मंगलवार, फाल्गुन ०८ गते, २०७४
मंगलवार, २०७४ माघ १५ गते ००:१५

नेपाली जनसम्पर्क समिति ओमानको प्रथम अधिवेशले फर्सुराम पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । केही वर्ष अघिदेखि ओमानमा तदर्थ समिति गठन गरि क्रियाशिल रहेको यो संगठनले अहिले अधिवेशन सम्पन्न गरेको हो । जनसम्पर्क समिति नेपाली कांग्रेसको प्रवास विभाग संगठन हो  ।
 
ओमानको मस्कटमा पोखरेलकै सभापतित्वमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथिका रुपमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखक, विशिष्ट अतिथिको रूपमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र गैरआवासिय नेपाली संघका केन्द्रिय सचिव डिबी क्षेत्रीको उपस्थिति रहेको थियोे । कार्यक्रममा ओमानमा क्रियाशिल विभिन्न संगठन तथा संघ–संस्थाका प्रतिनिधिहरु पनि अतिथिको रुपमा सहभागी थिए । 


 
अधिवेशनले आगामि २ वर्षको लागि फर्सुराम पोख्रेलको सभापतित्मा निर्विरोध नयाँ कार्यसमिती चयन गरेको हो । जसमा उपसभापतिमा बेदनिधि आचार्य, शालिकराम चापागाई र सञ्जयकुमार शाह, महामन्त्रीमा नविन पंगेनी, युवराज स्वाँर, सह–महामन्त्रीमा अनिल पौडेल, कोषाध्यक्ष लोकनाथ बास्ताकोटी र सह–कोषाध्यक्षमा दीपेन्द्र अधिकारी चयन भएका छन् ।
 
यस्तै सदस्यहरुमा क्रमशः रामबहादुर ढुङ्गाना, यमबहादुर सारु मगर, मिनबहादुर पराजुली, पदम गुरुङ, सुविस्ता तामाङ, बिमला पौडेल, गंगा पौडेल, गंगा थापा, मिना रावल, गुनबहादुर साठीघरे मगर, राम चौहान, दिलिप महतो र राजेश कुर्मी चयन भए ।


 
अधिवेशनले अजयकुमार यादव संयोजक रहेको पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा दिपक पौडेल, बिकल झा, बिनबहादुर बस्नेत र सुरज चित्रकार रहेका छन् । 
 
अधिवेशनलाई सम्बोधन गर्दै पूर्व श्रममन्त्रि समेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले प्रवासी श्रमिकका समस्यालाई सम्बोधन गर्न नीतिगत रुपमा परिवर्तन गर्न आवश्यक रहेको र त्यसको पहलमा आफुहरु लागिरहेको वताए । उनले अहिलेको नेपालको वर्तमान राजनीतिको बारेमा बोल्नुका साथै सहभागिहरुले उठाएका जिज्ञासामाथि प्रकाश पारेका थिए ।

 
r
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   मलेसियामा तेस्रो हिमालयन गोल्डकप सम्पन्न, हिमालयन फुटबल क्लब ‘ए’ लाई उपाधि
2.   ओमानमा सिस्नुपानीको ‘दुई थोपा हासो’
3.   कात्तिके देउराली समाज कोरियामा गौतम
4.   नेपालीले खोले मलेसियामा उत्कृष्ट क्लब
5.   साउदीको जजानमा नेपाली श्रमिकहरुको स्वास्थ्य जाँच
6.   सेफहरुको विश्वव्यापी जर्मन सेमिनारमा युएईबाट नेपाली युवा थापाको सहभागीता
7.   बेल्जियम एक्स्पोमा नेपालको पनि स्टल
8.   कुवेतमा अवैध आप्रवासी कामदारका लागि २५ दिने आममाफि सुरु
9.   जनसम्पर्क समिति ओमानमा पोखरेल
10.   साउदी राजकुमार तलाल थुनामुक्त
11.   दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ४१ को मृत्यु
12.   मलेसियामा तेश्रो हिमालयन गोल्ड कप फुटबल हुँदै
13.   सडक दुर्घटनामा परी जापानमा एक नेपालीको मृत्यु, १ जना गम्भीर
14.   चौलागाईको अध्यक्षतामा नेपाल कतार विजिनेश एशोसिएशन गठन
15.   तामाङ सोसाइटी अमेरिकाको अध्यक्षमा भरत मोक्तानको दावी
16.   मेलवर्नमा नेपाली सामुदायिक भवन बनाउन घले दम्पत्तिद्वारा २ लाख डलर प्रदान
17.   साउदी सरकारको नियमको स्वागत
18.   क्यान्सर पीडित भूजेललाई संखुवासभा समाज कतारको सहयोग
19.   क्यान्सर रोगी चौलागाईको उपचारार्थ कात्तिके–देउराली समाज कोरियाको सहयोग
20.   नेपाली चेली कञ्चन पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनद्वारा सम्मानित
21.   साउदी राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु
22.   धुमुर्स–सुन्तली फाउण्डेशनलाई संखुवासभा समाज कतारको सहयोग
23.   काठमाडौं–कुवेत सिधा हवाई उडान सुरु हुदै
24.   मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु
25.   हङकङ सरकारद्धारा नेपाली चेली गुरूङ सम्मानित
Results 366: You are at page 1 of 15
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media