आइतवार, फाल्गुन ०६ गते, २०७४
शुक्रवार, २०७४ कार्तिक १७ गते २३:४१

‘कम्युनिस्टको नेतृत्वमा परिवर्तन र उपलब्धि, कम्युनिस्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि’ भन्ने मूलनाराका साथ नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन–२०७४ को घोषणापत्र सार्वजनिक गरेका छन् ।
 
२९ पेज लामो घोषणापत्रमा नेपाललाई पाँच वर्षभित्र गरिबीमुक्त बनाउने र १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तीमा ५ हजार डलर पु¥याउने महत्वकाक्षि योजना समावेश छ । यस्तै आगामी पाँच वर्षभित्र नेपाललाई विकासशील राष्ट्रको पंक्तिमा पु¥याउदै विक्रम संवत् २०९९ सम्म नेपाललाई समन्नुत राष्ट्रको स्तरमा पु¥याउने गरी आर्थिक र विकासका योजना अगाडि बढाउने लक्ष्य लिएको घोषणापत्रमा उल्लेख छ ।
 
आर्थिक विकासलाई तीव्र रूपमा अघि बढाउन जलस्रोत तथा ऊर्जामा राष्ट्रिय अभियान, आधुनिक प्रविधिसहित सडक, रेल, विमानस्थल, नहरलगायत भौतिक पूर्वाधार विकास, कृषि क्षेत्रको आधुनिकीकरण, पर्यटन तथा उत्पादनशील उद्योग क्षेत्रको विकास, मानव संसाधनको विकासलाई योजनाबद्ध ढंगले अघि सारिएको छ ।
 
गाउ टोलमा सहकारी घरघरमा रोजगारी र स्वरोजगारी सिर्जना गर्ने उल्लेख गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित बनाइने घोषणापत्रमा उल्लेख छ । देशलाई आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्दै रोजगारदाता मुलुकुसँग श्रम सम्झौता गरेर सरकारी माध्यमबाट मात्र श्रमिक पठाउने व्यवस्था गर्ने तथा तालिम र प्रशिक्षण दिएर दक्ष तथा अर्ददक्ष श्रमिकमात्र वैदेशिक रोजगारीमा पठाउने घोषणापत्रमा उल्लेख छ ।
 
यस्तै देशमा प्राप्त हुने विप्रेषणको ९० प्रतिशत हिस्सा राष्ट्रिय उत्पादनमा लगाउने र वैदेशिक रोजगारीका क्रममा नेपालीहरुले प्राप्त गरेको सीपलाई प्रमाणिकरण गरी राष्ट्र निर्माणमा उपयोग गरिने पनि घोषणापत्रमा जोड दिइएको छ । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज ग्याल्बो र सोनाम ल्होसार मनाइँदै
2.   ओलीले लिए प्रधानमन्त्रीको सपथ
3.   दोश्रो पटक ओली बने प्रधानमन्त्री, आजै सपथ ग्रहण
4.   पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
5.   क्यासिनोमा अवैध पाँच विदेशी कामदार
6.   भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
7.   निगमको संरचना परिवर्तन गरिँदै
8.   ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिम आरम्भ
9.   धुर्मुस-सुन्तलीको अगुवाइमा रौतहटमा बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण
10.   ग्रामीण विकासकालागि दक्षिण कोरियाले गर्यो एक अरव सहयोग
11.   प्रदेशमा जान कर्मचारीको अटेर, नजानेलाई कारवाही गर्ने सरकारको तयारी
12.   नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा
13.   सावाको नेतृत्वमा नयाँ कार्य समिति सर्व–सम्मत चयन गर्दै प्रगतिशील मञ्चको अधिवेशन सम्पन्न
14.   मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
15.   आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
16.   अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने
17.   जापानले ३२ करोड आर्थिक साहयता दिने
18.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
19.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
20.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
21.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
22.   सुरक्षित घर अभियान सुरु
23.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
24.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
25.   नाट्टामा डिके शर्माको स्वतन्त्र र व्यवसायिक समूह घोषणा
Results 651: You are at page 1 of 27
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media