शुक्रवार, बैशाख १४ गते, २०७५
शनिवार, २०७४ आश्विन २० गते ०२:३५

गैरआवासीय नेपाली संघले निर्माण गरिरहेको गोरखाको लाप्राक नमुनाबस्ती निर्माण कार्यको अन्तिम चरणमा पुगेको छ । यही अक्टोबरमा सम्पन्न गर्ने लक्ष्य रहेपनि भौगोलिक विकटताका कारण बस्ती निर्माणको करिव ६० प्रतिशत काम सम्पन्न भएको र बाकी काम छिटै सम्पन्न हुने अभियानकर्ता मध्येका एक सदस्य श्याम तामाङले बताए ।
 
विश्वभरका गैरआवासीय नेपालीहरुको सहयोगमा निर्माण भैरहेको लाप्राक नमुना बस्तीको निर्माण कार्य अहिले तिब्र गतिमा अघि बढिरहेको छ । एनआरएनएको आठौ विश्वसम्मेलनमा भाग लिन संसारभरबाट काठमाडौ आएका गैरआवासीय नेपालीहरुलाई यही अक्टोबर १० मा उक्त बस्तीनिर्माणको स्थलगत अवलोकन गराउने कार्यक्रम रहेको पनि तामाङले जानकारी दिएका छन् ।
 
विनाशकारी भुकम्पका कारण पीडित परिवारको पुर्नवासका लागि नेपाल सरकार र पुर्ननिर्माण प्राधिकरणबाट एनआरएनएले लाप्राकको गुप्ती पाखामा ५ सय ७३ वटा घर बनाउने स्वीकृती पाएपछि तत्काल काम शुरु गरेको थियो ।


 
यस अभियानमा संघका अध्यक्ष शेष घलेसहितका पदाधिकारीहरु र विश्वका विभिन्न देशका गैरआवासीय नेपालीहरुले समय–समयमा बस्ती निर्माण स्थलमै पुगेर स्वंयमसेवीका रुपमा श्रमदान समेत गरिरहेका छन । 














 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: फिचर
26.   विजयादशमिको पहिलो दिन घटस्थापना
27.   कस्तो फोटो मान्य हुन्छ डिभी लटरीमा ?
28.   नर्बेमा मध्यरातमा घाम ?
29.   विदेशमा ज्यान गुमाउनेको डरलाग्दो तथ्याङ्क
30.   इन्टरनेटबाट मितेरी साइनो
31.   वाह् सेक्स टोय
32.   अञ्जूको वियोगान्त कथा
33.   कतारमा मल अफ एसिया
Results 33: You are at page 2 of 2
First Prev 1 2

Powered By : Unitech Media