सोमवार, बैशाख १० गते, २०७५
सरकारी बिल तिर्न पनि सक्छौ : संचालक गुरुङ
शुक्रवार, २०७४ फाल्गुन १० गते ०५:५५

प्रविधिको प्रयोग गर्न जान्ने हो भने धेरै काम र सेवाको उपयोग घरमै बसेर गर्न सकिन्छ । हत्केलामा (मोवाइल) नै सवै अट्न थालेको छ, जसबाटनै हरेक काम गर्न सकिने भएको छ । 
 
इन्टरनेट तथा प्रविधिको प्रयोगबाट विभिन्न सेवाको विल वा रकम घरैमा बसेर भुक्तानी गर्न सकिने अनलाइन पेमेण्ट सिस्टम यसैको एउटा उदाहरण हो । विश्वका विकसित मुलुकमा अनलाइन पेमेण्टको भरपुर उपयोग भैरहदा हाम्रो मुलुकमा भने पछिल्लो केही वर्षयता यो प्रविधिको उपयोग शुरु हुन थालेको छ ।
 
अनलाइन पेमेण्ट सेवा दिइरहेको एक लोकप्रिय कम्पनी इनेट पेले अहिले आक्रामक भएर सेवा प्रदान गरिरहेको छ । इनेट पेले ल्याण्डलाइन फोन, मोबाइल फोनहरु, बस टिकट, विजुलीको विल, डोमेस्टिक एयरलाइन्सका टिकट, इन्टरनेटका भुक्तानी गर्ने सुविधा आफ्ना सेवाग्राहीहरुलाई दिइरहेको छ । इन्टरनेशनल हवाई टिकट, मूभी टिकट लगायत विविध सेवाका लागि पनि इनेट पेले सेवा दिने अन्तिम तयारीमा रहेको छ । 


 
‘अहिलेको कामकाजी जमानामा लाइन बसेर समय बर्बादी गर्नुभन्दा इजी सुविधाको विकल्प सर्वसाधारणले खोजिरहेका छन्’ इनेट पेका संचालक अनिल गुरुङ भन्छन –‘हामीले सर्वसाधारणको यही सहजताका लागि घरैमा बसेर आफ्नो मोवाइल तथा डेस्कटपबाटै विभिन्न सेवाको विल भुक्तानी गर्ने सुविधा ल्याएका हौं ।’
 
गुरुङ अहिलेसम्म अनलाइन पेमेण्ट सुविधा विशेषत प्राइभेट सेक्टरमा मात्र सीमित रहेकोमा सरकारले आफ्नो नीति तर्जुमा गरेर सफ्टवेयर बनाउन सके हरेक सरकारी कामकाजमासमेत इजीपेका लागि आफुहरु तयार रहेको बताउँछन । उनी भन्छन– ‘आगामी दिनमा हामी स्कुल फि, लाइसेन्स नविकरण, सवारी करजस्ता अत्यावश्यक सेवाको विल भुक्तानी सेवा पनि दिने तयारीमा जुटिरहेका छौ ।’ 
 
यसरी घरमै बसेर वा विना झन्झट प्रविधिको प्रयोगले काम गर्न सकिने अवस्था हुदा पनि यसका बारे धेरै नेपाली अझ पनि अनविज्ञ छन् । यसका लागि इनेट पेले व्यवसायसँगै यसबारे सबैलाई चेतना फैलाउने र सेवा विस्तार गर्ने काम पनि गरिरहेको संचालक गुरुङ बताउँछन् ।
 
त्यसो त अनलाइन पेमेण्टको इतिहास झण्डै १ दशक अघिदेखिको भएपनि अहिलेसम्म राष्ट्र बैंकबाट अनुमति लिएर काम गर्ने यस्ता कम्पनीको संख्या इनेट पेसहित ३ वटा मात्र छन् । यसमा पनि अन्य कम्पनी शहर केन्द्रित भैरहदा इ नेट पे भने उपत्यकाबाहिर तथा ग्रामिण भेगमा बढी केन्द्रित भएको संचालक गुरुङ बताउँछन ।
 
धेरै सर्वसाधारणमा यस्तो सेवा लिदा मंहगो, खर्चिलो तथा झण्झटिलो होला भन्ने भ्रम रहिआएकोमा कुनै अत्तिरिक्त भार नपर्ने र सहज तथा सुलभ ढंगमा काम गर्न सकिने हुँदा पनि विस्तारै यसका प्रयोगकर्ता बढ्न थालेको इनेट पेका संचालक गुरुङको भनाई छ । 
 
पछिल्लो प्रविधि र संचारका बारेमा जानकारी नहुँदा या राख्ने प्रयास नगर्दा कतै हातमै सुविधा हुँदा पनि दुःख त पाइ रहेका छैनौ ? न त अतिरिक्त भार, न समयको बर्बादी न त अनावश्यक शुल्क । के अझै हामी लाइन बसेर जीवनकै महत्वपूर्ण समयको बर्बादी गरिरहने ? 

भिडियो रिपोर्ट हेर्न यहा जानुहोस
  
 



प्रतिक्रियाहरु
Padam kathayat, Korea
सर नमस्कार Enet pay मोबाइलमा download भइरहेको xain
Padam kathayat, Korea
सर नमस्कार Enet pay मोबाइलमा download भइरहेको xain
Padam kathayat, Korea
सर नमस्कार Enet pay मोबाइलमा download भइरहेको xain

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
726.   प्रभु बैंक विधिवत रुपमा आरम्भ
727.   सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई मेगा बैंकका कर्मचारीहरुको सहयोग
728.   बाढिपीडितलाई प्रभु मनिको सहयोग
729.   सम्पदा संघलाई हिमायलय बैंकको सहयोग
730.   बाढिपीडितलाई रेमिट्यान्स एशोसिएसनको १ लाख सहयोग
731.   प्रभु मनिको चाडपर्व उपहार योजना
732.   दाङका बाढीपीडितलाई बेष्ट रेमिटको ३ लाख बराबरको सहयोग
733.   प्रभु र लुम्बिनी बैंकबीच रेमिट्यान्स सम्झौता
734.   प्रभु र काठमाडौं फाइनान्सबीच रेमिट्यान्स सम्झौता
735.   हिमालयन बैक कर्मचारीको बाढी पिडितलाई सहयोग
736.   अन्तर्राष्ट्रिय अवार्ड विजेता रविनालाई मेगा बैंकको सम्मान
737.   प्रभूमार्फत पैसा पठाउनेलाई थ्रीजी सीमकार्ड
738.   सिटी एक्सप्रेसबाट पैसा लिंदा सेलदेवीले पाइन सुनको सिक्री
739.   आईएमईको विदेशमै परिवार भेटाउने योजना सार्वजनिक
740.   सिटी एक्सप्रेस र नेपाल बैंकबीच रेमिट्यान्स सम्झौता
741.   दैवी प्रकोप पीडितलाई आइएमई समूहको २० लाख सहयोग
742.   बेष्ट रेमिटले थाल्यो बाढि पीडितलाई राहत संकलन
743.   प्रभु मनि ट्रान्सफर र कर्णाली विकास बैंकबीच रेमिट्यान्स सम्झौता
744.   बाढीपीडितलाई आईएमईको २० लाख सहयोग
745.   डिस होमको स्वर्ण उत्सव
746.   दैनिक एक अर्ब ४८ करोड रेमिट्यान्स भित्रन्छ
747.   सिटी एक्सप्रेस र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
748.   सुधीर बस्नेतलाई पक्राउ गर्न सर्वोच्चको आदेश
749.   बेष्ट रेमिट र नारायणी नेशनल फाइनान्सबीच रेमिट्यान्स सम्झौता
750.   सिन्धुपाल्चोक पहिरोपीडितलाई सिटीको सहयोग
Results 841: You are at page 30 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media