शनिवार, माघ ०६ गते, २०७४
शुक्रवार, २०७४ मंसिर १४ गते ०३:१७

प्राणघातक रोग क्यान्सरबाट पीडित चौरीदेउराली गाउपालिका–६ का कृष्णप्रसाद चौलागाईको उपचारार्थ कात्तिके देउराली समाज दक्षिण कोरियाले आर्थिक सहायता प्रदान गरेको छ । समाजकातर्फबाट समाजका कोषाध्यक्ष सुमन गौतमले विरामी चौलागाईलाई उनकै निवासमा पुगेर २ लाख २१ हजार पाँच सय रुपैया हस्तान्तरण गरेका हुन ।
 
लामो समयदेखि सिभिल अस्पतालमा क्यान्सरको उपचार गराइरहेका चौलागाईले कमजोर आर्थिक अवस्थाका कारण उपचारमा कठिनाई आइपरेको भन्दै सहायताका लागि अपिल गरेपछि समाजले उनको उपचारको सहयोगार्थ कोरियामा अभियान नै चलाएको थियो । 
 
‘आर्थिक अवस्थाका कारण उपचारमा समस्या आएको थाहा पाएपछि म्यासेन्जर गुप मार्फत हामीले सहयोग अभियान चलाएका थियौ’ समाजका सकृय अभियान्ता राजेन्द्र दुलालले भने–‘रोग सबैलाई लाग्छ तर आर्थिक अवस्थाका कारण नै उपचार नरोकियोस भनेर हामीले अभियान चलाएकोमा धेरै साथिहरुले उत्साहजनकरुपमा सहयोग संकलनमा साथ दिनुभयो ।’
 
उनले भने – ‘हामिले चलाएको यस पुण्य अभियानमा समाजका सल्लाहकार सुजन गौतमले  मन्दिर बनाउन भन्दा यस पुण्य काममा सहयोग गर्नुनै धर्म हो भन्दै बडो उत्साहित हुँदै      मन्दिर बनाउने सहयोग रकम समेत यस अभियानमा सहयोग गर्नुभयो ।  
 
रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका कात्तिके देउरालीका युवाहरुद्धारा स्थापित समाजले यसअघि पनि कात्तिके देउरालीकै अर्का क्यान्सर रोगी निर्मल गौतम, लडेर घाइते भएका कृष्णप्रसाद चौलागाई, कोरियामै दुर्घटनामा परेका काभ्रेकै श्याम लामा लगायतलाई उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको थियो । समाजले आफ्ना गाँउका नागरिकहरुलाई स्वास्थ्य उपचारको सहजताका लागि १ थान एम्बुलेन्स समेत प्रदान गरेको छ । 
 
‘प्रवासमा हामीले दुःख गरी कमाएको रकमबाट आफ्नो गाँउघरको उन्नती तथा विपतमा परेकाहरुलाई थोरै भएपनि सहायता गर्न पाएकोमा खुसी छौ’ समाजका अर्का अभियान्ता नारायण गौतमले बताए । उनले समाजले गरेका विभिन्न अभियानमा साथ दिने सम्पुर्ण मनकारीहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा आफुहरु अग्रसर भैरहने समेत जानकारी दिए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
151.   नेपालीको लगानी रहेको ग्रिनल्याण्डले खोल्यो कतारमा ट्राभल
152.   गल्कोटको स्वास्थ्य शिविरमा ८ हजारभन्दा बढिले लिए स्वास्थ्य सेवा
153.   न्युयोर्कमा नेपाल डे परेड प्रदर्शन
154.   घाइते लामालाई कात्तिके देउराली समाज कोरियाको सहयोग
155.   कतारको सबैभन्दा सम्मानित अमिरी कप सुरु
156.   कुवेतमा मदिरा बनाएको आरोपमा ६ नेपाली पक्राउ
157.   मलेसियामा मुद्दा लड्न नेपाली श्रमिकलाई वकिलको व्यवस्था
158.   ओमान नेपाली एकता समाज रुसेयल एरिया समिति गडन
159.   नयाँघरेको उपस्थितिमा कतारमा भव्य साहित्यिक कार्यक्रम, आमिलको चर्चा
160.   सुदुरपश्चिम सेवा समाज कतारको शुभकामना तथा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न
161.   नयाँघरेको उपस्थितिमा कतारमा भव्य कार्यक्रम हुँदै
162.   गोरखा समाज अष्ट्रेलियाद्वारा नयाँ बर्षको कार्यक्रम सम्पन्न
163.   साउदीका लागि नेपालका कार्यवाहक राजदूतमाथि छुरा प्रहार
164.   दुबईमा पाँच नेपालीले जिते २० करोडको चिठ्ठा
165.   ओमानमा हुने ‘नेपाल फेस्टिबल र जबफेयर’ सेप्टेम्बरसम्म स्थगित
166.   युएईको अजमान एमिरेट टावरमा भीषण आगलागी
167.   मलेसियामा चार सय नेपालीको बिचल्ली
168.   नेपाली कांग्रेस केन्द्रिय समितिलाई जनसम्पर्क समिति अष्ट्रेलियाको बधाई
169.   थाई नेपाली संघले निमार्ण गरेको विद्यालय हस्तान्तरण
170.   कतारका गुरुङद्धारा घरआँगनलाई आर्थिक सहयोग
171.   जनप्रगतिशिल मञ्च ओमानले बुझायो एनेकपा माओवादीलाई सुझावपत्र
172.   यौनधन्दामा लागेको आरोपमा मलेसियामा ४ जना नेपाली युवती पक्राउ
173.   नेपाली फुटबल टिम कतार र सिटी एक्सप्रेसबीच सम्झौता
174.   अस्ट्रेलियाकै ठूलो बहुसांस्कृतिक महोत्सबमा नेपालको सहभागिता
175.   कतारमा प्यूठान समाजको वनभोज तथा सास्कृतिक कार्यक्रम सम्पन्न
Results 354: You are at page 7 of 15
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media