विहिवार, फाल्गुन १० गते, २०७४
मंगलवार, २०७४ फाल्गुन ०१ गते २१:५७

आगामी १८ फागुनमा होलीको अवसरमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरूसहित आरडब्लु संग्राम नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
 
डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको व्यवस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा होलीको अवसरमा पोखराको दशरथ रंगशालामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
 
प्रतियोगितामा विभिन्न चार मुलुकका खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु, डेभिड, साईन, ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्नेछन् ।
 
अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नील पनि उक्त प्रतियोगितामा भिड्नेछन् ।
 
प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरू रहेका छन् । रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाले सहभागिता जनाउने भएकी छिन् ।
 
अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरू पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर के सी र प्रदिप पाण्डेले संचालन गर्नेछन् । उक्त प्रतियोगितामा कमेन्टेटरमा नेपालका प्रसिद्र्घ यापर बुलेटफ्लो थापाकाजी र मिस्टर प्रिन्स को जोडी रहनेछ । डिसहोम एक्सन स्पोर्टस टिभीले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेसमेत जनाइएको छ ।
 
पोखरापछि आरडब्लु संग्राम नेपालका अन्य सहरहरूमासमेत लैजाने योजना रहेको आयोजकले जनाएको छ ।
 
हाल एकेडेमीमा नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर अर्थात कमल तामाङ्ले नियमति रुपमा खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् । खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको अभ्यास दिनका लागि हाल संघले अमेरिकन प्रशिक्षक जिजस मालकीबाट तालिम दिने व्यवस्था मिलाएको बताएको छ । 
 
नेपाल रिङ रेस्लिङ संघकी महासचिब सुवर्ण श्रेष्ठद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ, ‘हामीले यहि आउँदो २०७४ फागुन १८ गतेका दिन पोखरामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरुसहित (रअ संग्राम) नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराउँछौं । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको ब्यबस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकाश समितिको समंयोजकत्वमा रेस्लिङ प्रतियोगिता गर्न लागेका हौं ।’
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
276.   फुटबल खेलाडीलाई कान्तिपुर होलिडेजले दुबई टुर लैजाने
277.   अमेरिकामा बस्ने नेपालीद्धारा बिद्यालय निमार्ण गरी हस्तान्तरण
278.   सिंगापुरबाट एक करोड अमेरिकी डलर नेपाल भित्रिँदै
279.   औंठाछापबाटै बालमनोविज्ञान पहिचान
280.   त्रिभुवन विमानस्थल संसारकै १० औ खराब, सिंगापुर विमानस्थल सबैभन्दा उत्कृष्ट
281.   अमेरिका पठाउने दालाल प्रहरीको फन्दामा
282.   अमेरिकाको ४५ औ राष्ट्रपतीमा ट्रम्प, नेपालीलाई के फरक पर्ला ?
283.   राष्ट्रपतीय निर्वाचनबारे के भन्छन् अमेरिकाका नेपाली?
284.   नेपाल लाईब्रेरी फाउण्डेशनको अध्यक्षमा कपिलदेव थापा
285.   उपत्यकाका तीन जिल्लालाई लोडसेडिङमुक्त जिल्ला घोषणा गर्ने तयारी
286.   नेपाली चेलीको तस्बीर सामाजिक सञ्जालमा भाइरल
287.   भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौंमा
288.   राष्ट्रपतिद्धारा गिरानचौर नमुना बस्ती हस्तान्तरण
289.   नेपालीलाई मृत्युदण्ड नदिन प्रधानमन्त्री दाहालको आग्रह
290.   अमेरिकाले नेपालीहरुका लागि टिपीएस सुबिधा बढायो
291.   घुम्नैपर्ने उत्कृष्ट देशको सुचिमा नेपाल पाँचौं
292.   इजिप्टको राजदूतमा अर्याल नियुक्त
293.   त्रिभुवन विमानस्थल विश्वकै सबभन्दा खराब दश विमानस्थलको सूचीमा
294.   उत्पत्तिको प्रमाणपत्र अब सरकार आफैंले जारी गर्ने
295.   धेरै यात्रु बोक्नेमा नेपाल बायु सेवा निगम दोस्रो
296.   कुन मुलुकको पासपोर्ट कति शक्तिशाली ?, नेपाल ८७ औं स्थानमा
297.   दसैँले छोएन भुटानी शरणार्थी शिविरमा
298.   दशैं लगत्तै अरुण कावेली पावरको आइपिओ, ३० करोडको सेयर निस्कासन हुने, १५००० कित्ता सम्म आवेदन
299.   मलेसियाको भिसा शुल्क सनराइज बैंकले बुझ्ने, बैंकका सबै शाखाबाट इभिसा र शुल्क बुझ्ने व्यवस्था
300.   मनराम–एसकाज पत्रकारिता पुरस्कार विष्टलाई प्रदान
Results 654: You are at page 12 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media