शुक्रवार, माघ ०५ गते, २०७४
विहिवार, २०७४ मंसिर २७ गते ००:४२

 
नेपालस्थित आइएमई लिमिटेड र इण्डियास्थित मुथुत फाइनान्सवीच रेमिटेन्स कारोवार गर्ने विषयमा सम्झौता भएको छ । मुथुत फाइनान्सकातर्फबाट प्रमुख महाप्रवन्धक आर. के. बिजिमोन र आइएमइका तर्फबाट  प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 
 
पानीपोखरीस्थित आइएमइ केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल,  मुथुत फाइनान्स इण्डो–नेपाल रेमिटेन्स प्रमुख अनिल कार्की र दुवै संस्थाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।
 
सम्झौता अनुसार भारतमा रहेका नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपाल पैसा पठाउन सक्नेछन् । यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सय भन्दाबढी आइएमई एजेन्ट आउटलेटबाट सजिलै भुक्तानी लिन सकिने जनाइएको छ । नगद भुक्तानी सेवाका अतिरिक्त खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिने जनाइएको छ ।
 
नेपालस्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारतस्थित आरबीएल बैंक यो सेवाका लागि बैंकिंग साझेदार संस्था हुने आइएमइबाट जारी बिज्ञप्तीमा जनाइएको छ ।
 
आईएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई र मुथुतफाइनान्सको  सहकार्यपछि भारतमा रहँदै आउनु भएका लाखौँ नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्ला भएको जानकारी दिए । सम्झौताकार्यक्रमलाई सम्बोधन गर्दै मुथुत फाइनान्सका प्रमुख महाप्रवन्धक बिजिमोनले नेपालको पहिलो र ठुलो रेमिटेन्स कम्पनी आइएमईसंगको सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरुले आर्जन गरेको धन नेपालमा रहेका तिनका आफन्तलाई भुक्तानगर्न सहज हुने विश्वास व्यक्त गरे ।  
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफर ग्लोबलबीच सेवा थालनी
2.   हाइड्रो र पर्यटन आर्थिक विकासका मेरुदण्ड –चन्द्रप्रसाद ढकाल
3.   हिमालयन बैंकको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न
4.   राष्ट्रिय आर्थिक गणना २०७५ हुँदै
5.   नाट्टाको अध्यक्षमा पाण्डे निर्वाचित
6.   आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा रामहरि श्रेष्ठ
7.   अनाथ बालबालिकालाई हिमालयन बैंकको सहयोग
8.   सहकारीमा पनि १० लाखभन्दा बढीको कारोबारमा स्रोत खुलाउनुपर्ने
9.   अमेरिकाबाट पैसा पठाउन इन्भेष्टमेन्ट बैंकको रेमिन्ट्यान्स सेवा
10.   एनसेललाई लाभांश विदेश लैजान बाटो खुला
11.   सिङ्गापुरको इन्सटारेम र एनएमबी बैंकबीच रेमिट्यान्स सम्झौता
12.   सिटी एक्स्प्रेस र अल् फर्दान एक्सचेञ्जवीच रेमिट्यान्स सम्झौता
13.   आइएमई जनरलको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
14.   सिटी एक्सप्रेसको उपहार कार पाउने भाग्यमानी बने तामाङ
15.   हिमालयन बैंकले गर्‍यो सामुदायिक स्वास्थ्य सेवा परिषदलाई सहयोग
16.   ‘आईएमई छक्का-पञ्जा’अफरको अन्तिम नतिजा सार्वजनिक
17.   महालक्ष्मी विकास बैँकको दार्चुलामा नयाँ शाखा
18.   चुनावको अधिक खर्चले तरलतामा असर
19.   आइएमई र मुथुतफाइनान्सवीच रेमिटेन्स सम्झौता
20.   मतदानसँगै समृद्धिको अपेक्षामा व्यवसायीहरु
21.   चुनावमा अवैध पैसा धेरै
22.   कोकाकोलाले ल्यायो नेपाली बजारमा किन्ले ब्राण्डको पानी
23.   सहरी विकासका लागि एडीबीको ऋण सहयोग
24.   सिटी एक्स्प्रेस मनी ट्रान्सफरले गर्‍यो एघारौं हप्ताको बिजेताहरु घोषणा
25.   एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’
Results 792: You are at page 1 of 32
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media