बुधवार, मंसिर २७ गते, २०७४
विहिवार, २०७४ मंसिर १३ गते ००:१९

निर्वाचन ताका अधिकांश उम्मेदवारहरुको एजेण्डा र भाषणमै सीमित बनेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आफ्नै भवन निर्माण गर्ने चुनावी नाराले अब भने मूर्तरुप पाउने भएको छ । तीनकुनेमा रहेको साविकको वैदेशिक रोजगार विभाग नजिकै रहेको संघको ७ आना जग्गामा करिब ३ करोड लागतमा बन्ने ४ तल्ले भवनको श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मण मैनालीले बुधबार विहान शिलान्यास गरेका हुन । 
 
भवन शिलान्यास पश्चात सचिव मैनालीले व्यवसायी संघसँगै सरकारले सहकार्य गर्ने भएकाले सरकारी पक्षबाट पनि संघलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । यस्तै भवन निर्माण समितिका सहसंयोजक रघु पुरीले व्यवसायी एकता भए विना आर्थिक कठिनाई डेढ वर्षभित्र भवन बनाइसक्ने बताए । गत असारमा रोहन गुरुङको अध्यक्षतामा निर्वाचित संघको कार्यसमितिको पहिलो वैठकले नै भवन निर्माणका लागि हेमबहादुर गुरुङको संयोजकत्वमा समिति गठन गरी काम शुरु गरेको थियो ।



स्थापनाकालदेखि संघको कार्यालय विभिन्न स्थानमा भाडामा रहदै आएको थियो । तत्कालिन अध्यक्ष दान बहादुर तामाङको पालामा संघले भवन निर्माणका लागि तीनकुनेमा जग्गा किनेको भए पनि भवन बन्न सकेको थिएन । यस्तै बलबहादुर तामाङको पालामा संघको तीनकुनेस्थित जग्गा बिक्रि गरेर अन्यत्र भवन नै खरिद गर्ने अभियान चलाइएकोमा यसले पनि मूर्तरुप पाउन सकेको थिएन ।   
 
संघका अध्यक्ष गुरुङले संघको भवन शिलान्यास गर्ने विषयले सबै व्यवसायीलाई उत्साहित बनाएको बताए । उनले विभिन्न संघ–संस्थाको सहयोगमा भवन निर्माण सम्पन्न गरी संघलाई सबैको साझा चौतारी बनाउने उद्देश्य लिएको बताए । भवन निर्माणका लागि संघले हरेक सदस्य संस्थाबाट ५१ हजार र पूर्वअध्यक्ष तथा सल्लाहकारहरुबाट १–१ लाख आर्थिक सहयोग संकलन गर्ने जनाएको छ । 

 
शिलान्यास कार्यक्रममा सामी परियोजनाकी संयोजक सीता घिमिरे, वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलाल, तृतीय उपाध्यक्ष शुक्र पाख्रिन, सल्लाहकार पदमराज पौडेल, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष तथा संघका पूर्व द्धितिय उपाध्यक्ष हरि पाण्डे क्षेत्री, कानुनी सल्लाहकारद्धय देवराज कटुवाल र शम्भु निरौलालगायतका संघका अन्य सदस्य तथा व्यवसायीहरुको उपस्थित रहेको थियो ।

 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
201.   साउदीले भिसा शुल्कमा भारि वृद्धि ल्यायो,नेपाली प्रभावित हुने
202.   कोरिया रोजगारीका नाममा ठगी गर्दै हिडेका श्रेष्ठ पक्राउ
203.   फ्री भिसा र फ्री टिकट कार्यान्वयन भएन
204.   ‘सचिवज्यू ! कन्फ्युजनमा पार्न खोज्नेबाट जोगिएर काम गर्नुहोला’
205.   सफ्टवेयर लागू गर्न श्रमसचिवको अग्रसरता
206.   श्रममन्त्री र सचिवकै अगाडि व्यवसायी र सह–सचिवबीच चर्काचर्कि (भिडियोसहित)
207.   व्यवसायीले श्रममन्त्रीसँग निर्णायक वार्ता गर्दै
208.   मलेसिया जाने कामदारको प्रवेशाज्ञाको लागि राहदानी पठाउन रोक
209.   मलेसिया जानेले १८ हजार फाल्तु तिर्दै, सरकार भन्छ फ्री भिषा र फ्री टिकट
210.   राष्ट्रिय वाणिज्य बैंकमा २४९ कर्मचारी माग (सुचनासहित)
211.   काठमाडौं महानगरपालिकामा जागिर खुल्यो (सुचनासहित)
212.   कोरिया र इजरायलमा पनि फ्री भिसा फ्री टिकट लागू गर्न प्रस्ताव
213.   यूएइका सुरक्षा गार्डको समस्या समाधान, काममा नै फर्कने
214.   वैदेशिक रोजगारसम्बन्धि उजुरीलाई फास्ट ट्रयाकबाट सम्बोधन गरिने
215.   सुरक्षा गार्डको श्रम स्वीकृति बन्द गर्न निर्देशन
216.   गैरेको अध्यक्षतामा फोरममा निर्विरोध नयाँ कार्यसमिति
217.   इजरायलले थप नेपाली कामदार लिने
218.   ब्यवसायीले नै बिर्सिए ‘कालो दिन’ भदौ १६
219.   पुन श्रमस्वीकृतिको पैसा तिर्न श्रमग्राम जानु नपर्ने
220.   वैदेशिक रोजगारमा प्रधानमन्त्रीको चासो
221.   श्रममन्त्री गुरुङलाई मन्त्रालयको काम भन्दा क्वाटर नपाएको चिन्ता
222.   अभिमुखीकरण तालिमको अनियमिततामा किन अख्तियार मौन ?
223.   युएईमा रहेको नेपाली दुताबासले घरेलु कामदार ल्याउन दश एजेन्सीलाई अनुमति
224.   अवैध कामदारलाई आममाफी दिने कतारको घोषणा
225.   वैरो विभागको घुसखोरी खरिदार देखि मन्त्रालयका सचिब सम्मको जालो
Results 496: You are at page 9 of 20
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last

Powered By : Unitech Media