बुधवार, माघ ०३ गते, २०७४
मंगलवार, २०७४ पुस १० गते ००:०७

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । 
 
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । 
 
अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । नेपाल राष्ट्र बैंकले लगाएको रोक आज सर्वोच्च अदालतले खुल्ला गरिदिएको हो । 
 
‘नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४ असार २६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नू÷नगराउनू भनी विपक्षीहरुको नाममा यस अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ’ आदेशमा उल्लेख छ । 
 
एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई रु एक खर्ब ४० अर्बमा बिक्री गरेको थियो । त्यसबाट लाभकर असुल भए राज्यकोषमा करिब रु ३३ अर्ब उपलब्ध हुने थियो । अदालतको आदेशबाट रकम बाहिर लैजान बाटो खुल्ला भयो तर राज्यकोषमा कर कस्ले तिर्ने भन्ने एकिन चाहीँ हुन सकेको थिएन । 
 
सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले २०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका शेयर सदस्य कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन २०७४ असार २६ मा पत्र लेखेको थियो । 
 
सो पत्रका कारण एक्जियटाले एनसेलबाट आर्जन गरेको मुनाफा विदेश लैजान पाएको थिएन । आज सर्वोच्च अदालतले विदेश रकम लैजान बाटो खोलिदिएको छ । 
 
अदालतले नेपाली र विदेशी संस्थाहरुबीचको शेयर कारोबार हस्तान्तरणको विषय समावेश भई लाभकर निर्धारणमा कानुनी जटिलता उठेको भन्दै सो विषयमा पूर्ण इजलासमा सुनुवाइका लागि तय गरेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
376.   आजदेखि घट्यो लोडसेडिङ (तालिकासहित)
377.   डीजी टेलिकमले किन्यो मलेसियाको प्रभु मनी ट्रान्सफर
378.   आइएमई समुहद्वारा अशोक लेलैण्डको सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना
379.   प्रभू बैंकद्वारा प्रभातकालीन काउण्टर सेवा सञ्चालन
380.   हार्भेष्टमुन उत्कृष्ट ट्राभल्स घोषित
381.   धरहरा बनाउन एसबीआर्इ बैंकले दियो ५ करोड २१ लाख
382.   प्रभु र नेशनल माइक्रोफाइनान्सबीच रेमिट्यान्स सम्झौता
383.   सेञ्चुरी बैंक र ट्रान्स-फास्ट रेमिटबीच रेमिट्यान्स सम्झौता
384.   प्रभु मनि ट्रान्सफरद्वारा रेमिटेन्स सम्झौता
385.   प्रभु मनि ट्रान्स्फर र नेपाल सेवा लघुवित्तबीच रेमिट्यान्स सम्झौता
386.   हिमालयन बैंकको नाफा ४६ प्रतिशतले बढ्यो
387.   एभरेष्ट बैंकले अमेरिकामा पनि रेमिटान्स सेवा सुरु गर्‍यो
388.   मेगा बैंकको २५ % हकप्रद शेयर निष्काशन हुंदै,ग्लोबल आइएमइ क्यापिटल विक्री प्रबन्धक नियुक्त
389.   साउदी अरबको नेशनल बैंक र ग्लोबल आइएमईबीच रेमिट्यान्स सम्झौता
390.   नेपाली फुटबल प्रतियोगिताहरुको डिसहोमले प्रत्यक्ष प्रशारण गर्ने
391.   एभरेष्ट बैंक र मेटलाइफ नेपालबीच सम्झौता
392.   इपिएसमा ग्लोबल आइएमई बैंकको सेवा
393.   हिमालय बैंकले सौर्य बत्ती र ब्ल्यांकेट बाँड्यो
394.   बैक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा सम्झौता
395.   पश्चिमाञ्चल डेभलपमेन्ट र मेगा बैंकको संयुक्त कारोबार सुरु
396.   एभरेष्ट बैंकको रक्तदान कार्यक्रम
397.   आईएमई क्योदाई ‘घर जाने हर्ष’ योजना अन्तर्गत तेस्रो हप्ताको विजेता घोषित
398.   वैदेशिक रोजगारीमा रहेकाको परिवारलाई निःशुल्क सिमकार्ड
399.   भारतमा पनि ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय
400.   आइएमईको ‘घर जाने हर्ष’ योजनाको दोश्रो विजेता घोषणा
Results 792: You are at page 16 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media