विहिवार, जेष्ठ १० गते, २०७५
शनिवार, २०७४ माघ २६ गते ०५:१३

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा परी अनुदान सम्झौता गरेकाले दोस्रो किस्ता लिने अवधि आगामी चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ ।  प्राधिकरण निर्देशक समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ११औँ बैठकले सो निर्णय गरेको हो । 
 
यसअघिको समितिको बैठकले विसं २०७३ पुस मसान्तसम्म पहिलो किस्ता लिएका भूकम्पपीडितले गत पुस मसान्तमै घरको जग निर्माण गरी दोस्रो किस्ता लिइसक्नुपर्ने निर्णय गरेको थियो ।  निर्देशक समितिका अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बैठक बसेको थियो ।  बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विभिन्न चुनौती भए पनि पुनःनिर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको बताए । 
 
समितिका सदस्य एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भूकम्पपीडितका लागि पछिल्लो समय थप गरिएको रु एक लाखको स्रोत व्यवस्थापनका लागि प्रयास भइरहेको जानकारी दिए ।  “स्रोत अभावमा भूकम्पपीडितले आवास निर्माण गर्न नसकेकाले थप रु एक लाख दिने निर्णय गरेको हो, यसका लागि विश्व बैंकले रु ४० अर्ब दिने सहमति भएको छ”, उनले भने । 
 
समितिको उपाध्यक्ष रहेका नेकपा (एमाले)का नेता भीम रावलले भूकम्पपछिको पुनःनिर्माणका लागि सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।  “प्राधिकरणमा पटक पटक नेतृत्व परिवर्तन गर्दा भूकम्पपीडितको समस्यालाई सरकारले प्राथमिकता नदिएको हो कि भन्ने पीडितमा आशंका उत्पन्न भएको छ”, उनले भने । 
 
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनःनिर्माणमा अहिलेसम्म भएका प्रगति, बजेटको अवस्था, समयसीमा बढाउनुपर्ने आवश्यकतालगायतका विषयमा जानकारी गराए ।  “प्राविधिक जनशक्ति र निर्माणकर्मीको अभावका कारण पुनःनिर्माणमा चुनौती थपिए पनि तिनको सम्बोधन गर्दै निजी आवास पुनःनिर्माण लक्ष्यको करिब ५० प्रतिशत प्राप्त गर्ने अवस्थामा पुग्न लागेको छ”, उनले भने । 
 
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले पहिलो दाता सम्मेलनबाट रु चार खर्बभन्दा बढी रकम प्रतिबद्धता आएकाले पुनःनिर्माणमा अपुग रकम व्यवस्थापनका लागि दोस्रो चरणको दाता सम्मेलन गर्नेबारे छलफल भइरहेको जानकारी दिए । 
 
समितिका सदस्य तारानिधि भट्टराईले जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि जतिसक्दो छिटो काम अघि बढाउनुपर्नेमा जोड दिए ।  बैठकमा समिति सदस्य किशोर थापा, प्राधिकरणका सचिव मधुसूदन अधिकारी, सहसचिवद्वय राजुमान मानन्धर र कृष्णप्रसाद दवाडीलगायतले पुनःनिर्माण छिटो गर्ने विषयमा विचार व्यक्त गरे । 
-
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
301.   आज तमू ल्होसार पर्व मनाईंदै, राष्ट्रपतिले दिइन शुभकामना
302.   मिर्गौला तस्करीमा संलग्न गिरोहका तीन पक्राउ
303.   लिस्नर्स क्लवले सकारात्मक सोच सम्वन्धी अन्र्तक्रिया कार्यक्रम आयोजना गर्ने
304.   धेरै देशमा नेपाली मोवाइल सीम
305.   पासपोर्टको आवेदन अब मोबाइल बाटै दिन सकिने
306.   ‘सार्वजनिक सेवामा सुधार,भ्रष्टाचार घट्दो’
307.   आज क्रिसमस, विश्वभरका इसाई धर्मालम्वीले बिशेष उत्साहका साथ मनाउँदै
308.   भूकम्प प्रभावित क्षेत्रमा खटिएका प्राविधिकले दिए सामूहिक राजिनामा
309.   चन्द्रागिरी केबलकारले इच्छाशक्ति भए असम्भव छैन भन्ने पुष्टि गर्यो : प्रम प्रचण्ड
310.   व्यवसायी केसीले गरे जन्मभूमिमा स्टेचर र विद्यालय सामाग्री सहयोग
311.   राजदूत बन्न कम्तीमा स्नाकोत्तर
312.   पुष्पा बस्नेत बनिन् सीएनएन ‘सुपर हिरो’
313.   शिक्षक चौलागाईको ‘जीवनको अन्तरङ्ग’ सार्वजनिक
314.   नाट्टा नेतृत्वमा सिण्डीकेट प्रस्ताव, सदस्यहरुको चर्को आपत्ति
315.   रोटरी क्लब अफ राजधानीको स्वास्थ्य शिविर
316.   विदेश पठाइदिन्छु भनेर ३३ लाख ठगी गर्ने पक्राउ
317.   आइओएमका डिन सिहंले दिए राजीनामा, अझै तोडेनन केसीले अनसन
318.   स्थानिय आफै जुटे आधुनिक सभाभवन निर्माणमा, सहयोगको लागि सार्वजनिक अपील
319.   श्रम समितिकै सदस्यले भने–‘बायोमेट्रिक बैधानिक छ,बन्द गर भन्न सक्दैनौ ’
320.   साझा बसमा प्रधानमन्त्री प्रचण्डको सिंहदरबार यात्रा
321.   भारु साट्ने दलाल सक्रिय, श्रमिकहरु ठगिदै
322.   युएईमा १४ नेपाली अलपत्र, स्वदेश फर्काउन पहल भैरहेको दुतावासको भनाई
323.   अष्ट्रेलियाली समकक्षिसँगको भेटवार्तामा काठमाडौंबाटै भिसा सेवा उपलब्ध गराउन परराष्ट्रमन्त्री महतको आग्रह
324.   १० हजार नेपालीलाई पतंजलीले रोजगारी दिने
325.   काठमाडौंमा ड्राइभिङ लाइसेन्सको आवेदन खुल्यो, एउटै परिक्षाले तिनपटक ट्रायल दिन पाइने
Results 707: You are at page 13 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media