मंगलवार, २०७४ पुस २४ गते ०८:५६
प्रा. डा. गोविन्द केसी महाराजगञ्जस्थित शिक्षण अस्पतालको अनसनस्थलबाट पक्राउ परेका छन् । सोमबार साँझ पक्राउ परेका उनलार्इ प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
सर्वोच्च अदालतको अवहेलना गरेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्वास्थ्य क्षेत्रमा रहेको विकृति विसंगतिविरूद्ध पटकपटक अनसन बस्दै आएका उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबारबाट आमरण थालेका थिए ।
अनसन सुरु गर्नुअघि पत्रकार सम्मेलन गरी डा। केसीको प्रधानन्यायाधीश पराजुली भ्रष्ट र माफिया भएको आरोप लगाएका थिए ।

डा. केसीको अभिव्यक्ति सार्वजनिक भएलगत्तै न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलाशले डा । केसीलाई पक्राउ गर्न आदेश दिएको थियो ।
सोही आधारमा सोमबारै महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गरेलगत्तै अदालत प्रशासनले डा.केसीलाई भोलि मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको थियो।