चित्कार, भन्छन् ब्लडमनिका लागि ७० लाख जुटाइदिनुहोस
19.   ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो
20.   रसुवाली समाज यूएईको गठन
21.   काभ्रे सेवा समाज साउदीले जिल्लास्तरीय दौड प्रतियोगिता गर्दै
22.   शंखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न
23.   कतारमा प्रदेश नं. ३ तदर्थ समिति गठन, अध्यक्षमा ढुंगाना
24.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
25.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
Results 391: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media