मंगलवार, माघ ०२ गते, २०७४
रोविन्दप्रसाद श्रेष्ठ (गोविन्द), उम्मेदवार, एसिया प्यासिफिक संयोजक, एनआरएनए
शुक्रवार, २०७४ आश्विन ०५ गते ०५:०४

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए) को आगामी कार्यकालका लागि जापानबाट रोविन्दप्रसाद श्रेष्ठ (गोविन्द)ले एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको छ । यही अक्टोवर १४ देखि १७ सम्म काठमाडौमा हुने आठौं विश्व सम्मेलन तथा महाधिबेशनले सन् २०१७–१९का लागि नयाँ नेतृत्व चयन गर्दै छ । 

एनआरएनए अभियानको सुरुवातसँगै सक्रिय रहँदै आउनुभएका श्रेष्ठ एनआरएन जापानको सदस्य, उपाध्यक्ष, आइसीसी सदस्य हुँदै दुई पटक एसिया प्यासिफिक सहसंयोजक पदमा रहि जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । एनआरएनए अभियानमा केहि लिनको लागि भन्दा पनि दिनको लागि आफु होमिएको बताउनुहुने श्रेष्ठ आजसम्म एनआरएनए अभियानमा हाँसिल गरेको अनुभवलाई थप जिम्मेवारीसहित अघि बढाउन आफुले एसिया प्यासिफिक संयोजकमा उम्मेद्वारी दिएको बताउनुहुन्छ ।


एनआरएन अभियानमा सँधै आर्थिक तथा भौतिक सहयोगमासमेत अग्रपंक्तिमा देखिनुहुने श्रेष्ठले भुकम्पको समयमा एन आर एन ए मार्फ़त र  व्यक्तिगतरुपमा गरी ५० लाखभन्दा बढी सहयोग प्रदान गर्नुभएको थियो  भने भारतले नाका बन्दी लगाएका बेला नेपालमा औषधीको अभावलाई सहज गर्न १० लाख ५१ हजार सहयोग प्रदान गर्नु भएको थियो  ।  बाढीपिडितको सहयोगार्थ पनि अहंम भूमिका खेल्नुभएको थियो । यस्तै एनआरएनए भवन निर्माण र लाप्राक बस्ती निर्माणमा पनि सहयोगका अलवा आफै उक्त अभियानमा संलग्न श्रेष्ठले आम एनआरएनहरुमाझ समाजसेवीको समेत पहिचान बनाउनुभएको छ ।

समग्रमा एनआरएनए अभियान, एसिया प्यासिफिक क्षेत्रका नेपालीहरुको अवस्था तथा उहाँका भावी कार्ययोजनासहित एसिया प्यासिफिक क्षेत्रमा उहाँको उम्मेदवारीको विषयमा श्रेष्ठसँग रोजगारमञ्चले गरेको कुराकानी :
 
गैरआवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रको संयोजकमा यहाँले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । यहाँको उम्मेदवारी किन र केका लागि ?
हो, मैले एनआरएनए एसिया प्यासिफिक संयोजकमा उम्मेद्वारी घोषणा गरिसकेको छु । गैरआवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रको स्थापना कालदेखिनै म एनआरएन  अभियानमा सक्रियरुपमा संलग्न रहदै आएको छु । यस अवधिमा मैले पदमा रहदा होस या नरहँदा जेजति योगदान गरे त्यसलाई मूल्यांकन गरेरै होला एनआरएनएका अग्रज तथा साथीभाईहरुले थप जिम्मेवारी लिनका लागि दिएको हौसला तथा सल्लाहका कारण मैले आरसीमा उम्मेदवारी दिएको छु । एनआरएनए अभियानलाई अझ ससक्तढंगले कसरी अगाडि बढाउन सकिन्छ र विदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई समेटेर देशको लागि केहि गर्नुपर्छ भन्ने मेरो विगतदेखिको सोचलाई थप संस्थागत गर्न पनि मेरो उम्मेदवारी हो ।
 
अर्को कुरा अहिलेपनि एनआरएनए आइसीसी र एनसीसीबीच केहि खाडल देखिएको छ । यसैले एसिया प्यासिफिक क्षेत्रमा रहेका एनआरएनए एनसीसीबीच मध्यस्तकर्ताको भूमिका खेलेर आइसीसीसँगको खाडल मेट्न, यस क्षेत्रमा रहेका नेपालीहरुको समस्या पहिचान गरी निराकरण गर्न, विदेशी सीप र लगानीलाई स्वदेशमा ल्याउन, एनआरएन अभियानमा अझै धेरै तन, मन र धनले सहयोग गर्न प्रतिवद्धतासहित क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिएको छु ।


 
यस पदमा दावेदारी गर्नेहरु धेरै छन र सबैले आफुलाई योग्य सावित गरिरहेका छन यस अवस्थामा संयोजक पदमा नै चाहि यहाँको उम्मेदवारी किन ?
यो एउटा विदेशमा बस्ने नेपालीहरुको साझा फोरम भएको हुँदा पनि यसको नेतृत्व तहमा आकांक्षी धेरै हुनु कुनै नौलो विषय होइन जस्तो लाग्छ । सबैजना एनआरएनए अभियानमा केहि योगदान गरेका साथीहरुनै हुनुहुन्छ । मैले एनआरएन एनसीसी जापानको सदस्य, उपाध्यक्ष, आइसीसी सदस्य हुँदै एसिया प्यासिफिक सहसंयोजकको जिम्मेवारी दुई पटकसम्म सफलतापूर्वक निर्वाह गरिसकेको हुँदा यो पटक संयोजक पदका लागि मेरो दावेदारी स्वभाविक हो । सबैसँगको सल्लाह र सुझाव अनुसार एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी घोषणा गरेको हुँ । यसअघि मैले एनआरएनएमा गरेको कामको मूल्यांकन गर्दै एसिया प्यासिफिक क्षेत्रका विभिन्न एनसीसीबाट पाएको समर्थन र एनआरएनए अभियानका अग्रज तथा सहकर्मीहरुको सुझाव पछि नै मैले यो निर्णय लिएको हुँ । मेरो एनआरएनए अभियानमा अगाडि जाने ठाउँ पनि संयोजक पद नै भएकाले सम्पूर्ण एसियाबासीले मलाई यो जिम्मेवारी दिनुहुनेछ भन्ने आशा राखेको छु । 
 
एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपालीका धेरै समस्या रहेका छन्, समस्या पहिचान गर्नु भएको छ ? 
विशेषगरी सबैभन्दा बढी नेपाली रहेको मलेसियामा थुप्रै समस्या छन् । त्यहाँ नेपालीहरु समस्यामा पारिने घटना बढ्दो छ यसलाई न्यूनिकरण गर्दै त्यहाँ रहेका नेपालीको हकअधिकार र सुरक्षाको पहल सबैभन्दा महत्वपूर्ण विषयका रुपमा हामी सामु खडा छ । त्यहाँ झण्डै ५ सय भन्दा बढी नेपाली जेलमा रहेको हामीसँग तथ्यांक आएको छ । ती नेपालीलाई स्वदेश फर्काउनु हाम्रो अर्को चुनौती हो । उता जापानमा रोजगारीका नाममा हुने ठगी र त्यसबाट उत्पन्न समस्या पनि अर्को पाटो रहेको छ । विशेषगरी जापान र कोरिया जस्ता एसिया प्यासिफिक देशहरुमा रहेका नेपालीहरुमा बढ्दो डिप्रेसनको समस्या  र आत्महत्यालाई कम गर्न पहल गर्नुपर्ने आवश्यकता देखिन्छ । समग्रमा एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपालीहरुको समस्या पहिचान गरी यसको निराकरणका लागि हामी सबै प्रतिवद्ध भएर लाग्नुपर्दछ ।
 
समस्या त देखाउनु भयो तर यसको समाधानमा के पहल गर्नुहुन्छ ?
सर्वप्रथम त विद्यमान वैदेशिक रोजगार ऐनले यस्ता समस्याहरु सम्वोधन गर्न सक्नुपर्छ जस्तो लाग्छ । यसका लागि ऐन संशोधन अहिलेको आवश्यक्ता हो । यस्तै विदेशमा नेपाली कामदार समस्यामा पारिने घटना न्यूनिकरणका लागि त्यहाँ भएका कुटनैतिक नियोगलाई थप जिम्मेवार बनाउनु आवश्यक छ । यसमा श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वय आवश्यक छ । यस क्षेत्रमा रहेका नेपालीको समस्या न्यूनिकरणका लागि हामी गैरआवासीय नेपालीको पनि उत्तिकै भूमिका छ र हामीले यसलाई आफ्नो तहबाट सक्दो प्रयास पनि गरिरहेका छौ । वैदेशिक रोजगार आपतकालिन कोषको जुन अवधारणा हामीले ल्याएका छौ यसलाई मजबुद बनाउन जरुरी देखिएकाले यसलाई कार्यान्वयन गर्न म प्रतिवद्ध भएर लागेको छु ।  
 
चुनावमा प्रतिवद्धता गर्ने तर पछि बिर्सने आरोप लागिरहदा तपाईका चाहि प्रतिवद्धता के–कस्ता छन ? अनि यसलाई पुरा गर्ने केहि आधार छन् तपाईसँग ?
तपाईले सान्र्दभिक प्रश्न उठाउनुभयो । जहाँसम्म प्रतिवद्धता गर्ने र पुरा नगर्ने सवाल छ यसमा मैले आजसम्म गरेका बाचा र काम सबैमाझ छर्लङ्ग छ । केहि लिन भन्दा पनि दिन आएको हुँदा एनआरएनए अभियानमा रहेर मैले जे–जति गरे त्यसलाई संस्थागत गर्न र विदेशमा रहेका नेपालीको हकहित संरक्षण गर्न शसक्त भएर लाग्ने छु । त्यस्तै विदेशमा आर्जन गरेको सीप र पूँजीलाई देशमा धेरै भन्दा धेरै भित्र्याउन विशेष पहल रहनेछ । मैले कुरार प्रतिवद्धताभन्दा पनि कामलाई बढी मान्यता दिने गरेको छु । त्यसैले मैले कुनै नयाँ प्रतिवद्धताभन्दा पनि हामीले प्रयास गर्दै आएका केहि महत्वपूर्ण विषयलाई जोड दिएको छु ।
 
पहिलो त गैरआवासिय नेपाली संघको विभिन्न देशमा भएको आन्तरिक विवादलाई न्यायपूर्णरूपमा समाधान गर्न मेरो पहल रहने छ । वैदेशिक रोजगार आपतकालिन कोषलाई थप ससक्त बनाउने र बिमाको लागि पहल गर्दै वैदेशिक रोजगारीका लागि मलेसिया लगायतका मुलुकमा पुगेका नेपाली दाजुभाई, दिदीबहिनीका हकहितका लागि विशेष पहल थाल्ने मेरो अर्को योजना छ । यस्तै अहिले एसिया प्यासिफिक क्षेत्रमा विभिन्न समस्याले डिप्रेशनका कारण आत्महत्या गर्ने प्रवृति बढ्दै गइरहेकोमा उनीहरुलाई आवश्यक काउन्सिलिङ गरि काम गर्न प्रेरित गर्नेछु । यसका साथै नेपालमा एनआरएनका साथीहरुबाट सामूहिक लगानी गर्न प्रेरित गर्ने तथा विदेशीहरुबाट समेत लगानी भित्र्याउन पहल गर्नुका साथै नेपाली भाषा संस्कृतिको प्रवद्र्धन र पर्यटन प्रवर्धन गर्न पहल गर्ने मेरो अठोट छ ।
 
नेपालको आर्थिक सम्बृद्धि र सामूहिक लगानी भित्र्याउने सवालमा यहाँको योजना के छ ? 
अहिले पनि धेरै एनआरएन साथिहरुले व्यक्तिगत रुपमा तथा सामूहिक रुपमा स्वदेशमा लगानी गरिरहनुभएको छ । म आफैले पनि एनआरएन साथिहरुसँग मिलेर नेपालमा रेमिट्यान्स, वित्तिय क्षेत्र, हाइड्रोपावरलगायतको क्षेत्रमा लगानी गरेको छु । यस्ता लगानीलाई अझ बढाउन एनआरएनएको माध्यमबाट बृहत योजनाहरुमा सामूहिक लगानी भित्र्याउन तथा यस अभियानमा विदेशी लगानीकर्ताहरुलाई पनि समावेश गराउन मेरो पहल रहनेछ । अहिले धेरै नेपाली आर्थिक हिसावबाट सफल भएका छन् र स्वदेशमा लगानी गर्न इच्छुक पनि छन । सरकारले सहजढंगबाट एनआरएनलाई लगानी गराउने वातावरण सृजना गरेर नेपालमै रोजगारी दिन सकेको खण्डमा नेपालको आर्थिक सम्बृद्धि गर्न सकिन्छ । 
 
र अन्त्यमा तपाईलाई एसिया प्यासिफिक संयोजकको पदमा जिताउनका लागि के भन्नुहुन्छ  ?
एसिया प्यासिफिकमा यसअघि दुई–दुई पटक सहसंयोजको जिम्मेवारी निर्वाह गर्ने क्रममा होस या त्यसभन्दा अघि एनआरएन अभियानमा मैले निर्वाह गरेको भूमिका यहाँहरुले मूल्यांकन गरिदिनुहुन्छ भन्ने मेरो आशा छ । मेरो अब जाने ठाउँ नै संयोजक भएकाले सम्पूर्ण एसियाबासीलाई सहयोग गरेर जिताउनुहुन आग्रह गर्दछु । अन्तमा हारेपनि जितेपनि सँगै सहकार्य गरेर जाने प्रतिबद्धता ब्यक्त गर्दछु ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अन्तर्वार्ता / बिचार
1.   एनआरएनप्रतिको अपेक्षा र उनीहरुले जगाएको आशा
2.   एनआरएनएको संस्थागत तथा दिगो विकासका लागि 'भिजन २०२०'
3.   एसिया प्यासिफिक क्षेत्रका समस्या समाधानका लागि मेरो उम्मेदवारी
4.   वैदेशिक रोजगार सुधार्न फिलिपिन्सबाट सिक्नेकी !
5.   बिपत्तिमा डुबेको वैदेशिक रोजगारको स्रोत क्षेत्रलाई व्यवसायीको उपहार ! ‘ब्ल्याक लेबल’
6.   एनआरएनए साझा चौतारी बन्नुपर्छ
7.   एक परदेशिको आत्मकथन : नचाहदा नचाहदै जन्मियो अपराध - शम्भु सुस्केरा
8.   असोज पहिलो सातासम्म संघको भवन निर्माण शुरु हुन्छ
9.   अनुभूति : बरदुबई पार्कमा नेपाली जोडीका पीडा - युवराज नयाँघरे
10.   भाषण होइन स्पष्ट रोडम्याप र पुरा गर्ने आधारसहित अघि बढेको छु : गडतौला
11.   २०७३ मा वैदेशिक रोजगार उपलब्धिभन्दा विवादै विवाद
12.   संघको नेतृत्वतहमा श्रेष्ठको खोजी
13.   म व्याक हुन तयार छु, तर फोरमबाट एउटै प्यानल आउछ : प्रज्ञान न्यौपाने
14.   वैदेशिक रोजगार विभागले दिने अनलाइन सेवाबारे विस्तृत जानकारी : सूर्यप्रसाद भण्डारी
15.   वैदेशिक रोजगार व्यवसायीलाई त्यसै क्षेत्रको जिम्मेवारी दिनु गलत : डा.शेखर कोइराला
16.   म पद दोहोर्याउन्न, अध्यक्षको स्वभाविक दावेदार हुँ : कुमार पन्त
17.   माफियातन्त्र उखेल्न संघ नेतृत्व अनवरत लागिरहेको छ
18.   कोरियामा नेपालीले गर्ने भनेको ‘थ्री डी’ नै हो
19.   अझै नयाँ रेमिट्यान्स कम्पनी ?
20.   आप्रवासी कामदारको सम्मान नै सुरक्षित आप्रवासन
21.   मेहनत र संघर्ष गरिरहेको छु
22.   त्रासै त्रासले घेरिएको छ वैदेशिक रोजगार
23.   इमान्दार हुँदा न्याय पाइन्छ भन्ने नजिर बस्यो
24.   चारवर्ष भित्र बैंकलाई उत्कृष्ट बैंक बनाउछौं
25.   कमिशन मिलाउन श्रममन्त्री मलेसिया गएका हुन : न्यौपाने
Results 57: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media