मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ मंसिर १४ गते ०३:१७

प्राणघातक रोग क्यान्सरबाट पीडित चौरीदेउराली गाउपालिका–६ का कृष्णप्रसाद चौलागाईको उपचारार्थ कात्तिके देउराली समाज दक्षिण कोरियाले आर्थिक सहायता प्रदान गरेको छ । समाजकातर्फबाट समाजका कोषाध्यक्ष सुमन गौतमले विरामी चौलागाईलाई उनकै निवासमा पुगेर २ लाख २१ हजार पाँच सय रुपैया हस्तान्तरण गरेका हुन ।
 
लामो समयदेखि सिभिल अस्पतालमा क्यान्सरको उपचार गराइरहेका चौलागाईले कमजोर आर्थिक अवस्थाका कारण उपचारमा कठिनाई आइपरेको भन्दै सहायताका लागि अपिल गरेपछि समाजले उनको उपचारको सहयोगार्थ कोरियामा अभियान नै चलाएको थियो । 
 
‘आर्थिक अवस्थाका कारण उपचारमा समस्या आएको थाहा पाएपछि म्यासेन्जर गुप मार्फत हामीले सहयोग अभियान चलाएका थियौ’ समाजका सकृय अभियान्ता राजेन्द्र दुलालले भने–‘रोग सबैलाई लाग्छ तर आर्थिक अवस्थाका कारण नै उपचार नरोकियोस भनेर हामीले अभियान चलाएकोमा धेरै साथिहरुले उत्साहजनकरुपमा सहयोग संकलनमा साथ दिनुभयो ।’
 
उनले भने – ‘हामिले चलाएको यस पुण्य अभियानमा समाजका सल्लाहकार सुजन गौतमले  मन्दिर बनाउन भन्दा यस पुण्य काममा सहयोग गर्नुनै धर्म हो भन्दै बडो उत्साहित हुँदै      मन्दिर बनाउने सहयोग रकम समेत यस अभियानमा सहयोग गर्नुभयो ।  
 
रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका कात्तिके देउरालीका युवाहरुद्धारा स्थापित समाजले यसअघि पनि कात्तिके देउरालीकै अर्का क्यान्सर रोगी निर्मल गौतम, लडेर घाइते भएका कृष्णप्रसाद चौलागाई, कोरियामै दुर्घटनामा परेका काभ्रेकै श्याम लामा लगायतलाई उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको थियो । समाजले आफ्ना गाँउका नागरिकहरुलाई स्वास्थ्य उपचारको सहजताका लागि १ थान एम्बुलेन्स समेत प्रदान गरेको छ । 
 
‘प्रवासमा हामीले दुःख गरी कमाएको रकमबाट आफ्नो गाँउघरको उन्नती तथा विपतमा परेकाहरुलाई थोरै भएपनि सहायता गर्न पाएकोमा खुसी छौ’ समाजका अर्का अभियान्ता नारायण गौतमले बताए । उनले समाजले गरेका विभिन्न अभियानमा साथ दिने सम्पुर्ण मनकारीहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा आफुहरु अग्रसर भैरहने समेत जानकारी दिए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
126.   कुवेतमा नेपाली दुताबासको हटलाइन सेवा सुरु
127.   मृतकको परिवारलाई युएर्इबाट सहयोग
128.   मोरङ्ग–सुनसरी कतारको अध्यक्षमा कार्की
129.   मलेसियामा भएको हिमालयन गोल्डकप फुटबलको उपाधि आयोजकलाई
130.   मलेसियामा हिमालय गोल्डकप फुटबलको उद्घाटन
131.   कतारमा अलपत्र परेका तीन नेपालीको उद्धार
132.   इजरायलको लागि जासूसी गरेको अभियोगमा लेबनानमा दुई नेपाली महिला पक्राऊ
133.   जनसम्पर्क समिति अष्ट्रेलियाद्धारा प्रशिक्षण कार्यक्रम सम्पन्न
134.   मलेसियामा हिमालय गोल्ड कप फुटबलको अन्तिम तयारी
135.   मलेसियामा एकता दिवस मनाइयो
136.   नेपाली विद्यार्थीलाई अमेरिकी अवार्ड
137.   साउदीमा नेपाली कामदारका संकटबारे अन्तरक्रिया
138.   पत्रकार महासंघ यूएई अध्यक्षमा बस्याल
139.   अष्ट्रेलियाको सर्बोच्च शिखर चढेर नेपालीहरुले राखे कीर्तिमान
140.   अमेरिकामा १० अवैतनिक दूत
141.   उद्योगी बिनोद चौधरीले अमेरिकाको पशुपति बुद्ध मन्दिरलाई बुद्धको मुर्ति उपहार दिने
142.   धुर्मुस सुन्तलीलाई मुसहर बस्ती बनाउन कतारका व्यवसायी कोइरालाले दिए ४० लाख
143.   सुडानमा अपहरित दुई नेपालीसहित तीनजना राष्ट्रसङ्घ कर्मचारी अपहरणमुक्त
144.   पर्यटनमन्त्री शाही र अष्ट्रेलियाका छायाँमन्त्री बुर्केबीच भेटवार्ता
145.   युएईमा संचालित ग्रीनलाइन ट्राभलले बार्षिकोत्सवको अवसरमा विशेष छुट दिने
146.   युएईको राष्ट्रिय दिवसमा नेपाली नृत्य प्रस्तुत
147.   नेपाली युवाले जापानमा जिते ११ लाख राशीको वक्तृत्वकला पुरस्कार
148.   परराष्ट्रमन्त्री डा. महतको सम्मानमा एनपिसीसीएको रात्रिभोज
149.   कतारमा अलपत्र परेका दश नेपाली स्वदेश फर्काइयो
150.   इजरायलमा साहित्यकार सरुभक्तसँग साहित्यिक सम्वाद तथा भेटघाट सम्पन्न
Results 387: You are at page 6 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media