शनिवार, माघ ०६ गते, २०७४
बुधवार, २०७४ मंसिर १२ गते ०४:२२

कोकाकोला नेपालले नेपाली बजारमा आफ्नो किन्ले ब्राण्डको पानी सार्वजनिक गरेको छ । वेभरेज मार्केटलाई लक्षित गरेर ल्याईएको पेय पदार्थ पानी जुन कोकाकोलाको नेपाली बजारमा दोस्रो ठूलो उत्पादन हो । जुन उत्पादन शुद्ध पिउने पानीको रुपमा आएको छ । 
 
अन्तराष्ट्रिय मापदण्ड अनुसारको उच्च गुणस्तरको शुद्ध र सफा पिउने पानीको रुपमा बजारमा आएको यो उत्पादनमा प्रयोग गरिने पानीले कोकाकोला कम्पनीबाट आउने छ । 
 
किन्ले ब्राण्डको अनावरण ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल, कोकाकोला नेपालका कन्ट्रि डाइरेक्टर अम्बुज सिंह र बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्शने सयुंक्त रुपमा अनावरण गरेका छन् । 
 
कार्यक्रममा वाटर एडका सिनियर कार्यक्रम प्रबन्धक तथा पानी बिज्ञ कबिन्द्र पुडासैनी र डब्लुडब्लुएफका सिनियर कार्यक्रम प्रबन्धक घनश्याम गुरुङले नेपालमा पिउने पानीको हालको अवस्था र गुणस्तरको बारेमा चर्चा गरेका थिए । दुबैजनाले कोकाकोलाला सँग आफुहरुले साझेदारीले उपत्यका र उपत्यका बाहिर वर्षातमा परेको पानी जमिन मुनी पठाएर रिचार्ज गर्न सहयोग पुग्ने बताए । 
 
प्रडक्ट लिञ्चङ कार्यक्रममा बोल्दै नेपालको लागि कोकाकोलाला नेपालका कन्ट्रि डाइरेक्टर अम्बुजले किन्ले ब्राण्ड सबै ठाउँमा नै निकै प्रख्यात भएको बताउदै उनले नेपालमा समेत निकै राम्रो बजार पाउने विश्वास व्यक्त गरे । 
 
अघिल्लो वर्ष कोक जिरो नेपाली बजारमा ल्याएको थियो । यस वर्ष किन्ले ब्राण्डलाई नेपालमा ल्याउन पाएकोमा कोका—कोला ब्राण्डले खुशी व्यक्त गरेको छ । नेपाली बजारमा आएको नयाँ कुराले उपभोक्ताको फरक आवश्यकतालाई सम्बोधन गर्ने विश्वास ब्राण्डको रहेको छ । 
 
सोही कार्यक्रममा बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनिले भने ‘ हामीले किन्लेको नेपालमा सुरु गरेका छौँ ,यसको शुद्धतामा कुनै सम्झौता गरिएको छैन्’ ८ चरणसम्म पानीको प्रोसेसिङ हुने बताए । 
 
नेपालमै उत्पादन भएको उच्च गुणस्तरको पानीको नेपालभरीनै फैलाउने लक्ष्य लिएको छ । साथै लन्च गरिएको किन्ले एक लिटर साइजमा बजारमा उपलब्ध हुने पानीको बजार मुल्य २५ रुपैयाँ रहेको छ । 
 
कार्यक्रममा बोल्दै ब्राण्ड एम्बेसडर महानायक राजेश हमालले भने, ‘किन्लेले मेरो विश्वास जितेको छ ,मलाई विश्वास छ यसले सारा नेपालीको विश्वास जित्ने छ ।’
 
किन्ले कोका—कोलाको अन्तराष्ट्रिय गुणस्तरको उत्पादन भएकाले यसको उत्पादनमा कुनै पनि सम्झौता गरिएको हुदैन । यसले स्टेट अफ आर्ट टेक्नोलोजी मा आधारीत रहेर आफ्नो उत्पादन ल्याईरहेको छ । त्यसैले किन्ले सधै आफ्नो रोजाईमा परेको हमालले बताए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफर ग्लोबलबीच सेवा थालनी
2.   हाइड्रो र पर्यटन आर्थिक विकासका मेरुदण्ड –चन्द्रप्रसाद ढकाल
3.   हिमालयन बैंकको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न
4.   राष्ट्रिय आर्थिक गणना २०७५ हुँदै
5.   नाट्टाको अध्यक्षमा पाण्डे निर्वाचित
6.   आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा रामहरि श्रेष्ठ
7.   अनाथ बालबालिकालाई हिमालयन बैंकको सहयोग
8.   सहकारीमा पनि १० लाखभन्दा बढीको कारोबारमा स्रोत खुलाउनुपर्ने
9.   अमेरिकाबाट पैसा पठाउन इन्भेष्टमेन्ट बैंकको रेमिन्ट्यान्स सेवा
10.   एनसेललाई लाभांश विदेश लैजान बाटो खुला
11.   सिङ्गापुरको इन्सटारेम र एनएमबी बैंकबीच रेमिट्यान्स सम्झौता
12.   सिटी एक्स्प्रेस र अल् फर्दान एक्सचेञ्जवीच रेमिट्यान्स सम्झौता
13.   आइएमई जनरलको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
14.   सिटी एक्सप्रेसको उपहार कार पाउने भाग्यमानी बने तामाङ
15.   हिमालयन बैंकले गर्‍यो सामुदायिक स्वास्थ्य सेवा परिषदलाई सहयोग
16.   ‘आईएमई छक्का-पञ्जा’अफरको अन्तिम नतिजा सार्वजनिक
17.   महालक्ष्मी विकास बैँकको दार्चुलामा नयाँ शाखा
18.   चुनावको अधिक खर्चले तरलतामा असर
19.   आइएमई र मुथुतफाइनान्सवीच रेमिटेन्स सम्झौता
20.   मतदानसँगै समृद्धिको अपेक्षामा व्यवसायीहरु
21.   चुनावमा अवैध पैसा धेरै
22.   कोकाकोलाले ल्यायो नेपाली बजारमा किन्ले ब्राण्डको पानी
23.   सहरी विकासका लागि एडीबीको ऋण सहयोग
24.   सिटी एक्स्प्रेस मनी ट्रान्सफरले गर्‍यो एघारौं हप्ताको बिजेताहरु घोषणा
25.   एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’
Results 792: You are at page 1 of 32
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media