शुक्रवार, बैशाख १४ गते, २०७५
विहिवार, २०७४ पुस २७ गते २२:०७

आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते बिदा दिइए सँगै राष्ट्रिय एकता दिवस मनाइँदैछ । पिता नरभूपाल शाह र माता कौशल्यावतीको कोखबाट विसं १७७९ पुस २७ गते शाहको जन्म भएको थियो । 
 
विसं १८२५ असोज १३ गते इन्द्रजात्राका बेला श्रीकुमारी रथमा आरुढ मल्ल राजा जयप्रकाश मल्ललाई यसै दिन गोर्खाली फौजले काठमाडौँ आक्रमण गरेर काठमाडौँमाथि विजय प्राप्त गरेपछि शाह सिंहासनमा बसेका थिए । विसं २०६२ सालसम्म सरकारले यसै दिन राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाउँदै आएको भए पनि विसं २०६३ को तेस्रो जनआन्दोलनपछि सार्वजनिक बिदासमेत कटौती गरेर जयन्ती मनाउन छोडेको थियो । 
 
राष्ट्रिय सङ्ग्रहालय छाउनीमा एकीकरण झल्काउने सामग्री राखिएको छ । नेपाल एकीकरण गर्दा प्रयोग गरेका हातहतियार तथा युद्ध सामग्री, गोरखा सङ्ग्रहालयमा रहेको शाहको विनयमुद्राको शालिक, छाउनीस्थित सैनिक सङ्ग्रहालयमा रहेको पृथ्वीनारायण शाहका पुर्खा सिन्चा खाँ र मिन्चा खाँसहितको वंशावली विवरण, कँडेल्चोक भगवती, हनुमानढोकामा रहेको पृथ्वीनारायणको सालिक र सिंहदरबार पश्चिम प्रवेशद्वार सामुन्ने रहेको शाहको पूर्णकदको सालिकलाई अवलोकन तथा माल्यार्पण गरेर दिवस मनाइँदैछ । 
 
‘घूस लिने र दिने दुवै देशका महाशत्रु हुन्’ भन्ने शाहको उद्गारलाई यसै दिन संस्मरण गरेर वर्षभरि नै सदाचार र सुशील जीवनयापनको प्रतिज्ञा गर्ने गरिन्छ । सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
251.   नेपाल प्रहरीको २५ औं प्रमुखमा चन्द नियुक्त
252.   ‘काठमाडौंमा चल्दैन मेट्रो रेल, स्काइ मोनोरेलको सम्भावना अध्ययन सुरू’
253.   स्वास्थ्य व्यवसायी महासंघको ११ औं साधारणसभा सम्पन्न
254.   अवैध रुपमा काठमाडौंमा बस्दै आएका ३७ वंगलादेशी नागरिक पक्राउ
255.   ३४ किलो सुन प्रकरण : एसएसपी खत्री पक्राउ
256.   प्रधानमन्त्री प्रचण्डलाई हंशराजको हुँङ्कार (हेर्नुस भिडियो)
257.   आज श्रीपञ्चमी, शुभ कामका लागि हेर्नुपर्दैन साइत
258.   चाँडो राजदूत नियुक्ति गर्न संसदीय समितिको निर्देशन
259.   युवालाई करियर काउन्सिलिङ्ग
260.   मीरा राईले जितिन् नेसनल ज्योग्राफिकको 'साहसी वर्ष व्यक्ति'
261.   ताप्लेजुङमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता
262.   अब नेपाली आकाश सुरक्षित
263.   नेपाल भ्रष्टाचार हुने मुलुकमा दक्षिण एशियामै तेस्रो
264.   वैदेशिक रोजगारमा ज्यान गुमाएका र अशक्त बन्न पुगेकाको परिवारका बालबच्चाले छात्रवृत्ति पाउने
265.   पाँच बुँदे घोषणापत्र जारी गर्दै सकियो इन्टरपोल सम्मेलन
266.   इण्डोनेसियामा नेपालीलाई फ्री र अनएराइभल भिसा
267.   भूकम्पपीडितलाई दोस्रो किस्ता दिन सुरु
268.   माघ २२ देखि प्रिपेडमा पनि फोरजी सेवा, १ वर्षभित्र देशैभर
269.   परराष्ट्रमन्त्री महतद्धारा कतारका अमिर, विदेशमन्त्री र श्रममन्त्रीसँग भेटवार्ता
270.   पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त, डा. गोविन्द पोखरेल नियुक्त
271.   मजदुरी गर्न गएका २० नेपाली सात महिनादेखि भारतीय जेलमा
272.   राजदूत नियुक्तिमा भागबन्डा मिल्यो, निर्णय चाँडै हुने
273.   स्वास्थ्य व्यवसायी महासंघको साधारणसभा स्थगित
274.   नेपालको पासपोर्ट ८७ औं स्थानमा
275.   राहदानी फाराम अब मोबाइल एप्सबाटै भर्न सकिने
Results 686: You are at page 11 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media