विहिवार, असार ०७ गते, २०७५
विहिवार, २०७४ पुस १२ गते ००:०९

सुकेधारामा रहेको सवारी चालक अनुमतिपत्र कार्यालयले नेपालीकरण ९विदेशी लाइसेन्सलाई नेपालमा मान्यता दिने काम०का नाममा लाइसेन्स बिक्री गरेको भेटिएको छ ।

यातायात व्यवस्था विभागले डेढ सातापहिले नेपालीकरण गरिएका लाइसेन्सको फाइल झिकाएर छानबिन गरिरहेका बेला गत साता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुकेधारा कार्यालयका दुई कर्मचारीलाई घुस लिँदै गर्दा पक्राउ गरेको थियो । यससँगै उक्त कार्यालयले नेपालीकरणका नाममा लाइसेन्स बिक्री गर्ने गरेको पुष्टि भएको छ । 
 
विदेशी लाइसेन्सको नेपालीकरणमा अनियमितता भएको उजुरीपछि विभागले सुकेधारा कार्यालयलाई प्राथमिकतामा राखेर अन्य सबै कार्यालयबाट नेपालीकरण गरिएको फाइल मगाएर छानबिन सुरु गरेको थियो । त्यही बीचमा अख्तियारले छानबिनमै रहेको एउटा कार्यालयबाट घुससहित कर्मचारी पक्रिएको विभागले जनाएको छ ।

विभागले अन्य कार्यालयहरूमा पनि यस्तै अनियमितता भएको हुनसक्ने भन्दै छानबिनलाई तिब्रता दिएको यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले जानकारी दिए । अहिले उपत्यकामा रहेका चारवटै लाइसेन्स कार्यालयबाट नेपालीकरण हुँदै आएको छ । “त्यसरी नेपालीकरण गर्दा सिधै अनियमितता भएको पाएका छौं,” महानिर्देशक भट्टराईले भने, “थप नेपालीकरण गरिएका फाइल विभाग झिकाएर छानबिन गरिरहेकाले दोषी पाइए कानुनअनुसार कारवाही गर्न मिल्नेलाई गर्छौ र नमिल्नेलाई कारवाहीका लागि माथिल्लो निकायलाई सिफारिस गर्छौं ।” 
 
विभागले विदेशी लाइसेन्सलाई नेपालीकरण गर्न सकिने निश्चित ‘गाइडलाइन’ दिएको र त्यसभन्दा बाहिर गएर लाइसेन्स दिनेलाई क्षमा दिनसक्ने अवस्थामा आफूहरू नहुने भट्टराईले बताए । सरकारले सवारी चालक अनुमतिपत्र लिन चाहने सेवाग्राहीको सुविधाका लागि काठमाडौं उपत्यकामा एकान्तकुनाबाहेक थप तीनवटा नयाँ कार्यालय सञ्चालनमा ल्यायो । विभिन्न मितिमा ठूलो भ¥याङ, सुकेधारा र जगातीमा २०७३ मा नयाँ लाइसेन्स कार्यालय खुले । तर उक्त कार्यालयहरू लाइसेन्स लिनेका लागि सेवा दिनेभन्दा बिचौलियाको मिलेमतोमा लाइसेन्स बिक्री गर्ने अड्डाको रूपमा देखिन थालेका छन् । 
 
सुकेधारास्थित कार्यालयबाट स्थापनाको एक वर्ष नपुग्दै २ हजार ६ सयवटा विदेशी लाइसेन्स नेपालीकरण भइसकेका छन् । त्यसमध्ये विभागले ५ सयवटा स्याम्पल ल्याएर छानबिन गरिरहेका छ । अन्य सबै कार्यालयका नेपालीकरण गरिएका फाइसमेत ल्याएर छानबिन गरिरहेको छ ।

नेपालीकरण गर्दा एउटा लाइसेन्सबापत ८० हजार रूपैयाँसम्म लिइएको फेला परेको छानबिनमा संलग्न विभागका एक अधिकारीले जानकारी दिए । “यो त बसपार्कमा दसैंमा टिकट बिक्री गरेभन्दा पनि छाडा रूपमा लाइसेन्स खरिदबिक्री भएको देखिन्छ,” ती अधिकारीले भने, “यस्तो अवस्था आउँदासम्म विभागको गाइडलाइन नहेर्ने त्यहाँका कार्यालय प्रमुखमाथि नै गम्भीर प्रश्न तेर्सिएको छ ।” 
 
नेपालीकरणसँगै वर्ग थप गर्नेमा पनि लाइसेन्स कार्यालयहरूबाट अनियमितता भएको आशंका भइरकेको छ । यातायात व्यवस्था विभागको नेतृत्व गरेयता विभागका महानिर्देशक भट्टराईले चारवटा अनियमितता बाहिर ल्याइसकेका छन् । उनले यसअघि भेरी अञ्चल लाइसेन्स कार्यालय, कोशीको राजस्व हिनामिना र महेन्द्रनगरमा चोरीका सवारी दर्ता गरिएका कुरा छानबिन गरी बाहीर ल्याएका थिए ।
कारोवार दैनिकबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
2.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
3.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
4.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
5.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
6.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
7.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
8.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
9.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
10.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
11.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
12.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
13.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
14.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
15.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
16.   नयाँ अमेरिकी राजदूत नेपाल आउदै, को हुन् र्‍यान्डी ?
17.   चक्रपथमा मोनोरेल चलाउन कानमपा र चिनियाँ कम्पनीबीच सम्झौता
18.   केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र रहने, सबैभन्दा धेरै स्थानिय तहमा
19.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
20.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
21.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
22.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
23.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
24.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
25.   सन्दीप लामिछानेको अर्को फड्को : वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा परे
Results 724: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media