आइतवार, जेष्ठ १३ गते, २०७५
बुधवार, २०७४ माघ १६ गते ००:५१

गोपाल शिवा / कुवेत सरकारले जनवरी २९ देखि फेब्रुअरी २२ (माघ १५ देखि फागुन १० गते) तारिखसक्म आफ्नो मुलुकमा अवैधानिक रुपमा रहेका विदेशी कामदारका लागि आममाफीको अवसर दिएको छ । उक्त अवधिमा कुवेतमा अवैधानिक रुपमा बसिरहेका विदेशी नागरिक स्वदेश फर्कन र तोकिएको जरिवाना तिरेर वैधानिक बन्न सक्ने कुवेतको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । 
 
यस्तो अवसरलाई कसरी सदुपयोग गर्ने भनेर धेरै नेपाली कामदारमा अन्यौल रहेको थियो । यही अन्यौल चिर्न हालै कुवेतस्थित नेपाली दूतावासले आममाफि प्रकृया अपनाएर स्वदेश फर्किने वा वैधानीक हैसियत प्राप्त गर्ने प्रकृयाबारे जानकारी गराएको छ । 
 
दूतावासले एक सुचना जारी गरी पछिल्लो पटक एमनेष्टि बारे स्पष्ट पारेको छ । सुचनामा गैरकानुनी भएका कामदार के–कसरी स्वदेश फर्कन वा भिसा लगाएर कुवेतमै बस्ने प्रक्रिया अघि बढाउने भन्ने उल्लेख गरेको छ । 
 
दूतावासद्धारा जारी सूचना अनुसार कुवेत सरकारले २३ जनवरी २०१८ मा जारी सूचना अनुरुप आवासिय कानुन उल्लंघन गरी बिना भिसा गैरकानुनीरुपमा कुवेतमा बसोबास गर्दै आएका कुनै पनि मुद्धा नभएका र यात्रा बन्देज नलगाएका कामदारहरुको हकमा आफुसँग सक्कल राहदानी भए सिधै कुवेतको एयरपोर्टबाट टिकट काटेर जान पाउने व्यवस्थाको सम्वन्धमा सर्बसाधारणलाई प्रष्ट पारेको छ । 


 
अपराधिक गतिविधि गरेर उजुरी परेका वा आपराधिक गतिविधिमा संलग्न, बैंकबाट ऋण लिएका र मोवाइल लिएका भने मुद्धा एवं हिसाब फस्यौट नभएसम्म जान नसक्ने दूतावासले जनाएको छ । त्यस्तै गरि चोरीको उजुरी नपरेका वा आपराधिक मुद्धा नपरेका र यात्रा निषेध नगरिएका घरेलु तथा कम्पनीका कामदारले भने शर्तहरु पुरा गरेर एवं जरिवाना तिरेर आवासीय भिसा थपेर बस्न सक्ने समेत सूचनामा उल्लेख छ । 
 
त्यसैगरी साथमा राहदानी नभएका कामदारहरुको हकमा यात्रा अनुमतिपत्रको लागि नागरिकता वा पासपोर्टको पुरानो प्रतिलिपि एवं २ प्रति निलो पृष्ठभूमिमा खिचिएको फोटोसहित दूतावासमा सम्पर्क गर्न समेत दुतावासले जानकारी गराएको छ । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   एक लाख घरेलु कामदार पठाउन नेपाललाई साउदीको प्रस्ताव
2.   जेठभित्रै तीन वटै तहमा कर्मचारीको व्यवस्थापन गर्ने सरकारको तयारी
3.   विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’
4.   दुबईमा नेपालीले फेला पारेको १ लाख १८ हजार डलर फिर्ता गरेपछि सम्मानित
5.   नेपालीलाई टीपीएस सुविधा नविकरण गर्न अमेरिकी सरकारको आह्वान
6.   विदेशबाट फर्किएका युवालाई नीति तथा कार्यक्रममा वेवास्था गरिएको गुनासो
7.   मलेसियन दूतावास भन्छ : ओएससी र भिएलएन बन्द नगर्नु
8.   कतारका नेपालीलाई ‘बेलाको एसी’ खरिदमा भारी छुट
9.   ‘बेलाको ब्राण्ड’ कतारको अन्तर्राष्ट्रिय प्रदर्शनीमा अब्बल बन्दै
10.   मलेसियाका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
11.   ६ बुदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय झापाली समाजको क्षेत्रीय भेला सम्पन्न
12.   सगरमाथा समुह ओमानमा पौडेल, निर्विरोध कार्यसमिति चयन
13.   कतारमा नेपाली व्यवसायीको ‘बेलाको ब्राण्ड’ अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिदै
14.   काभ्रे सेवा समाज युएईको शारजाह क्षेत्रीय समिती बिस्तार, अध्यक्षमा एप्रील लामा
15.   आबुधाबीका नेपालीले यसरी मनाए नयाँ वर्ष
16.   यूएईमा युवा व्यवसायी पराजुलीको फडको
17.   अन्तर्राष्ट्रिय झापाली समाजको हुने पहिलो क्षेत्रिय भेलाको भब्य तयारी
18.   प्रबासी नेपाली मञ्च दुबईको बृहत बनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
19.   दुबईमा नेपाली ब्राण्डको पानी
20.   प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजि राज्यले उपयोग गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत
21.   यूएईमा व्यवसायमा सफलता चुम्दै शर्मा
22.   यूएईमा बढदै नेपालीको व्यवसाय, गेष्टहाउसमा पनि लगानी (फोटोफिचर)
23.   एनआरएन सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न
24.   नेपालीले अब विदेशबाटै भोट हाल्न पाउने
25.   साउदीमा मृत्युदण्ड सुनाइएका उमेशको चित्कार, भन्छन् ब्लडमनिका लागि ७० लाख जुटाइदिनुहोस
Results 398: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media