विहिवार, माघ ०४ गते, २०७४
बुधवार, २०७४ मंसिर १९ गते ००:१०

 
अन्तिम चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि सोमबार मध्यरातदेखि सुरु भएको छ । सोमबार प्रमुख दलका शीर्ष नेताहरु समेत सम्मिलित अन्तिम चुनावी सभा भएका छन् । सबै उम्मेदवारले अन्तिम पटक मतदातामाझ सार्वजनिक कार्यक्रम गरे ।
 
आजदेखि निर्वाचन आचारसंहिताका कारण प्रचारका कार्यक्रम रोकिएका छन् । मौन अवधिमा राजनीतिक दलहरुले मतदाताबीच सार्वजनिक कार्यक्रममात्र हैन सामाजिक सञ्जालमा पनि प्रचार गर्न पाउने छैनन् ।
 
मौन अवधिको आचारसंहिता सञ्चारमाध्यमलाई समेत लागू हुनेछ। निर्वाचनको प्रचारप्रसारका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकामा समेत मौन अवधिमा विज्ञापन गर्न पाइँदैन ।
 
त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचारप्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ ।
 
आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा ’एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचनमा प्रचार प्रसार गर्न नहुने’, उल्लेख छ ।
 
त्यस्तै दलका उम्मेद्वारहरुले राजनीति दलको चिन्ह अंकित टिसर्ट, टोपी र स्टीकर प्रयोग गर्न समेत पाउने छैनन् ।
 
के के गर्न पाइँदैन
निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा उम्मेदवारले भोट माग्न तथा अन्य प्रचारात्मक काम गर्न पाइने छैन्। मौन अवधिको उल्लङ्घन भएको ठहर भएमा निर्वाचन आयोगले उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्द गर्न सक्नेछ ।
 
उम्मेदवार तथा दलहरुले निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउँदैनन् । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनु पर्नेछ । एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइने छैन । मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार–प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।
 
के हुन्छ कारबाही ?
मौन अवधिमा आचारसंहिता उल्लङघन गरेमा निर्वाचन आयोगले सुरुमा सचेत गराउन सक्नेछ। आयोगको सचेत गराउदा पनि बेवास्ता गरेमा उम्मेदवार र दललाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
 
आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐनको प्रावधानमा टेकेर मौन अवधि उल्लङ्घन गरे उम्मेदवारी रद्द गर्न समेत सक्नेछ ।
 
आयोगको आचारसंहिता राजनीतिक दल, उम्मेदवार, दलका कार्यकर्ता, निर्वाचनमा खटिने कर्मचारी सबैले पालना गर्नु पर्नेछ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
426.   जब श्रमराज्य मन्त्री गुरुङ श्रमग्राम पुगे (फोटोफिचर)
427.   वैदेशिक रोजगारीको नाममा मानव तस्कर गर्ने ८ जना नेपालीविरुद्ध रेडकर्नर नोटिस
428.   धादिङको खार्साका भूकम्पपीडितलाई राहत
429.   सामाजिक कार्यमा पिस वेव नेपालको अभियान
430.   सरकार–व्यवसायी सहमति धोका भन्दै व्यवसायी भेला
431.   सरकार र मेनपावर व्यवसायीको सहमतिप्रति नागरिकको तिब्र आक्रोश
432.   द रिभरबाट विदेश गएका भुकम्पपीडितलाई राहत हस्तान्तरण
433.   काभ्रेका भुकम्प पीडितलाई नवसिर्जनशिलको सहयोग
434.   मेनपावर व्यवसायीको आन्दोलनले अन्तर्राष्ट्रिय उडान प्रभावित
435.   सामाजिक कार्य गरि आकर्षण इन्टरनेशनलले मनायो दशौ वार्षिकोत्सव
436.   रोजगार र गैरआवासीय नेपालीको विषयमा के छ त ?
437.   कोरियामा मजदुरहरुको तलब वृद्धि
438.   बायोमेट्रिकलाई ‘ग्रीन सिग्नल’
439.   फ्रि भिसा फ्रि टिकट लागु नगर्ने मेनपावरलाई सरकारले कारवाही गर्ने
440.   दाता सम्मेलनमा झन्डै ४ खर्व रूपैयाँ सहयोगको बचन
441.   नेपाललाई सघाउन अन्तर्राष्ट्रिय दाता सम्मेलन शुरु
442.   फ्री भिसा, फ्री टिकट असार २१ देखि लागु हुने
443.   जुन १५ देखि मलेसियामा बायोमेट्रीक लागु गर्ने तयारी
444.   कातिके देउराली र माँदनकुँडारीमा प्रभा एलुम्नाईको सहयोग
445.   काभ्रेका भुकम्पपीडितलाई पीपीयुकेको सहयोग
446.   रामेछापका भूकम्प पीडितलाई कमन एक्सेसको सहयोग
447.   लायन्स क्लब धुम्वाराहीको अध्यक्षमा श्रेष्ठ
448.   शेष घले अष्ट्रेलियाका ९९ औं धनी
449.   भूकम्पपीडितलाई मिडिल इस्टको सहियोग
450.   राहत वितरणमा अनियमितता र पक्षपात गर्नेलाई कारबाही
Results 631: You are at page 18 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media