बुधवार, माघ ०३ गते, २०७४
मंगलवार, २०७४ पुस १० गते ००:०७

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । 
 
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । 
 
अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । नेपाल राष्ट्र बैंकले लगाएको रोक आज सर्वोच्च अदालतले खुल्ला गरिदिएको हो । 
 
‘नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४ असार २६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नू÷नगराउनू भनी विपक्षीहरुको नाममा यस अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ’ आदेशमा उल्लेख छ । 
 
एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई रु एक खर्ब ४० अर्बमा बिक्री गरेको थियो । त्यसबाट लाभकर असुल भए राज्यकोषमा करिब रु ३३ अर्ब उपलब्ध हुने थियो । अदालतको आदेशबाट रकम बाहिर लैजान बाटो खुल्ला भयो तर राज्यकोषमा कर कस्ले तिर्ने भन्ने एकिन चाहीँ हुन सकेको थिएन । 
 
सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले २०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका शेयर सदस्य कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन २०७४ असार २६ मा पत्र लेखेको थियो । 
 
सो पत्रका कारण एक्जियटाले एनसेलबाट आर्जन गरेको मुनाफा विदेश लैजान पाएको थिएन । आज सर्वोच्च अदालतले विदेश रकम लैजान बाटो खोलिदिएको छ । 
 
अदालतले नेपाली र विदेशी संस्थाहरुबीचको शेयर कारोबार हस्तान्तरणको विषय समावेश भई लाभकर निर्धारणमा कानुनी जटिलता उठेको भन्दै सो विषयमा पूर्ण इजलासमा सुनुवाइका लागि तय गरेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
301.   सिटी एक्सप्रेसबाट पैसा पठाउँदा टिभीदेखि घडेरी उपहार
302.   पाँच गन्तव्यमा उडान भर्दै हिमालय एयरलाइन्स
303.   यती बैंकको ब्राण्ड एम्बेसडरमा महर्जन
304.   नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारी
305.   सिटिजन्स बैंक र ओभरसिज रेमिटबीच सम्झौता
306.   एनसीसी बैंकको सीइओमा रमेश अर्याल
307.   नेपाल बैंकमा ४७ कनिष्ट सहायकको माग (सूचनासहित)
308.   दैनिक झन्डै २ अर्ब रेमिट्यान्स, घटेन हुण्डीको प्रयोग
309.   आइएमईको ‘हात हुदैन खाली’ योजना
310.   प्रभुले ल्यायो दशैं तिहार योजनाः बाइकदेखि टिभीसम्म जित्ने अवसर
311.   कुमारी बैंकको चिपमा आधारित क्रेडिट कार्ड
312.   हिमालयन बैंक सम्मानित
313.   एस डेभलपमेण्ट वैंक बुम रेमिटको एजेण्ट बन्यो
314.   बेष्ट रेमिट र अनलाईन पेमेण्टको फुटसल
315.   बुम रेमिटका पूर्णिमा र एभरेष्ट एजेन्ट नियुक्त
316.   रेमिट्यान्स कम्पनीको पुँजी २५ करोड पुर्‍याइने
317.   जापानबाट हिमाल रेमिटको सेवा शुभारम्भ
318.   ग्लोबल आइएमई बैंकद्धारा विद्यालयलाई कम्प्युटर प्रदान
319.   दशैं तिहारलाई लक्षित गर्दै हिमालय एयरलाईन्सले ल्यायो थप सुविधा सहितको नियमित उडान
320.   सिटी एक्सप्रेस र मनीग्रामबीच सहकार्य
321.   एभरेष्ट बैंक र यूके एड सक्षमबीच परियोजना सम्झौता
322.   एनसेलले ल्यायो ‘मासिक भ्वाइस प्याक’
323.   बुम रेमिटले ३ वित्तिय संस्थालाई एजेन्ट नियुक्त गर्यो
324.   मेगा बैंकले नारीहरुलाई ल्यायो नगद फिर्ता योजना
325.   बेष्ट रेमिट र बौद्ध ग्रामिण माइक्रोफाइनान्सबीच रेमिट्यान्स सम्झौता
Results 792: You are at page 13 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media