सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ पुस १० गते ००:०७

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । 
 
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । 
 
अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । नेपाल राष्ट्र बैंकले लगाएको रोक आज सर्वोच्च अदालतले खुल्ला गरिदिएको हो । 
 
‘नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४ असार २६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नू÷नगराउनू भनी विपक्षीहरुको नाममा यस अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ’ आदेशमा उल्लेख छ । 
 
एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई रु एक खर्ब ४० अर्बमा बिक्री गरेको थियो । त्यसबाट लाभकर असुल भए राज्यकोषमा करिब रु ३३ अर्ब उपलब्ध हुने थियो । अदालतको आदेशबाट रकम बाहिर लैजान बाटो खुल्ला भयो तर राज्यकोषमा कर कस्ले तिर्ने भन्ने एकिन चाहीँ हुन सकेको थिएन । 
 
सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले २०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका शेयर सदस्य कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन २०७४ असार २६ मा पत्र लेखेको थियो । 
 
सो पत्रका कारण एक्जियटाले एनसेलबाट आर्जन गरेको मुनाफा विदेश लैजान पाएको थिएन । आज सर्वोच्च अदालतले विदेश रकम लैजान बाटो खोलिदिएको छ । 
 
अदालतले नेपाली र विदेशी संस्थाहरुबीचको शेयर कारोबार हस्तान्तरणको विषय समावेश भई लाभकर निर्धारणमा कानुनी जटिलता उठेको भन्दै सो विषयमा पूर्ण इजलासमा सुनुवाइका लागि तय गरेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
551.   सिटी एक्सप्रेस मनी ट्रान्सफर र सनराईज बैंकबीच रेमिट्यान्स सम्झौता
552.   प्रभु म्यानेजमेन्टद्वारा रक्तदान
553.   आइएमई-ग्लोबल आइएमई आकांक्षा छात्रवृत्तिको वितरण थालियो
554.   सिद्धार्थ बैंकमा बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक गाभिने
555.   दि बैंकरद्धारा डा.महतलाई उत्कृष्ट अर्थमन्त्री घोषणा
556.   लोडसेडिङ फेरि बढ्यो (तालिकासहित)
557.   मेगा बैंकको ५३ ठाउँमा शाखारहित सेवा
558.   भूकम्पपीडितलाई न्यानो कपडा किन्न तीन अर्ब बढी रकम वितरण
559.   ग्लोबल आइएमई बैंक दशौं वर्षमा
560.   लघुवित्त संस्था प्रवन्धकहरुको लागि विशेष प्रशिक्षण सम्पन्न
561.   बिओके र लुम्बिनी बैंकबीच मर्जरमा जाने सम्झौता
562.   हिमालयन बैंकले शेयरधनीलाई ४२ प्रतिशत लाभांस दिने
563.   दाङमा मेगा बैंकको अत्याधुनिक ‘शाखारहित बैंकिङ सेवा’
564.   प्रभु मनि ट्रान्सफर र सनराइज बैंकबीच रेमिट्यान्स सम्झौता
565.   प्रभु र स्वावलम्वन लघुवित्त विकास बैंकबीच रेमिट्यान्स सम्झौता
566.   मेगा बैंकले ल्यायो ‘मेगा भिसा क्रेडिट कार्ड’
567.   हिमालन बैंकद्वारा न्यु चिल्ड्रेन्स होमका बालबालिकालाई सहयोग
568.   लमजुङमा ग्लोबल आइएमईको नयाँ शाखा
569.   सानिमा बैंकद्धारा ५ लाख राशीको पत्रकारिता पुरस्कार घोषणा
570.   बेष्ट रेमिट र गरिमा विकास बैंकबीच रेमिट्यान्स सम्झौता
571.   कञ्चनपुरको वेलौरीमा विओकेको ५१ औ शाखा संचालनमा
572.   मेगा बैंकको २९ औँ शाखा अछामको साँफेबगरमा
573.   ग्लोबल आइएमईको तिन शाखारहित बैंकिङ्ग सेवा विस्तार
574.   प्रभु मनि ट्रान्स्फर र नेष्डो नेपालबीच रेमिटेन्स सम्झौता
575.   एनसेलको ‘कतारबाट कल आयो पैसा पायो’ अफर
Results 888: You are at page 23 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media