शुक्रवार, माघ ०५ गते, २०७४
विहिवार, २०७४ पुस २७ गते २२:०७

आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते बिदा दिइए सँगै राष्ट्रिय एकता दिवस मनाइँदैछ । पिता नरभूपाल शाह र माता कौशल्यावतीको कोखबाट विसं १७७९ पुस २७ गते शाहको जन्म भएको थियो । 
 
विसं १८२५ असोज १३ गते इन्द्रजात्राका बेला श्रीकुमारी रथमा आरुढ मल्ल राजा जयप्रकाश मल्ललाई यसै दिन गोर्खाली फौजले काठमाडौँ आक्रमण गरेर काठमाडौँमाथि विजय प्राप्त गरेपछि शाह सिंहासनमा बसेका थिए । विसं २०६२ सालसम्म सरकारले यसै दिन राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाउँदै आएको भए पनि विसं २०६३ को तेस्रो जनआन्दोलनपछि सार्वजनिक बिदासमेत कटौती गरेर जयन्ती मनाउन छोडेको थियो । 
 
राष्ट्रिय सङ्ग्रहालय छाउनीमा एकीकरण झल्काउने सामग्री राखिएको छ । नेपाल एकीकरण गर्दा प्रयोग गरेका हातहतियार तथा युद्ध सामग्री, गोरखा सङ्ग्रहालयमा रहेको शाहको विनयमुद्राको शालिक, छाउनीस्थित सैनिक सङ्ग्रहालयमा रहेको पृथ्वीनारायण शाहका पुर्खा सिन्चा खाँ र मिन्चा खाँसहितको वंशावली विवरण, कँडेल्चोक भगवती, हनुमानढोकामा रहेको पृथ्वीनारायणको सालिक र सिंहदरबार पश्चिम प्रवेशद्वार सामुन्ने रहेको शाहको पूर्णकदको सालिकलाई अवलोकन तथा माल्यार्पण गरेर दिवस मनाइँदैछ । 
 
‘घूस लिने र दिने दुवै देशका महाशत्रु हुन्’ भन्ने शाहको उद्गारलाई यसै दिन संस्मरण गरेर वर्षभरि नै सदाचार र सुशील जीवनयापनको प्रतिज्ञा गर्ने गरिन्छ । सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
401.   सेयर मिशन अमेरिकामार्फत काभ्रेको स्कुललाई आर्थिक सहयोग
402.   सरकारले दाउरा बेच्न सुरु गर्‍यो
403.   नाकाबन्दी खुलाउन सरकारलाई निर्देशन
404.   न्यूयोर्क यूनिभर्सिटीका ५० चिकित्सकको निःशुल्क दन्त शिविर सम्पन्न
405.   रोटरी क्लब अफ राजधानी १४ औं वर्षमा
406.   राष्ट्रसंघ कार्यालय अगाडि भारतीय नाकाबन्दीविरुद्ध प्रर्दशन
407.   योजना आयोगको उपाध्यक्षमा खतिवडा
408.   न्यूयोर्क यूनिभर्सिटीका ५० चिकित्सकको निःशुल्क दन्त शिविर शुरु
409.   गलत काम गर्ने कसैलाई छाडदिन:महानिर्देशक बोगटी
410.   इपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
411.   भागबन्डाको शिकारमा राजदूत नियुक्ति
412.   नेपालको संविधान २०७२ जारी
413.   नयाँ संविधान जारीसँगै आफ्नो कर्तव्यपरायणमा लाग्न क्लबको आग्रह
414.   अब पुन : श्रम स्वीकृति एयरपोर्टबाटै
415.   स्वदेशमै आत्मनिर्भर बन्ने सम्मानित
416.   ‘मेनपावर, स्वास्थ्य र अभिमूखिकरण व्यवसाय सहकार्य गरेर अघि बढ’
417.   घरेलु तालिम लिनेमा पुरुषभन्दा महिला बढी
418.   न्यायाधीश बमको हत्यारालाई साउदीबाट नेपाल ल्याइयो
419.   पर्वतीय पर्यटन सुरक्षित रहेको व्यवसायी तथा कामदारको भनाई
420.   कोरियामा रहेका नेपालीलाई हाइड्रोपावरको सेयर
421.   कन्सल्टेन्सीका नाममा मेनपावरको काम
422.   नौ मुलुकका नियोग राजदूतविहिन
423.   रातो पासपोर्ट दुरुपयोग गर्नेलाई जेल सजाय
424.   अन्तर्राष्ट्रिय विमानस्थल वरपरका अग्ला घर हटाउन निर्देशन
425.   गोमा एयरले आजबाट तुम्लिङटार उडान थाल्यो
Results 633: You are at page 17 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media