विहिवार, माघ ०४ गते, २०७४
बुधवार, २०७४ मंसिर १९ गते ००:१०

 
अन्तिम चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि सोमबार मध्यरातदेखि सुरु भएको छ । सोमबार प्रमुख दलका शीर्ष नेताहरु समेत सम्मिलित अन्तिम चुनावी सभा भएका छन् । सबै उम्मेदवारले अन्तिम पटक मतदातामाझ सार्वजनिक कार्यक्रम गरे ।
 
आजदेखि निर्वाचन आचारसंहिताका कारण प्रचारका कार्यक्रम रोकिएका छन् । मौन अवधिमा राजनीतिक दलहरुले मतदाताबीच सार्वजनिक कार्यक्रममात्र हैन सामाजिक सञ्जालमा पनि प्रचार गर्न पाउने छैनन् ।
 
मौन अवधिको आचारसंहिता सञ्चारमाध्यमलाई समेत लागू हुनेछ। निर्वाचनको प्रचारप्रसारका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकामा समेत मौन अवधिमा विज्ञापन गर्न पाइँदैन ।
 
त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचारप्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ ।
 
आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा ’एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचनमा प्रचार प्रसार गर्न नहुने’, उल्लेख छ ।
 
त्यस्तै दलका उम्मेद्वारहरुले राजनीति दलको चिन्ह अंकित टिसर्ट, टोपी र स्टीकर प्रयोग गर्न समेत पाउने छैनन् ।
 
के के गर्न पाइँदैन
निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा उम्मेदवारले भोट माग्न तथा अन्य प्रचारात्मक काम गर्न पाइने छैन्। मौन अवधिको उल्लङ्घन भएको ठहर भएमा निर्वाचन आयोगले उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्द गर्न सक्नेछ ।
 
उम्मेदवार तथा दलहरुले निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउँदैनन् । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनु पर्नेछ । एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइने छैन । मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार–प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।
 
के हुन्छ कारबाही ?
मौन अवधिमा आचारसंहिता उल्लङघन गरेमा निर्वाचन आयोगले सुरुमा सचेत गराउन सक्नेछ। आयोगको सचेत गराउदा पनि बेवास्ता गरेमा उम्मेदवार र दललाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
 
आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐनको प्रावधानमा टेकेर मौन अवधि उल्लङ्घन गरे उम्मेदवारी रद्द गर्न समेत सक्नेछ ।
 
आयोगको आचारसंहिता राजनीतिक दल, उम्मेदवार, दलका कार्यकर्ता, निर्वाचनमा खटिने कर्मचारी सबैले पालना गर्नु पर्नेछ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
76.   कर्मचारीबाट खोसेर अध्यागमन प्रहरीलाई जिम्मा लगाउने तयारी
77.   अधिकारकर्मी प्याकुरेललाई अमेरिकामा ‘हिरो अवार्ड’
78.   संखुवासभालाई दुई निर्वाचन क्षेत्र नै निर्धारण गर्न माग
79.   आज हरितालिका तीज, शिवालयहरुमा बिहानैदेखि महिलाहरुको भीड
80.   नेपालसँग हवाईसम्झौता गर्न अष्ट्रेलिया सकारात्मक
81.   बाढी पीडितलाई सहयोग गर्न बेलायत तयार : राजदूत मोरिस
82.   मनकामनामा अतिथी गृह बनाउँदै संखुवासभा समाज अमेरिका
83.   ईण्डोनेशियाको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा बाणिज्यदूत ढकालद्धारा झण्डोलोत्तन
84.   पेट्रोलपम्पमा उपभोक्ताको लाइन, केही दिनमा सहज हुने
85.   बाढीपहिरोमा परी ३५ जनाको मृत्यु, बिजुली पनि छैन
86.   दिवङ्गत भएकाको सम्झनामा आज गाईजात्रा पर्व मनाइँदै
87.   ५ लाख पर्ने यूएमका दुई बाइक नेपाली बजारमा
88.   पर्वतारोहण संघको अध्यक्षमा लामा विजयी
89.   सञ्चारसम्बन्धी समस्याको समाधानमा पहल गर्छु : मन्त्री बस्नेत
90.   पाकिस्तानी प्रधानमन्त्री सरीफ अदालतबाट अयोग्य ठहर
91.   नागपञ्चमी र जनैपूर्णिमा एकै दिन मनाइँदै
92.   ढोकामा भोटे ताल्चा लगाएर होइन,ढोका खोलेर एकताको कुरा गर्नुस ओलीजी : प्रचण्ड
93.   राहदानी बिभागलाई आइएसओ प्रमाणपत्र
94.   कतारमा रहेका नेपालीप्रति प्रधानमन्त्रीको चासो
95.   विदेशमा रहेका नेपालीले भोट हाल्न पाउनुपर्छ : मन्त्री मनसुर
96.   एक वर्षमा ५० हजार विद्यार्थी बिदेशतिर
97.   एसईईमा उत्तिर्ण छात्रछात्रालाई होटल व्यवसायी संघको सम्मान
98.   ‘विश्वकै सर्वोत्कृष्ट एयरलाइन’ उपाधि जितेबापत कतार एयरवेजद्वारा छुटको घोषणा
99.   होटलहरुले प्रतिग्राहक ३ सय डलरसम्म साट्न पाउने
100.   अब नेपालको भिसा आवेदन मोबाइल एपबाटै
Results 631: You are at page 4 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media