सोमवार, असार ११ गते, २०७५
सोमवार, २०७४ भाद्र १८ गते ००:३५

युवाकवि भविन लिम्बूको कविता सङ्ग्रह छायाँको हालै विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, कवि राधेश्याम लेकाली, निबन्धकार युवराज नयाँघरे, समालोचक महेश पौडेल, कृतिकार भविन लिम्बूले संयुक्त रुपमा छायाँको विमोचन गरेका थिए । 
 
छायाँबारे उपकुलपति घिमिरेले भने— ‘नयाँ पन, नयाँ शैली भित्रिएको छ यो छायाँमार्पmत् । आजको कविताले खोजेको खास धार यो कृतिमा भेटिन्छ ।’ 
 
यसै गरी विमोचित कृतिबारे निबन्धकार नयाँघरेले आफनो धारणा राखे— ‘छायाँमा देश र परदेश जोड्ने भावनात्मक पुलको निर्माण भएको छ । सरलतामा धेरै बलिया विचार पोखिएको यो सुन्दर कृति हो ।’ 
 
समालोचक पौडेलले छायाँमा जातीयता र राजनीतिको कुनै पनि छोइछिटो नरहेको विचार पोखे । उनले भने— ‘कविताको मौलिक स्वाद यसमा छ ।’ 
 
कृतिका लेखक लिम्बूले आपूm विदेशमा बस्दा पैसाभन्दा पनि साहित्य–कलामा बढी समर्पित भएको धारणा राखे । उनले भने— ‘कविता लेख्दा मलाई ठूलो सन्तुष्ठी हुन्छ । सिर्जनाले दिने सुख अरुबाट पाइँदैन  ।’ 
 
साहित्यकार लेकालीले भविनका कविताले आफ्नो मौलिक भाव र चरित्रमाथि उठान गरेको बताए । उनले भने— ‘भविनमा ज्यादै कलात्मक लेखनीका गुणहरु देखिन्छन् ।’ 


 
लामो समयदेखि हङकङमा रहँदै आएका कवि लिम्बू अनेकौँ सांस्कृतिक, सामाजिक, साहित्यिक संघ–संस्थामा आबद्ध छन् । छायाँ भविनको दोस्रो कृति हो । यस अघि उनको हङकङ चसमिस कविता सङ्ग्रह आइसकेको छ । 
 
उक्त अवसरमा वीपी चिन्तन प्रतिष्ठान हङकङका अध्यक्ष कुलप्रसाद गुरुङ, कवि टङ्क सुब्बा, बाबा बस्नेत, सन्ध्या पहाडी, डाक्टर गुनु घर्ती लगायतले आ–आफना मन्तव्य राखेका थिए । कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरले आयोजना गरेको थियो ।                                 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
51.   साहित्यकार जगदिश घिमिरेको निधन
52.   साहित्यकारद्वय जोशी र शर्मा सम्मानित
53.   मनमा यसरी डढेलो लाग्ने गरी फेरि यति चाँडै कसले गर्‍यो होला यो फोन ?
54.   बेलायतमा घन्कियो नेपाली गजल
55.   मनुज, ध्रुवचन्द्र र नयाँघरेलाई कलाश्री पुरस्कार
56.   शारदा शर्मा र सत्यमोहन जोशीलाई पद्मश्री
57.   युएईमा ‘श्रमिक साथी’ पुस्तक विमोचन
58.   ‘दमिनी भिर’लाई मदन पुरस्कार, जगदम्बा श्री रत्नशम्शेर थापालाई
59.   पत्रकार, प्रेमिका र डिसहोम
60.   अन्सारीको अतीत:युवराज नयाँघरे
61.   गर्भपतन
62.   बिचरा तिमी
63.   मिर्लुङको मेलोडी
64.   साइनो बेच्ने केटी
65.   सुडानमा मान्छेले मान्छे खान्छ रे हो ?
Results 65: You are at page 3 of 3
First Prev 1 2 3

Powered By : Unitech Media