सोमवार, बैशाख १० गते, २०७५
सरकारी बिल तिर्न पनि सक्छौ : संचालक गुरुङ
शुक्रवार, २०७४ फाल्गुन १० गते ०५:५५

प्रविधिको प्रयोग गर्न जान्ने हो भने धेरै काम र सेवाको उपयोग घरमै बसेर गर्न सकिन्छ । हत्केलामा (मोवाइल) नै सवै अट्न थालेको छ, जसबाटनै हरेक काम गर्न सकिने भएको छ । 
 
इन्टरनेट तथा प्रविधिको प्रयोगबाट विभिन्न सेवाको विल वा रकम घरैमा बसेर भुक्तानी गर्न सकिने अनलाइन पेमेण्ट सिस्टम यसैको एउटा उदाहरण हो । विश्वका विकसित मुलुकमा अनलाइन पेमेण्टको भरपुर उपयोग भैरहदा हाम्रो मुलुकमा भने पछिल्लो केही वर्षयता यो प्रविधिको उपयोग शुरु हुन थालेको छ ।
 
अनलाइन पेमेण्ट सेवा दिइरहेको एक लोकप्रिय कम्पनी इनेट पेले अहिले आक्रामक भएर सेवा प्रदान गरिरहेको छ । इनेट पेले ल्याण्डलाइन फोन, मोबाइल फोनहरु, बस टिकट, विजुलीको विल, डोमेस्टिक एयरलाइन्सका टिकट, इन्टरनेटका भुक्तानी गर्ने सुविधा आफ्ना सेवाग्राहीहरुलाई दिइरहेको छ । इन्टरनेशनल हवाई टिकट, मूभी टिकट लगायत विविध सेवाका लागि पनि इनेट पेले सेवा दिने अन्तिम तयारीमा रहेको छ । 


 
‘अहिलेको कामकाजी जमानामा लाइन बसेर समय बर्बादी गर्नुभन्दा इजी सुविधाको विकल्प सर्वसाधारणले खोजिरहेका छन्’ इनेट पेका संचालक अनिल गुरुङ भन्छन –‘हामीले सर्वसाधारणको यही सहजताका लागि घरैमा बसेर आफ्नो मोवाइल तथा डेस्कटपबाटै विभिन्न सेवाको विल भुक्तानी गर्ने सुविधा ल्याएका हौं ।’
 
गुरुङ अहिलेसम्म अनलाइन पेमेण्ट सुविधा विशेषत प्राइभेट सेक्टरमा मात्र सीमित रहेकोमा सरकारले आफ्नो नीति तर्जुमा गरेर सफ्टवेयर बनाउन सके हरेक सरकारी कामकाजमासमेत इजीपेका लागि आफुहरु तयार रहेको बताउँछन । उनी भन्छन– ‘आगामी दिनमा हामी स्कुल फि, लाइसेन्स नविकरण, सवारी करजस्ता अत्यावश्यक सेवाको विल भुक्तानी सेवा पनि दिने तयारीमा जुटिरहेका छौ ।’ 
 
यसरी घरमै बसेर वा विना झन्झट प्रविधिको प्रयोगले काम गर्न सकिने अवस्था हुदा पनि यसका बारे धेरै नेपाली अझ पनि अनविज्ञ छन् । यसका लागि इनेट पेले व्यवसायसँगै यसबारे सबैलाई चेतना फैलाउने र सेवा विस्तार गर्ने काम पनि गरिरहेको संचालक गुरुङ बताउँछन् ।
 
त्यसो त अनलाइन पेमेण्टको इतिहास झण्डै १ दशक अघिदेखिको भएपनि अहिलेसम्म राष्ट्र बैंकबाट अनुमति लिएर काम गर्ने यस्ता कम्पनीको संख्या इनेट पेसहित ३ वटा मात्र छन् । यसमा पनि अन्य कम्पनी शहर केन्द्रित भैरहदा इ नेट पे भने उपत्यकाबाहिर तथा ग्रामिण भेगमा बढी केन्द्रित भएको संचालक गुरुङ बताउँछन ।
 
धेरै सर्वसाधारणमा यस्तो सेवा लिदा मंहगो, खर्चिलो तथा झण्झटिलो होला भन्ने भ्रम रहिआएकोमा कुनै अत्तिरिक्त भार नपर्ने र सहज तथा सुलभ ढंगमा काम गर्न सकिने हुँदा पनि विस्तारै यसका प्रयोगकर्ता बढ्न थालेको इनेट पेका संचालक गुरुङको भनाई छ । 
 
पछिल्लो प्रविधि र संचारका बारेमा जानकारी नहुँदा या राख्ने प्रयास नगर्दा कतै हातमै सुविधा हुँदा पनि दुःख त पाइ रहेका छैनौ ? न त अतिरिक्त भार, न समयको बर्बादी न त अनावश्यक शुल्क । के अझै हामी लाइन बसेर जीवनकै महत्वपूर्ण समयको बर्बादी गरिरहने ? 

भिडियो रिपोर्ट हेर्न यहा जानुहोस
  
 



प्रतिक्रियाहरु
Padam kathayat, Korea
सर नमस्कार Enet pay मोबाइलमा download भइरहेको xain
Padam kathayat, Korea
सर नमस्कार Enet pay मोबाइलमा download भइरहेको xain
Padam kathayat, Korea
सर नमस्कार Enet pay मोबाइलमा download भइरहेको xain

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
301.   बैंक अफ काठमाण्डौं लुम्बिनी र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
302.   सिटी एक्सप्रेस मनी ट्रान्सफर र मलेसियाको म्याक्स मनीबीच सम्झौता
303.   राष्ट्रिय वाणिज्य बैंकमा कर्पोरेट शाखा स्थापना
304.   सुरक्षा गार्डको अन्तिम र पूर्व स्वीकृति खुला
305.   बैंकर रविनालाई कोरियामा अन्तर्राष्ट्रिय अवार्ड
306.   हिरोले ल्यायो ३ नयाँ मोडलका मोटरबाइक
307.   एनसेलले ल्यायो ‘एकमा दुई अफर’, २५ पैसा प्रति मिनेटमा भ्वाइस सेवा
308.   ‘प्रभु लक्की सेभेन’को उपहार मण्डल र वलीलाई प्रदान
309.   भारतीय रुपैयाँ व्यवस्थापनका लागि पहल गर्न सरकारलाई निर्देशन
310.   रेमिट्यान्स क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बन्यो आइएमई
311.   सिटी एक्सप्रेसको जनरल म्यानेजरमा कोइराला
312.   सिप्रदीका सिद्धार्थ शमशेर सबैभन्दा ठूला करदाता, बढी आयकर तिर्ने सूर्य नेपाल
313.   नेपाल बैंक लिमिटेड असीऔँ वर्षमा
314.   बैंकर्स संघको अध्यक्षमा अनिल शाह निर्वाचित
315.   सिटी एक्सप्रेसको चौथो साप्ताहिक विजेतालाई एलइडि टिभि प्रदान
316.   आईएमईलाई 'रेमिटेन्स कम्पनी अफ द इयर अवार्ड'
317.   ग्लोबल आईएमई र नेशनल फाईनान्स कर्पोरेसनबीच छलफल
318.   एनसेलले पायो ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्ड
319.   कोकाकोलाले ल्यायो सुगर फ्रि 'कोक जिरो'
320.   'आइएमर्इ हात हुदैन खाली' योजनाको बिजेता घोषणा, ४ जनालाई स्कुटर उपहार
321.   एनसेलले ल्यायो ‘रोमिङ् कम्बो प्याक’
322.   कृषि विकास बैंक र इजी लिंकबीच रेमिट्यान्स सम्झौता
323.   एनसेलले ल्यायो ‘मोबाईल टिभी प्याक’ योजना
324.   सम्सारा रेमिटको ‘दशै तिहार उपहार योजना' अन्तर्गतका ४ बिजेतालाई उपहार प्रदान
325.   बेष्ट रेमिट र रामारोशन माईक्रोफाईनान्स बीच रेमिट्यान्स सम्झौता
Results 841: You are at page 13 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media