मंगलवार, मंसिर २६ गते, २०७४
सोमवार, २०७४ कार्तिक २० गते २१:४१

 हवाई, जल र स्थलमार्ग भएर अवैध रूपमा अमेरिका पुग्नेमा किशोरकिशोरीसमेत रहेको खुलासा भएको छ । अमेरिकी सरकारले नै आफ्ना माइनर केन्द्र ९बालबालिका राखिने स्थानहरूमा किशोरकिशोरी रहेको जानकारी नेपाली दूतावासलाई दिएको छ ।
 
आठरनौ कक्षा पढ्दै गरेका विद्यार्थीसमेत यसरी अमेरिका पुग्न थालेपछि अमेरिकी सरकारले चासो देखाउँदै कूटनीतिक जानकारी दिएको हो । अमेरिका जाने गौंडाका रूपमा रहेका कोस्टारिका र पानामाले समेत केही माइनर केन्द्रमा नेपाली रहेको जानकारी अमेरिकास्थित नेपाली दूतावासलाई दिएका छन् । विद्यालय शिक्षा पूरा गर्नुपर्ने उमेरका नेपाली किशोरकिशोरी यसरी अवैध रूपमा बाहिरिनु निकै गम्भीर रहेको भन्दै अमेरिकाले नेपाली दूतावासलाई सोधेको हो । 
 
अमेरिका प्रवेश गरेका किशोरकिशोरीसँग कुनै कागजात हुँदैनन् र उनीहरू कति उमेरका हुन् भन्ने जानकारी नै हुँदैन । तर उनीहरू झट्ट हेर्दा निकै कम उमेरका देखिन थालेपछि नेपालबाट उनीहरूको विवरण मगाएरै अमेरिकाले दूतावासलाई जानकारी दिएको परराष्ट्र अधिकारीले बताए । वासिङटन डीसीस्थित नेपाली दूतावासका अनुसार अहिले पनि अमेरिकी केन्द्रमा १६ किशोरकिशोरी छन् । केहीको पुष्टि हुन बाँकी छ । केही उमेर पुगेर जेलमा स्थानान्तरण गरिएका छन् भने केही वकिलको सहायतामा त्यहीँ काम गरेर कागज बनाउने प्रक्रियामा छन् ।

किशोरकिशोरीलाई समेत मानव तस्करले प्रभावमा पारेर विदेश लैजान थालेपछि अमेरिका गम्भीर बनेको दूतावासले जनाएको छ । अमेरिकी सरकारले जानकारी दिएभन्दा बढी किशोरकिशोरी रहेको अनुमान दूतावासको छ । 
कान्तिपुर दैनिकबाट 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन मूल आयोजक समिति गठन
2.   वैदेशिक रोजगार विभागले फेरि पायो नयाँ महानिर्देशक
3.   कारबाही फुकुवा गर्न महानिर्देशक पाण्डेले अन्य मेनपावरबाट पनि लाखौ लिएको खुलासा
4.   कैलाश खड्का महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित (फोटो फिचर)
5.   वैदेशिक रोजगार व्यवसायी संघको भवन शिलान्याश
6.   दुई बर्षमा ३ सय १३ नयाँ मेनपावर दर्ता
7.   पाण्डे त पक्राउ परे, निर्देशक रमा भट्टराईको पालो कहिले ?
8.   सुभद्रासँग पैसा असुल्ने दाउमा पाण्डे परे अख्तियारको फन्दामा
9.   अख्तियारद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ
10.   केन्द्र र प्रदेश सभाको उम्मेदवार बनेका श्रममन्त्री र राज्यमन्त्रीलाई संघले दियो बिजयको शुभकामना
11.   महानिर्देशक माथि नै झम्टिए वैदेशिक रोजगार पीडितका आफन्त (हेर्नुहोस् भिडियो )
12.   अवैध रूपमा अमेरिका पुग्नेमा किशोरकिशोरीसमेत रहेको खुलासा
13.   कोरियामा तलब नपाउने प्रवासी मजदुर ३ गुणाले बढे : ४ करोड डलरमाथि तलब पाउन बाँकी
14.   अलैँचीको आम्दानीले युवालाई बिदेसिन दिएन
15.   मेनपावर सञ्चालक नै भिजिट भिसाको धन्दामा
16.   श्रमिकको अधिकार नै मध्यपूर्वका एनआरएनका साझा मुद्धा
17.   म्यादी प्रहरीमा जागिर खुल्यो, ९८ हजारको माग
18.   महासंघका अध्यक्ष मल्ल प्रदेश सभाको उम्मेदवार सिफारिस
19.   सेनामा २७ सय जनालाई जागिरको मौका, सिपाहीदेखि सिकर्मी र ड्राइभरसम्म माग
20.   निजामती कर्मचारीको पदपूर्ति नरोकिने
21.   मेनपावरको धरौटी रकम बढ्न नदिन लोकतान्त्रिक फोरम राजनीतिक लबिङमा
22.   वन तथा भू-संरक्षण राज्यमन्त्री शर्मालाई अग्रज व्यवसायीको बधाई
23.   बढी पैसा असुल्ने मिथिला मेनपावरलाई कारबाही गर्न विभागलाई अख्तियारको पत्र
24.   कृषि बिकास बैंकले माग्यो २ सय ६० कर्मचारी (सूचनासहित)
25.   बबन सिंहले निकालेको विज्ञप्तिले वैदेशिक रोजगार क्षेत्रमा बबाल
Results 496: You are at page 1 of 20
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last

Powered By : Unitech Media