शुक्रवार, बैशाख १४ गते, २०७५
मंगलवार, २०७४ मंसिर १२ गते २२:५७

व्यवसायी तथा लेखक कर्ण शाक्यको ‘म कसरी नागरिक बनौ’ गीत सार्वजनिक भएको छ । लोकप्रिय गायक कर्णदासको स्वर तथा संगितमा लिपिवद्ध उक्त गितलाई बरिष्ठ गितकार तथा कवि रत्नशम्शेर थापाले लोकार्पन गरेका हुन ।  
 
कर्ण सकारात्मक कोषको आयोजनामा सम्पन्न लोकार्पण समारोहमा बोल्दै गीतकार तथा कवि डा. प्रकाश शायमीले यो गीतलाई गीत मात्र नभएर प्रत्येक नागरिकको जिम्मेवारीबोधको अभिव्यक्ति पनि भएको टिप्पणी गरे । यस्तै कार्यक्रममा बरिष्ठ गितकार तथा कवि रत्नशम्शेर थापाले कविताको अंग भएपनि गितको बेग्लै छन्द र गन्ध हुने भन्दै यस गितमा यी सबैको बेजोड संयोजन भएको र सबैले यसलाई गहिरिएर ग्रहण गर्न अनुरोध गरे ।
 
गितका गितकार तथा कर्ण सकारात्मक कोषका संरक्षक कर्ण शाक्यले यो गीत मात्रै नभएर सकारात्मक सोच सम्बन्धी एउटा अभियान भएको बताए । उनले भने, ‘देश समृद्ध नहुनु र पछि पर्नुमा नेताहरु भन्दा हामी नागरिक दोषि हौ, यसैले हामी नागरिक आफै सकारात्मक सोचसहित साच्चै नागरिक बन्न सके असंभव केहि छैन ।’


 
कार्यक्रममा गायक तथा संगितकार कर्णदासले गित प्रस्तुत गर्ने क्रममा आफ्नो गायकी जिवनकै यो उत्कृष्ट गित रहेको बताए । उनले भने ‘यो गीत एकदमै संवेदनशील विषयमा बनेको छ र यसले प्रश्न नभएर नमन र नियमन पनि गराउँछ ।’
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
151.   समयसँगै देश दौडाहामा
152.   कलाकार उठाएर भोट बढाउने मेसोमा दलहरु
153.   मापसेको कक्षापछि दीपकले लाइसेन्स लिए, डीआईजीलाई ‘तीतो सत्य’मा निमन्त्रणा
154.   नम्रताले खोलिन नयाँ प्रेमिको रहस्य
155.   प्रहरीले झुक्यायो : दिपकराज गिरी
156.   अनमोलले फिल्म खेल्छ, म राजनीति गर्छु:केसी
157.   यौनकाण्डमा मुछिएका भारतीय बाबाहरु
Results 157: You are at page 7 of 7
First Prev 1 2 3 4 5 6 7

Powered By : Unitech Media