बुधवार, माघ ०३ गते, २०७४
शनिवार, २०७४ पुस २१ गते ००:१५

वैदेशिक रोजगारका सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका नेपाली ७ महिलालाई भारतले उद्धार गरेको छ । ७ नेपालीसहित ३ भारतीय महिलालाई उद्धार गरिएको भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बताएकी छिन् ।
 
मानव तस्करीमा संलग्न गिरोहले केन्याको बन्दरगा शहर मोम्बासामा भारतीयसहित नेपाली महिलालाई बन्दी बनाएको थाहा पाएपछि उद्धार गरिएको स्वराजले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएकी हुन् । ‘हामीले ३ जना भारतीय युवतीलाई उद्धार गरेका छौं, ७ जना नेपाली युवती पनि उद्धार गरिएका छन्।’ –स्वराजले ट्वीटरमा उल्लेख गरेकी छिन् ।
 
संगठित मानव तस्कर समूहको फन्दामा परेर उद्धार गरिएका नेपाली र भारतीय महिलालाई भारत ल्याउने तयारी भइरहेको बताइएको छ । तर उद्धार गरिएका नेपालीबारे सरकारले बिहीबार अबेरसम्म विस्तृत सूचना पाउन सकेको छैन । यसबारेमा जिज्ञाशा राख्दा परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले खबर थाहा पाउनेबित्तिकै दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावासमार्फत सूचना लिने प्रयास भए पनि बिहीबार अबेरसम्म विस्तृत सूचना नआएको बताए ।
 
‘त्यस्तो खबर थाहा पाउनेबित्तिकै मन्त्रालयले दक्षिण अफ्रिकामार्फत खबर बुझ्ने प्रयास जारी राखेको छ’, उनले भने – ‘अफ्रिकी दूतावासले केन्यामा रहेका अवैतनिक नेपाली वाणिज्यदूतमार्फत पनि सूचना लिने प्रयास गरेको छ।’ मन्त्रालयकै एक उच्च स्रोतका अनुसार केन्यामा बन्धक बनाइएका नेपाली महिला स्थानीय डान्स बारमा काम गर्नेहरू हुन् ।
 
मानव तस्कर गिरोहले युवतीहरुको राहदानी र फोन कब्जामा लिएर सम्पर्क विहीन बनाएको अवस्थामा उद्धार गरिएको बताइएको छ ।  भारतीय समाचारपत्रहरुले युवतीहरुलाई केन्याको मुम्बासा पु¥याउने मानव तस्करहरुलाई पञ्जाव सरकारले कारबाहीको प्रक्रृया अघि बढाउने बताएका छन् । उनीहरु पञ्जावबाट त्यहाँ पु¥याइएका थिए ।
 
पछिल्लो केही वर्ष यता मानव तस्करहरुले आकर्षक कमाई हुने प्रलोभन देखाउँदै अफ्रिकी मुलुकका डान्सबारहरुमा नर्तकीका रुपमा काम गर्न नेपाली युवतीलाई त्यहाँ पु¥याउने गरेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
451.   एकता समितिको छुट्टै मेडिकल सेन्टर सुचारु
452.   मलेसियामा घाइते नेपालीलाई १ करोड ७ लाख क्षतिपुर्ति
453.   अवैध रुपमा अमेरिका जाने ३४ नेपाली पक्राउ
454.   वैदेशिक रोजगारमा हाउसमेडमा जान महिला कामदारलाई रोक
455.   इजरायलले पाँच हजार नेपाली लैजाने
456.   बर्दिया बाढी पीडितलाई प्याराडाइज इन्टरनेशनलको सहयोग
457.   मलेसियाले घरेलु नेपाली कामदार लिने घोषणा
458.   सेप्टेम्बर १ बाट बायोमेट्रिक अनिवार्य लागू गर्नु पर्ने मलेसियाको निर्णय
459.   कोरियाली भाषा परिक्षाको आवेदन फाराम खुल्यो
460.   रिजल्ट देखाउनुहोस् नत्र सरकारले कठोर नीति ल्याउँछ ः सचिव शिवाकोटी
461.   उड्ने बेलामा होइन पहिला नै तालिम प्रदान गर्ने गृहकार्य
462.   इराकबाट उद्धार गरिएका ११ नेपाल त्रिभुवन विमानस्थलमा (एक्स्क्लुसिव भिडिओ)
463.   आकर्षणको नवौ बाषिकोत्सवमा फलफुल वितरण
464.   विदेश जानेको भविष्य विगार्ने वा सपार्ने हात मेनपावरको
465.   अन्तर्राष्ट्रिय तालिम केन्द्र राजधानीमा खुल्यो
466.   बायोमेट्रिक प्रणाली लागू भइसकेको मलेसियन दूतावासको भनाई
467.   बायोमेट्रिकको विरोधमा व्यवसायी संघ सहभागी नहुने
468.   बायोमेट्रिक प्रणाली लाग्दा शुल्क नबढ्ने
469.   बायोमेट्रिक प्रणाली बिरुद्ध धर्ना जारी
470.   बायोमेट्रिक प्रणाली बिरुद्ध मलेसियन दूतावासमा धर्ना
471.   रोजगारको आवश्यकता र यसका सुधारका पक्षहरु
472.   अभिमूखिकरण व्यवसायीलाई जिम्मेवार हुन निर्देशन
473.   एमआरपी भएकालाई पनि मलेसियाले मनोमानि रुपमा फर्कायो
474.   महासंघको अध्यक्ष र महासचिवको सस्थामा विभागको अनुगमन
475.   आकर्षणवाट विदेश जानेलाई मलेसियाको सीम कार्ड निःशुल्क
Results 506: You are at page 19 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media