सोमवार, फाल्गुन ०७ गते, २०७४
विहिवार, २०७४ आश्विन २६ गते २२:५५

 
एनसेल प्राइभेट लिमिटेडले विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा आइफिल्क्ससँग सहकार्य गरेको घोषणा गरेको छ । यो सहकार्य अन्तर्गत, एनसेलका ग्राहकले बिहीबादेखि तीन महिना सम्म आईफ्लीक्सको विश्वस्तरीय सेवामा असिमित पहुँचको मजा लिन सक्नेछन् ।
 
तीन महिनाको समयावधिमा एनसेलका ग्राहकले राती १२ बजे देखि बिहान ५ बजे सम्म एनसेलको डेटा सेवा प्रयोग गरी आईफ्लिक्समा रहेको कुनै पनि सामाग्री निःशुल्क हेर्न तथा डाउनलोड गर्न सक्नेछन् । यसका साथै एनसेलका फोरजी ग्राहकले हरेका दिन बिहान ५ बजे देखि बेलुका ५ बजे सम्म थप २ घण्टा आईफ्लीक्सको निःशुल्क मजा लिन सक्नेछन् ।
 
'आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय मनोरञ्जन प्रदान गर्न आईफ्लीक्ससँग सहकार्य गर्न पाउँदा हामी निकै हषिर्त छौ । देशको विभिन्न १९ सहरमा फोरजी सेवा विस्तार पश्चात गरिएको यो सहकार्य डिजिटल नेपाल निर्माणको कार्यमा योगदान पुर्याउन एनसेल प्रतिबद्घ रहेको प्रमाण हो र यो सेवाले डेटा तथा कन्टेन्टको बढ्दो मागलाई सम्बोधन गर्नेछ,' एनसेलका कर्पोरेट सर्भिसेस् डाइरेक्टर प्रणय आचार्यले भने ।
 
एनसेलले आईफ्लिक्स अफर ल्याइएको अवसरमा कर सहित मात्र रु ५० मा १ घण्टाको भिडियो प्याक पनि ल्याएको छ । यो प्याक अन्र्तगत ग्राहकले आईफ्लिक्समा रहेका कन्टेन्टहरु मध्य कुनै पनि कन्टेन्टको एक घण्टा सम्म मजा लिन सक्नेछन् र ग्राहकले आफ्नो आवश्यकता अनुसार यो प्याक जति पटक पनि लिन सक्नेछन् ।
 
विश्वका विभिन्न २२० भन्दा बढि स्टुडियो तथा डिस्ट्रिब्युटरसँगको साझेदारीमा आईफ्लिक्सले ग्राहकमाझ उनीहरुले रुचाएकाप्रसिद्ध, समीक्षकले सह्राएका अन्तर्राष्ट्रिय तथा स्थानीय टीभी सिरियल तथा सिनेमाको बृहद संगालो उपलब्ध गराउने छ । जस्तै हलिउडबाट टिनवुल्फ, भाइकिङ् उपलब्ध हुनेछन् र बलिउडका सिनेमा जस्तै पिकु, क्रिस थ्री र हिरोपन्थि जस्ता सामग्रीहरु रहनेछन् ।
 
नेपालमा आईफ्लीक्स सेवाको शुरुवात भएको अबसरमा, थुप्रै चर्चित सिनेमा तथा टीभी शोहरु नेपाली सब टाइटलमा पनि उपलब्ध हुनेछन् ।
 
“आईफ्लिक्स स्थानीय ग्राहकहरुको मनोरञ्जनको माग पुरा गर्न अत्यन्त संवेदनशील छ । हाम्रो सामग्रीको विशाल संकलनबाट विश्वका उत्कृष्ट टीभी शो तथा सिनेमा नेपाली दर्शक तथा ग्राहकलाई आफ्नै रोजाईको डिभाइसमा डाउनलोड वा स्ट्रिम गर्ने सुविधा प्रदान गर्न हामी दत्तचित्त भएर लागेका छौं । यस सेवाको लागि एनसेल, नेपालको अग्रणी मोबाइल सेवा प्रदायकसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त हषिर्त छौं, ” आईफ्लिक्सका लागि नेपालकी कन्ट्री लीड भावना घिमिरेले भनिन् ।
 
ग्राहकले गुगल प्ले वा आइओएस एप्पल स्टोरमा गई सजिलै आईफ्लिक्स एप डाउनलोड गर्न सक्छन् र आफ्नो इमेल वा फेसबुक अकाउन्ट प्रगोग गरी एपमा रजिष्टर गर्न सक्नेछन् । एप डाउनलोड गर्दा र कन्टेन्टहरु हेर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । एक पटकमा ग्राहकले आफ्ना ५ वटा सम्म डिभाइसमा जस्तै मोबाइल, ट्याबलेट, ल्यापटप, डेस्कटप र टीभीमा आईफ्लिक्स पहुँचको मजा लिन सक्छन् र एकै साथै दुई वटा डिभाइसमा विभिन्न सामाग्रीहरु हेर्न सक्नेछन् ।
 
आईफ्लीक्स के हो ?
 
विश्वको विकासशील बजारमा आईफ्लीक्स एउटा अग्रणी मनोरञ्जन सेवा प्रदायक हो  । जसले प्रयोगकर्तालाई हजारौं टीभी शो, सिनेमा तथा अन्य धेरै सेवाको असीम पहुँच (अनलिमिटेड एक्सेस) प्रदान गर्दछ ।
 
सबैको प्रिय कमेडी, ड्रामा, के-ड्रामा, टर्किस ड्रामा, बलिउड, नलिउड, कार्टुन्स, सिनेमा, लाईभ खेलकूद, तथा हलिउड देखि संयुक्त अधिराज्य, एशिया, मध्यपूर्व र अफ्रिकाका लोकप्रिय कार्यक्रम डाउनलोड वा स्ट्रिम गर्ने सुविधा हरेक व्यक्तिको आफ्नो औलामा पुर्‍याउने काम आईफ्लीक्सले गर्दछ । महिनाको एकपल्ट कम मासिक शुल्कमा ग्राहकले आफूलाई मनपर्ने कार्यक्रम ल्यापटप, ट्याब्लेट, टीभी आदीमा जहाँपनि र जहिलेपनि हेर्न पाउँछन् ।
 
हाल आईफ्लिक्सका सेवा मलेसिया, इण्डोनेशिया, फिलिपिन्स, थाईल्याण्ड, ब्रुनई, श्रीलंका, पाकिस्तान, म्यानमार, भियतनाम, मालदिभ्स, कुवेत, बहराईन, साउदी अरेबिया, जोर्डन, इराक, लेबनन, इजिप्ट, सुडान, कम्बोडिया, नाईजेरिया, घाना तथा नेपालमा उपलब्ध छन् ।
 
एनसेलले नेपालमा सन् २००४ देखि देशको पहिलो निजी मोबाइल सेवा प्रदायकका रूपमा सेवा प्रदान गरिरहेको छ । हामी स्थानीय अनुभूतिसहित अन्तर्राष्ट्रिय गुणस्तरको सेवा उपलब्ध गराउँछौं । हाम्रा अधिकांश कर्मचारीहरू नेपाली नै छन् र हाम्रा सेवाहरू स्थानीय समुदायको आवश्यकतालाई पूरा गर्ने गरी तयार पारिएका छन् ।
 
हामी नेपालका सबै जनतालाई आफ्नो नेटवर्क मार्फत उच्च गुणस्तरीय, आधुनिक र सुलभ सेवाको पहूँचमा ल्याउन र आफ्ना ग्राहक तथा साझेदारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्न निरन्तर लागिरहेका छौं ।
 
एनसेल आजीयाटा ग्रुप बर्हादसँग आबद्ध रहेको कम्पनी हो । आजीयाटाको साथमा, एनसेलले आफ्नो उच्चस्तरीय सेवाको सञ्जाल फैलाउँदै र अति विकट ठाँउका जनताहरुलाई समेत सञ्चार सेवाको पहुँच भित्र ल्याउदै, देशको आर्थिक र पुर्वाधार विकासमा योगदान पुर्‍याउन प्रतिबद्घ छ ।
 
हाल कम्पनीले १ करोड ५७ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   राष्ट्रिय व्यवसायी महासंघको उपाध्यक्षमा सेढाईको दावी
2.   ठूला भनाउँदा व्यवसायीले सबैको मुद्धा नउठाउँदा बन्यो महासंघ
3.   हिमालय सीमापार बाणिज्य संघमा पौडेल प्यानल बिजयी
4.   हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा पौडेलको उम्मेदवारी
5.   आईएमई पे को 'बी टु बी' सेवा शुरु
6.   दक्षिण कोरियाको क्युएस रेमिटबाट हिमालरेमिट सेवा शुभारम्भ
7.   जेएमई रेमिटको सेन्चुरी बैंक र कन्काई बिकास बैंकसँग रेमिट्यान्स सम्झौता
8.   राष्ट्रिय ब्यवसायी महासंघको पहिलो महाधिवेशन फागुन ५ गते हुदै
9.   नेपाल मेडिसिटी र बुद्ध एयरबीच सहकार्यका लागि सम्झौता
10.   आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता
11.   बेष्ट रेमिट अब जिएमई
12.   वार्षिकोत्वसको अवसरमा टेलिकमको छुटैछुट
13.   सिद्धार्थ बैंकको बेनी शाखा शुभारम्भ
14.   सिभिल मल व्यापार संघको अधिवेशन सम्पन्न, अध्यक्षमा महर्जन निर्विरोध
15.   दोस्रो बैंकिङ एक्स्पो–२०१८ सम्पन्न
16.   राष्ट्रिय अर्थतन्त्रसँग जोडिएर लगानी गर्न राष्ट्र बैंकको निर्देशन
17.   अनिल शाह नबिलमा, सिइओ बन्न नियमले रोकेपछि डेपुटी सिइओमा नियुक्त
18.   बेलायती लगानीकर्ताहरु नेपालमा लगानी गर्न उत्सुक
19.   सहकारीलाई स्थानीय तह मातहत ल्याउन अलमल
20.   ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम
21.   महालक्ष्मी विकास बैँकको शाखा स्थानान्तरण
22.   साकुरा सेभिङ्ग एण्ड क्रेडिटको प्रधान कार्यालय चुच्चेपाटीमा उद्घाटन
23.   सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफर ग्लोबलबीच सेवा थालनी
24.   हाइड्रो र पर्यटन आर्थिक विकासका मेरुदण्ड –चन्द्रप्रसाद ढकाल
25.   हिमालयन बैंकको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न
Results 814: You are at page 1 of 33
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last

Powered By : Unitech Media