सोमवार, असार ११ गते, २०७५
शनिवार, २०७४ असार ०३ गते २३:५१

रोजगार मञ्च  
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सहि नेतृत्व नपाएकाले आम व्यवसायीले दुःख पाएको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष नरेश गेलालले बताएका छन् ।मञ्चका अध्यक्ष गेलालले बिमल ढकाल नेतृत्वको कार्यकालमा वैदेशिक रोजगारकै इतिहासमा सबै भन्दा बढी दुःख र सास्ती व्यवसायीले पाएकाले आगामी निर्वाचनमा सचेत भएर नेतृत्व छान्न आग्रह गरेका छन् ।

‘जुन दिन संघको अहिलेको नेतृत्व निर्वाचित भएर आयो त्यो दिन देखि व्यवसायी सडकमा छन् । व्यवसायी आफु सडकमै बसेर समस्या समाधानका लागि आफ्नो नेतृत्वलाई सिंहदरबार पठाए तर अहिलेको नेतृत्वले सिंहदरबारमै वैदेशिक रोजगारलाई बन्दक बनायो’ मञ्चका अध्यक्ष गेलालले संघका वर्तमान अध्यक्ष ढकालको कार्यशैली प्रति अशन्तुष्टी र आक्रोश पोख्दै भने–‘नियम संगत काम गरिरहेका व्यवसायीले प्रहरी,प्रशासनबाट सास्ती भोग्दा कहाँ थियो वर्तमान नेतृत्व ? के अब फेरी तिनै व्यक्तिलाई नेतृत्वमा पठाएर वैदेशिक रोजगार व्यवसाय इतिहासको कुनै कालखण्डमा थियो भनेर कालो अक्षरले लेखाउने  ?’
 
संघको निर्वाचन नजिकिँदै गैरहेका बेला उनले पछिल्लो दुइ वर्षमा भोगेको दुःख बाट पाठ सिक्दै क्षमतावान,व्यवसायीक र व्यवसायीका समस्या समधान गर्न सक्ने सक्षम नेतृत्व छान्न आग्रह गरेका छन् ।
 
उनले भने–‘हामीले आँखा चिम्लिएर नेतृत्व छान्दा कस्तो नेतृत्व आउने रछ,कति दुःख आफैले भोग्नु पर्ने रछ भनेर आज सबैले महशुस गरेका छन् । के फेरी तिनै व्यक्तिहरुलाई नेतृत्वमा पठाएर दुइ वर्ष सम्म जेनतेन आफ्नै बलबुताले बचाएको व्यवासयलाई तिलान्जली दिन बाट बचाउनै पर्छ ।’ 


 
यस्तै मञ्चले आयोजना गरेको बृहत भेला,सम्मान तथा सदस्यता वितरण कार्यक्रममा अध्यक्ष गेलालले वर्तमान संघ नेतृत्व प्रति पनि तिखो टिप्पणी गरेका छन् ।उनले चोर बिरालोले घरमा राखेको दुध खाएर हैरानी र दुःख दिने गरे जस्तै संघको वर्तमान नेतृत्वलाइ चोर बिरालोको संज्ञा दिदै आम व्यवसायीले निकै हैरानी र दुःख पाएको धारणा राखेका छन् । 
 
 ‘जसरी चोर बिरालोले दुध चोरेर खादा सधै आँखा बन्द गरेर खान्छ अनि उसले मनमनै सोच्छ मैले चोरेर दुध खाएको कसैले देखेको छैन । मैले त जेगरे पनि हुने रहेछ भनेर त्यस्तै चोर बिरालाहरु हाम्रो क्षेत्रमा पनि छन् । अघिल्लो पल्ट व्यवसायीहरुले आँखा चिम्लिदा त्यस्तै चोर बिरालाहरु नेतृत्वमा पुगे र मैले जे गर्दा पनि हुने रहेछ भनेर फेरी दुध चोर्न अगाडी बढ्दैछन्’ अध्यक्ष गेलालले भने–‘तर खबरदार व्यवसायी साथीहरु हामीले आँखा चिम्लेका कारण नेतृत्व गर्ने क्षमता भएका साथीहरु पराजित हुनु प¥यो र त्यो ठाउँमा चोर बिरालाहरु पुगे । अब फेरी तिनै चोर बिरालाहरुलाई नेतृत्वमा पु¥याउने गल्ति गर्नु हुँदैन,उनीहरुको हार निश्चित छ ।’
मञ्चको कार्यक्रमलाई सम्बोधन 
गर्दै गेलाल ( हेर्नुस भिडियो )
  
.



प्रतिक्रियाहरु
NARENDRA , Gingabo
Tehi comitee MA Rohan Gurung Dai tapai KO party KO manche huda kehi bhayena ani dhos diyera hunchha.

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
1.   मलेसियामा नेपाली कामदार चढेको बस दुर्घटना
2.   समाजसेवी राजा घलेलाई कतारमा विशेष सम्मान
3.   यूएईले अवैध आप्रवासीलाई दियो तीन महिने आममाफी
4.   गैरआवासीय नेपाली र विदेशी विज्ञहरुको सम्मेलन हुँदै
5.   साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी
6.   पर्यटनदूत राजा घले काठमाडौंमा अभिनन्दित
7.   मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ
8.   एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै
9.   एनआरएन यूएईको आयोजनामा इफ्तार
10.   बालगायक अशोक दर्जीलाई संखुवासभाली चेलीको सहयोग
11.   हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला
12.   कतार नाकाबन्दी एक वर्ष, देखिदैन प्रभाव
13.   श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त
14.   साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली
15.   अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा
16.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
17.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
18.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
19.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
20.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
21.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
22.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
23.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
24.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
25.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
Results 569: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media