विहिवार, फाल्गुन १० गते, २०७४
शनिवार, २०७४ माघ २६ गते ०५:१३

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा परी अनुदान सम्झौता गरेकाले दोस्रो किस्ता लिने अवधि आगामी चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ ।  प्राधिकरण निर्देशक समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ११औँ बैठकले सो निर्णय गरेको हो । 
 
यसअघिको समितिको बैठकले विसं २०७३ पुस मसान्तसम्म पहिलो किस्ता लिएका भूकम्पपीडितले गत पुस मसान्तमै घरको जग निर्माण गरी दोस्रो किस्ता लिइसक्नुपर्ने निर्णय गरेको थियो ।  निर्देशक समितिका अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बैठक बसेको थियो ।  बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विभिन्न चुनौती भए पनि पुनःनिर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको बताए । 
 
समितिका सदस्य एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भूकम्पपीडितका लागि पछिल्लो समय थप गरिएको रु एक लाखको स्रोत व्यवस्थापनका लागि प्रयास भइरहेको जानकारी दिए ।  “स्रोत अभावमा भूकम्पपीडितले आवास निर्माण गर्न नसकेकाले थप रु एक लाख दिने निर्णय गरेको हो, यसका लागि विश्व बैंकले रु ४० अर्ब दिने सहमति भएको छ”, उनले भने । 
 
समितिको उपाध्यक्ष रहेका नेकपा (एमाले)का नेता भीम रावलले भूकम्पपछिको पुनःनिर्माणका लागि सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।  “प्राधिकरणमा पटक पटक नेतृत्व परिवर्तन गर्दा भूकम्पपीडितको समस्यालाई सरकारले प्राथमिकता नदिएको हो कि भन्ने पीडितमा आशंका उत्पन्न भएको छ”, उनले भने । 
 
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनःनिर्माणमा अहिलेसम्म भएका प्रगति, बजेटको अवस्था, समयसीमा बढाउनुपर्ने आवश्यकतालगायतका विषयमा जानकारी गराए ।  “प्राविधिक जनशक्ति र निर्माणकर्मीको अभावका कारण पुनःनिर्माणमा चुनौती थपिए पनि तिनको सम्बोधन गर्दै निजी आवास पुनःनिर्माण लक्ष्यको करिब ५० प्रतिशत प्राप्त गर्ने अवस्थामा पुग्न लागेको छ”, उनले भने । 
 
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले पहिलो दाता सम्मेलनबाट रु चार खर्बभन्दा बढी रकम प्रतिबद्धता आएकाले पुनःनिर्माणमा अपुग रकम व्यवस्थापनका लागि दोस्रो चरणको दाता सम्मेलन गर्नेबारे छलफल भइरहेको जानकारी दिए । 
 
समितिका सदस्य तारानिधि भट्टराईले जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि जतिसक्दो छिटो काम अघि बढाउनुपर्नेमा जोड दिए ।  बैठकमा समिति सदस्य किशोर थापा, प्राधिकरणका सचिव मधुसूदन अधिकारी, सहसचिवद्वय राजुमान मानन्धर र कृष्णप्रसाद दवाडीलगायतले पुनःनिर्माण छिटो गर्ने विषयमा विचार व्यक्त गरे । 
-
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
51.   पहिलो चरणको मतदान शुरु, चिसो बिहानीमै मतदाताको उत्साहपूर्ण सहभागिता
52.   चुनावका लागि तराईका सीमा ७२ घण्टा सिल गरिने
53.   पहिलो चरणको चुनाव : मौन अवधि सुरु
54.   नयाँ लाइसेन्सको वितरण अनिश्चितकालका लागि स्थगित
55.   डीभी चिट्ठाले पु¥यायो हिरासत, नक्कली शैक्षिक प्रमाणपत्र बनाउने आठ जना पक्राउ
56.   विस्तृत शान्ति सम्झौता भएको ११ वर्ष पुरा, खासै प्रगति हुन सकेन
57.   १० लाख पर्यटकको लक्ष्य ६ वर्षपछि पूरा हुँदै
58.   हृदयघातबाट प्रचण्डपुत्र प्रकाशको निधन
59.   ब्यवसायी गौचन हत्यामा संलग्न ५ जना पक्राउ
60.   पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम चिनिया कम्पनीबाट शुरु
61.   कतारको निम्तो छाडेर राष्ट्रपति भण्डारी युएई जाँदै
62.   स्थलगत अध्ययनपछि चिनियाँ टोलीले भन्यो–केरूङ-काठमाडौं रेल संभव
63.   विवेकशील साझा पार्टीको घोषणा पत्र
64.   बाम गठबन्धनद्वारा घोषणापत्र सार्वजनिक
65.   अमेरिकाका ३८ डाक्टरद्धारा निःशुल्क दन्त शिविर (फोटोफिचर)
66.   बाम घोषणापत्र : ५ वर्षभित्र गरिविमुक्त, प्रतिव्यक्ति आय ५ हजार डलर पु¥याउने
67.   लायन राजेन थापाको भव्य स्वागत, शनिबार बन्दिपुरमा निशुल्क आँखा शिविर
68.   काठमाडौंको कमलादीमा गोली चल्यो, तीन भारतीय पक्राउ
69.   काठमाडौं उच्च जोखिममा
70.   काँग्रेसको घोषणापत्र : ५ वर्षमा ५० खर्बको अर्थतन्त्र, तीन देखि पाँच लाख रोजगारी
71.   नेपाल–अष्ट्रेलिया सिधा हवाई सेवाका लागि अध्ययन गरिने
72.   उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन
73.   सूर्यको आराधना गरी आज छठ पर्व मनाइँदै
74.   खोटो बेचेर करोडौं आम्दानी गर्छन् सामुदायिक वन
75.   मुख्य सचिवमा लोकदर्शन रेग्मी नियुक्त
Results 654: You are at page 3 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media