सोमवार, असार ३२ गते, २०७५
मंगलवार, २०७४ मंसिर ०५ गते २२:२३

अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनद्वारा सञ्चालित क्लिन्टन फाउन्डेसनले नेपाली चेली कञ्चन अमात्यलाई प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल अवार्ड २०१७ द्वारा सम्मान गरेको छ ।
 
फाउन्डेसनको १० औ बार्षिक उत्सवको अवसरमा  अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा आयोजित एक कार्यक्रबीच अमात्य सम्मानित भएकी हुन् । 
 
उक्त कार्यक्रममा पूर्व राष्ट्रपति बिल क्लिन्टन, उनकी छोरी चेल्सी क्लिन्टन लगायत महत्त्वपूर्ण बिशेष व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । वार्षिक उत्सवमा ९० देशका झन्डै १ हजार ५ सय नेतृत्वहरु भेला भएका थिए । 
 
ललितपुर पाटन घर भएर हाल अमेरिकामा बसोबास गर्दै आएकी कञ्चन अमात्य काठमाडौँ सेन्ट मेरिज पढाइपछि नर्बेमा युनाईटेड वल्र्ड कलेजमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी थिइन् । जसको माध्यमबाट उनले विश्वका सबै महादेश नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन् ।
 
उनले राष्ट्रपति भवनमा ह्वाइट हाउसको कार्यालयमा भएको बिज्ञान तथा प्रविधि नीति बिषयक गोष्ठीमा प्रस्तुती समेत गरीसकेकी छिन् । यस्तै राष्ट्रसंघमा नेपालको प्रतिनिधित्व गर्ने सबैभन्दा युवा महिला भै प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन् भने राष्ट्र संघको साधाराण सभामा वक्ता बनेर झन्डै ३५ लाख जनसख्याको प्रतिनिधित्व गर्दै बोल्ने अवसर समेत पाएकी छिन् ।


 
अमात्य ग्लोबल च्याम्पियन फर वुमेन्स इकोनोमिक इम्पावर मेन्ट, सयुक्त राष्ट्र संघ महिला सशक्तिकरण, युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपालकी अन्तर राष्ट्रिय निर्देशक, रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो, ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकी सद्भावना दुत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार, नेपाल, शान्ति एज्नेट, बिशिस्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरी सकेकी छिन् ।
 
उनलाई हालसालै २०१७ एभ्रीडे योङ्ग हिरो अवार्डद्वारा पुरस्कृत गरिएको थियो  । यसको साथै आगामी डिसेम्बर ४ मा हुने मा डिसीमा हुने बिश्व बैंक युवा सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
326.   काठमाडौमा क्यानेडियन भिषा अफिस खोल्न पहल
327.   जनप्रगतिशील मञ्च ओमानको बार्षिक भेला सम्पन्न
328.   नेपाली फुटबल टिमलाई अल अहली क्लवले दियो डेड दर्जन फुटबल
329.   मलेसियामा राहदानी नविकरणबारे एसएमएसबाटै थाहा पाइने
330.   अमेरिकामा नेपालीलाई १० करोडको चिठ्ठा
331.   बेलायतमा नेपालीले किने नर्सिङ् होम
332.   मलेसियाका मेनपावर व्यवसायीहरुको छुट्टै संघ गठन
333.   समयमा तलव नदिने कम्पनीले थप कामदार ल्याउन नपाउने
334.   स्याङजा सहयोग समाज क्याक्मी ईकाईमा राना
335.   भोजपुर समाज कतारद्धारा विभिन्न संस्था तथा व्यक्तित्व सम्मानित
336.   हङकङ निवासी राईले दिए कलेजलाई ३ सय थान पुस्तक
337.   कतारमा नेपालीलाई उत्कृष्ट कामदारको अवार्ड
338.   कतारमा अलि मिया पुनः सम्मानित
339.   यूएईमा एनआरएनको नयाँ बर्षको कार्यक्रम सम्पन्न
340.   द नेपालीज् कम्युनिटी नेटवर्क अफ क्यानाडामा नयाँ कार्यसमिति
341.   यूएईमा अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस मनाइयो
342.   आश्रय स्थल राख्नका लागि नेपाली दूतावास ओमान समक्ष ज्ञापनपत्र
343.   दूतावास र एनआरएनको पहलमा नरबहादुर स्वदेश फर्कदै
344.   कतारका व्यवसायीहरु लगानी गर्न उत्साहित
345.   चितवन युवा समूह कतारले गर्यो आर्थिक सहयोग
346.   बाग्लुङ सेवा समाजको बनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
347.   बरालको नेतृत्वमा मोसुको नयाँ कार्यसमिति
348.   समूहमा बचत गर्दै कतारबासी युवाहरु
349.   पत्रकार महासंघ कतार शाखामा बन्जाडेको नयाँ नेतृत्व
350.   ओमानमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
Results 427: You are at page 14 of 18
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 Next Last

Powered By : Unitech Media