शुक्रवार, बैशाख १४ गते, २०७५
विहिवार, २०७४ पुस ०६ गते २३:३८

नेपाल कला भूषण उपाधिद्वारा विभूषित संगीतकार चन्द्रराज शर्माको आज बिहान निधन भएको छ।बिहीबार बिहान शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा उनको निधन भएको उनका सुपुत्र गायक सुदेस शर्माले जानकारी दिएका छन् ।
 
७८ वर्षको उमेरमा उनको निधन भएको हो ।
 
विसं. १९९६ साल फागुन २७ गते संगीत शिरोमणि यज्ञराज शर्मा र होमकुमारी शर्माका माईंलो छोराका रूपमा जन्मिएका शर्मा नेपाली संगीत जगत्मा विशिष्ट संगीतका कारण परिचित छन्।
 
उनको संगीतमा नारायणगोपाल, भक्तराज आचार्य, गोपाल योञ्जन ,फत्तेमान राजभण्डारी, प्रेमध्वज प्रधान, रबिन शर्मा , कमला श्रेष्ठ ,प्रकाश श्रेष्ठ , शुदेशराज शर्मा ,लोचन भट्टराइ ,सपना श्री ,एम बराल, रामकृष्ण ढकाल ,राजेश पायल राई आदि गायकले स्वर दिएका छन्।
उनले गीती नाटक मुनामदन, शोक काब्य गौरी , चलचित्र कुमारी, जीवन ज्योती ,भानुभक्त आदिमा संगीत दिएका थिए।
 
उनले संगीत दिएका ‘म मरे पनि मलाई मेरो देशको माया छ’, ‘ईश्वर तैंले रचेर फेरी’, ‘चपला अपला’, ‘मनमा माया तनमा माया’, ‘हामी नदीका दुई किनारा’ लगायतका सयौं गीत अमर छन् ।
नेपाली संगीताकाशमा उनको संगीतमा गाइएका हजारौं गुञ्‍जिरहनेछन। शर्माको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिदैछ ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
51.   साहित्यकारद्वय जोशी र शर्मा सम्मानित
52.   मनमा यसरी डढेलो लाग्ने गरी फेरि यति चाँडै कसले गर्‍यो होला यो फोन ?
53.   बेलायतमा घन्कियो नेपाली गजल
54.   मनुज, ध्रुवचन्द्र र नयाँघरेलाई कलाश्री पुरस्कार
55.   शारदा शर्मा र सत्यमोहन जोशीलाई पद्मश्री
56.   युएईमा ‘श्रमिक साथी’ पुस्तक विमोचन
57.   ‘दमिनी भिर’लाई मदन पुरस्कार, जगदम्बा श्री रत्नशम्शेर थापालाई
58.   पत्रकार, प्रेमिका र डिसहोम
59.   अन्सारीको अतीत:युवराज नयाँघरे
60.   गर्भपतन
61.   बिचरा तिमी
62.   मिर्लुङको मेलोडी
63.   साइनो बेच्ने केटी
64.   सुडानमा मान्छेले मान्छे खान्छ रे हो ?
Results 64: You are at page 3 of 3
First Prev 1 2 3

Powered By : Unitech Media