सोमवार, असार ११ गते, २०७५
बुधवार, २०७४ फाल्गुन ०९ गते २३:१३

उत्तम काप्री / चालु आव २०७४/०७५ को सात महिनामा दुई सय नयाँ म्यापावर दर्ता भएका छन् । थपिएकासहित म्यानपावरको संख्या १४ सय १४ पुगेको छ । सरकारले नयाँ म्यानवापर दर्ता गर्न ६ वर्ष अघि प्रतिबन्द लगाएकोमा अदालतको आदेशमा खुलाइएको हो । वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले अदालतबाट आदेश लिई प्रक्रिया पूरा गरेर आएका म्यानपावर दर्ता गरिएको जानकारी दिए ।

सरकारी नियमअनुसार एउटा म्यानपावर दर्ताका लागि सात लाख नगद, २३ लाखको बैंक ग्यारेन्टी, इजाजतका लागि २० हजार र प्रत्येक वर्ष नवीकरणका लागि १० हजार रुपैयाँ लाग्छ ।
 
नयाँ म्यापावर दर्ता रोक्का भएपछि व्यवसायीले अदालतको आदेशमा धमाधम म्यानपवार दर्ता गरिरहेका हुन । वैदेशिक रोजगार विभागका अनुसार दर्ता खुलेयता अदालत, श्रम तथा रोजगार मन्त्री र प्रधानमन्त्री कार्यालको सिफारिसमा तीन सय ८० म्यानपावर दर्ता भएका छन् ।
 
बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६८ असोज १३ मा नयाँ म्यानपावर दर्तामा रोक लगाएको थियो । तर, २०७२ फागुनमा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठसहितको संयुक्त इजलासले प्रक्रिया पुर्‍याएका कम्पनीलाई पेसा र व्यवसाय गर्न रोक नलगाउन फैसला गरेको थियो । योसँगै म्यानपावर दर्ता गर्नेको संख्या बढेको हो । 
 
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ अनुसार नयाँ म्यानपावर दर्ता बन्द गर्ने निर्णयको बिरोध गर्दै वर्क फोर्स रिक्रुटिङ प्रालिले म्यानपावर दर्ता गरी पाउ भन्दै अदालतमा मुद्दा दर्ता गराएको थिए । वर्क फोर्स रिक्रुटिङको रिटमा संविधानले दिएको पेसाव्यवसाय गर्न पाउने संवैधानिक हकविरुद्ध सरकारले नयाँ म्यानपावर दर्ता बन्द गराएको उल्लेख थियो ।
 
समयमै नवीकरण नगरेको र विभिन्न समयमा कारबाहीमा परी खारेज भइसकेका म्यानपावरको संख्या पनि तीन सय पुगेको छ ।
 
भष्ट्राचारको आरोपमा अख्तियारको फन्दामा परेका पूर्वमहानिर्देशक विश्वराज पान्डले अदालतको आदेश अनुसार म्यापवार दर्ता नगरेको भन्दै अवहेलनाको मुद्दा समेत परेको थियो । त्यसपछि भने विभागले अदालतलको आदेशमा प्रक्रिया पुर्‍याएर आएका सबै म्यानपावर कम्पनीको दर्ता गरिरहेको अधिकारी बताउँछन् ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
1.   समाजसेवी राजा घलेलाई कतारमा विशेष सम्मान
2.   यूएईले अवैध आप्रवासीलाई दियो तीन महिने आममाफी
3.   गैरआवासीय नेपाली र विदेशी विज्ञहरुको सम्मेलन हुँदै
4.   साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी
5.   पर्यटनदूत राजा घले काठमाडौंमा अभिनन्दित
6.   मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ
7.   एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै
8.   एनआरएन यूएईको आयोजनामा इफ्तार
9.   बालगायक अशोक दर्जीलाई संखुवासभाली चेलीको सहयोग
10.   हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला
11.   कतार नाकाबन्दी एक वर्ष, देखिदैन प्रभाव
12.   श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त
13.   साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली
14.   अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा
15.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
16.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
17.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
18.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
19.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
20.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
21.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
22.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
23.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
24.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
25.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
Results 568: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media