बुधवार, जेष्ठ ०९ गते, २०७५
आफ्नै महासचिवको साइन चोर्दा पनि संघ नेतृत्व मौन बसेकोमा पूर्वअध्यक्षको आपत्ति
विहिवार, २०७४ भाद्र २८ गते ०५:१७

दिनेश लुइटेल/ आफ्नो स्वार्थ पुरा गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सदस्य तथा मिथिला मेनपावरका संचालक बबन कुमार सिंहले संघका महासचिव नरेश गेलालको हस्ताक्षर दुरुपयोग गरेका छन । संघका सदस्य सिंहले महासचिव गेलालको अनुमति नलिइ तथा संघ कार्यसमितिले गरिसकेको निर्णयलाई आफ्नो स्वार्थ अनुकुल ब्याख्या गर्दै आज एक दैनिक पत्रिकामा विज्ञप्ति निकालेपछि सिंहको अवैध धन्दा छताछुल्ल भएको हो ।

‘मेरो हस्ताक्षर सहितको विज्ञप्तिले म आफैलाई आश्चार्यमा पारेको छ । त्यो विज्ञप्तिमा प्रयोग गरिएको मेरो हस्ताक्षर मेरो अनुमति नलिकनै प्रयोग गरिएको हो संघकै सदस्यबाट भएको दुरुपयोग हो यो’ महासचिव गेलालले रोजगारमञ्चसँग कुरा गर्दै भने,–‘संघको भवन सर्ने विषयमा कार्यसमितिले पहिला नै निर्णय गरिसकेको विषय हो यसमा धेरै बोल्नु आवश्यकनै छैन ।’

गेलाल निकट एक व्यवसायीका अनुसार सिंहको हर्कतको विषयलाई लिएर महासचिव गेलालले केही व्यवसायी तथा संघको कार्यसमितिका केही पदाधिकारीलाई सिंह बिरुद्ध कानुनी उपचार खोज्ने बताएको बुझिएको छ । त्यसो त गेलाल निकट स्रोतले दिएको जानकारी अनुसार सिंहलाई संघमा ल्याएका गेलाल सिंहका पछिल्ला गतिविधिबाट आफै आजित बनेका छन् ।

सिंहका पछिल्ला गतिविधीलाई लिएर व्यवसायीहरुले सार्वजनिक रुपमै असन्तुष्टि जनाउन थालेका छन् । संघका एक पूर्व पदाधिकारीले रोजगारमञ्चसँग कुरा गर्दै भने –‘यहाँ को व्यवसायीको हैसियत कति छ र के हो भन्ने सबैलाई थाहा छ, कसैले आफुलाई दुधले नुवाएको छु भनेर देखाउनु आवश्यक छैन । हिजो झोलामा पासपोर्ट बोकेर मेनपावर मेनपावर हिंडेको हामीलाई थाहा छैन र ? आज संघको सदस्य जिते भन्दैमा जोसँग पनि निहु खोज्ने, जसलाई जे मनमा लाग्यो त्यहि भन्ने, न अध्यक्षलाई टेरेको सुन्छु न महासचिवलाई । अब हुँदा–हुँदा महासचिवको साइन समेत किर्ते गर्ने भनेपछि त्यो व्यवसायी कुन नियत बोकेर संघमा गएको रहेछ भन्ने त आफै पुष्टि भइहाल्यो नि !’

यता संघका एक पूर्वअध्यक्षले सिंहका पछिल्ला गतिविधि र स्वयं महासचिवको हस्ताक्षर समेत किर्ते गर्दा पनि संघ नेतृत्वले सिंहको कर्तुतलाई काँध थापेर हिंडेकोमा असतुष्टि जनाए । रोजगारमञ्चसँग कुरा गर्दै उनले भने –‘आजसम्म संघको इतिहासमा कोहि र कुनै सदस्यले यस्तो दुश्कर्म गरेका थिएनन । तर निर्वाचित भएर आएको १ महिनामामै आफ्नै साथीभाइसँग बिबाद गर्ने, पत्रकारसँग बिबाद गर्ने, आफ्ना घर परिवार, आफन्त लगाएर धम्क्याउने, आफ्नै नेतृत्वलाई नटेर्ने, यो त संघ नेतृत्व एउटा सदस्य सामु लाचार बनेको हो या हिजो सडकको व्यवसायी एकैपल्ट संघमा पुगेको उन्माद हो ! त्यो बाहेक अरु के हुनसक्छ ?’

सिंहले महासचिवको हस्ताक्षर दुरुपयोग गरेको विषयलाई गेलाल र संघ नेतृत्वले तत्काल व्यवसायीलाई स्पस्टिकरण दिनुपर्ने उनको भनाइ छ । आज महासचिवको हस्ताक्षर दुरुपयोग गर्ने सदस्यले भोलि अध्यक्षको हस्ताक्षर दुरुपयोग नगर्ला भन्ने केही आधार छ र ? संघका ति पूर्वअध्यक्षले आशंका ब्यक्त गर्दै संघ नेतृत्वप्रति प्रश्न गर्दै भने –‘भवन सर्ने विषयमा संघले लेखेको पत्र त्यहि हो ? यदि हो भने हो भन्नु पर्यो  होइन भने आफ्नो सदस्यले गरेको बदमासीलाई संघ नेतृत्व काँध थापेर हिंड्छ भन्नु पर्यो ।’
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   मलेसियन दूतावास भन्छ : ओएससी र भिएलएन बन्द नगर्नु
2.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
3.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
4.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
5.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
6.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
7.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
8.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
9.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
10.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
11.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
12.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
13.   अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी
14.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
15.   विदेशको जेलमा रहेका नेपालीलाई सरकारले कानूनी सेवा दिने
16.   वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट २९ जना विचौलिया पक्राउ
17.   श्रम, रोजगार तथा सामाजिक सुरक्षाको विषयमा संघ र प्रदेशबीच समन्वय हुनुपर्नेमा जोड
18.   ‘फ्री भिषा नो टिकट’ र एक महिनाको तलब सेवा शुल्क माग्दै संघ
19.   कतारले कामदारको क्षतिपूर्ति दिने
20.   कोरियन भाषा परीक्षामा ८२ हजार बढिको आवेदन
21.   यूएई दूतावासमा अव प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नु नपर्ने
22.   श्रम मन्त्री विष्टलाई झापाका मेनपावर एजेण्टको ज्ञापनपत्र
23.   कोरिया जानेको आवेदन खुल्यो, वैंकमा लामो लाइन
24.   श्रम मन्त्री विष्टको चेतावनी –‘डाइनोसर हुनु पर्ला’
25.   १६ हजार युवालाई सीपमूलक तालीम दिइने
Results 555: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media