मंगलवार, फाल्गुन ०८ गते, २०७४
विहिवार, २०७४ मंसिर १३ गते ००:१९

निर्वाचन ताका अधिकांश उम्मेदवारहरुको एजेण्डा र भाषणमै सीमित बनेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आफ्नै भवन निर्माण गर्ने चुनावी नाराले अब भने मूर्तरुप पाउने भएको छ । तीनकुनेमा रहेको साविकको वैदेशिक रोजगार विभाग नजिकै रहेको संघको ७ आना जग्गामा करिब ३ करोड लागतमा बन्ने ४ तल्ले भवनको श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मण मैनालीले बुधबार विहान शिलान्यास गरेका हुन । 
 
भवन शिलान्यास पश्चात सचिव मैनालीले व्यवसायी संघसँगै सरकारले सहकार्य गर्ने भएकाले सरकारी पक्षबाट पनि संघलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । यस्तै भवन निर्माण समितिका सहसंयोजक रघु पुरीले व्यवसायी एकता भए विना आर्थिक कठिनाई डेढ वर्षभित्र भवन बनाइसक्ने बताए । गत असारमा रोहन गुरुङको अध्यक्षतामा निर्वाचित संघको कार्यसमितिको पहिलो वैठकले नै भवन निर्माणका लागि हेमबहादुर गुरुङको संयोजकत्वमा समिति गठन गरी काम शुरु गरेको थियो ।



स्थापनाकालदेखि संघको कार्यालय विभिन्न स्थानमा भाडामा रहदै आएको थियो । तत्कालिन अध्यक्ष दान बहादुर तामाङको पालामा संघले भवन निर्माणका लागि तीनकुनेमा जग्गा किनेको भए पनि भवन बन्न सकेको थिएन । यस्तै बलबहादुर तामाङको पालामा संघको तीनकुनेस्थित जग्गा बिक्रि गरेर अन्यत्र भवन नै खरिद गर्ने अभियान चलाइएकोमा यसले पनि मूर्तरुप पाउन सकेको थिएन ।   
 
संघका अध्यक्ष गुरुङले संघको भवन शिलान्यास गर्ने विषयले सबै व्यवसायीलाई उत्साहित बनाएको बताए । उनले विभिन्न संघ–संस्थाको सहयोगमा भवन निर्माण सम्पन्न गरी संघलाई सबैको साझा चौतारी बनाउने उद्देश्य लिएको बताए । भवन निर्माणका लागि संघले हरेक सदस्य संस्थाबाट ५१ हजार र पूर्वअध्यक्ष तथा सल्लाहकारहरुबाट १–१ लाख आर्थिक सहयोग संकलन गर्ने जनाएको छ । 

 
शिलान्यास कार्यक्रममा सामी परियोजनाकी संयोजक सीता घिमिरे, वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलाल, तृतीय उपाध्यक्ष शुक्र पाख्रिन, सल्लाहकार पदमराज पौडेल, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष तथा संघका पूर्व द्धितिय उपाध्यक्ष हरि पाण्डे क्षेत्री, कानुनी सल्लाहकारद्धय देवराज कटुवाल र शम्भु निरौलालगायतका संघका अन्य सदस्य तथा व्यवसायीहरुको उपस्थित रहेको थियो ।

 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
101.   ईपीएस भाषा परीक्षा सुरु, ७५ हजार परीक्षार्थी सहभागी
102.   उम्मेदवार छनोटको विवादमा होइन, दुइ तिहाईले चुनाव जित्ने रणनीति बनाउन केन्द्रित छ फोरम : ढकाल
103.   जनतालाई प्रभावकारी सेवा सरल ढंगमा दिन नवनियुक्त श्रम मन्त्री मन्सुरको ध्यानाकर्षण
104.   राजनीति गर्ने भए स्थानीय चुनावमा जानु संघमा होइन : गुरुङ
105.   फोरमलाई झड्का, फोरमकी तेजु मञ्चबाट उम्मेदवार
106.   कतारमा विकसित घटनाक्रमले नेपालीको रोजगारीमा कुनै असर पर्दैन : नेपाली राजदूत रमेश कोइराला सँगको एक्सक्लुसिभ अन्तर्वार्ता
107.   कतार जानेहरुको श्रम स्वीकृति रोकियो
108.   संघ नेतृत्वमा जाने आकांक्षिको मन दुखाउदैनौ : गेलाल
109.   आज र भोलि सम्ममा अध्यक्षको टुंगो नलगाए फोरमले दुर्भाग्यपूर्ण परिणाम भोग्छ (हेर्नुस भिडियो)
110.   स्वदेशमै रोजगारी सिर्जना गर्न पाँच खर्बको औद्योगिक विकास कोष खोलिने
111.   महानिर्देशकज्यू,ठाउमा बस्नुस नत्र ठेगान लगाउन हामीलाइ पनि आउछ : ढकाल
112.   फोरमले संख्याको दम्भ नदेखाए हुन्छ, हामी धेरै माथि छौं : गेलाल (हेर्नुस भिडियो)
113.   वैदेशिक रोजगार व्यवसायी संघको चुनाव असार १७ मा हुने
114.   किरणकिशोरलाई उम्मेदवार बन्न नदिन फोरमभित्रै चलखेल
115.   म प्रष्ट भन्दिन्छु बिमलजी र विष्णुजीले बाटो छेकेर बन्धक बनाए : न्यौपाने (हेर्नुस भिडियो)
116.   केयरगिभर परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)
117.   कतारमा चार वर्षपछि राजदूत
118.   दलहरुको घोषणामा रोजगार नै रोजगार, होला त पुरा ?
119.   ९७ परीक्षार्थीले दिए केयरगिभरको परीक्षा, नतिजा बुधबार प्रकाशित हुने
120.   इजरायल जान छनोट भएका केयरगिभरको परीक्षा सुरु, ९७ परीक्षार्थी सहभागी
121.   दलका घोषणापत्रमा रोजगार नै रोजगारका प्रतिबद्धता
122.   अमेरिका डिभी लट्रीको नतिजा सार्वजनिक
123.   केयरगिभरका लागि छनोट भए १ सय योग्य उम्मेदवार, वैशाख २४ मा परीक्षा (नामावलीसहित)
124.   नेपाली कांग्रेसको घोषणापत्रमा प्रतिवर्ष ५ लाख युवालाई रोजगार
125.   नियमन गर्ने कार्यपालिका भएको देशमा यो बन्द गर र यो खोल भन्ने को हो समिति ?
Results 516: You are at page 5 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media