मंगलवार, माघ ०२ गते, २०७४
शनिवार, २०७४ असार ०३ गते २३:२२

 
‘म त हेरेरै अगाउँदिनँ !’ गोविन्दबहादुर कार्कीले छेवैमा झुप्पीलाई गहिरेर हेर्दै भन्यो । वरिपरि अरू पनि कार्कीकै जस्ता जोडीहरू गुनगुन गरिरहेकै छन् । झुप्पीलाई उसले चारवर्ष अघि बिहे गरेथ्यो । पहिलो बच्चा गर्भमा अडिन सकेन । मोरङको दुर्गम गाउँबाट दुईवर्ष अघि यिनीहरू एउटै कम्पनीमा काम गर्न दुबई आएका हुन् । 
 
हप्ताको एक दिन शुक्रबार मात्र यिनको भेटघाट हुन्छ । शुक्रबार कहिले होलाजस्तो हुन्छ । आज भेट्न नपाई गोविन्दले झुप्पीलाई आफ्नो छेउमा राखिहाल्यो । ‘तिमी अलिक दुब्लाएजस्ती छ्यौ नि !’ उसले झुप्पीको नारी छाम्यो । आँखी भौं पनि कान्छी औंलाले उसले मिलाइदियो । अनि कानैमा ओठ जोतेर भन्यो– ‘अचेल यसरी परपर कहिलेसम्म हुनेभन्ने लागिरहन्छ !’ झुप्पीले देब्रे कुना ओठ टोकी ।
 
दुबईको यो बरदुबई पार्क हो । सबै नेपाली कामदार भेला हुने ठाउँ यही हो । यहीँ आएर सबैले भेट्ने ठाउँ । गोविन्दले झुप्पीलाई फेरि हे¥यो । उसले झुप्पीका गोडा थिच्यो । अनि सोध्यो– ‘बेलुका नुनपानीले यसो गोडा सेक्नु है ।’ उसले टाउको मात्र हल्लाई । झुप्पीले ओठ एक पटक भित्र हुली र बोली– ‘शुक्रबार यसरी भेटेर गएपछि निन्दै्र लाग्दैन ।’ गोविन्दले खुट्टाको गोलीगाँठोमा छाम्यो । झुप्पीले आँखा चिम्म गरी । दुवै एकछिन मौन भए ।
 
कामको खोजीमा दुबई आएमा झुप्पी र गोविन्दलार्य कम्पनीले अलग–अलग ठाउँमा बस्ने व्यवस्था मिलाइदिएको छ । उनीहरू साताको एक दिन भेट्न पाउँछन् । पाखुरा समातीरहेकी झुप्पीले गोविन्दको कुइनोेटोलाई अघिदेखि मुसारी रहेकी छ । ‘अचेल त भोक पनि लाग्दैन ।’ झुप्पीले दिक्क मानेर भनी । ‘मलाई पनि बिहीबारको रातीमात्र भोक लाग्छ । किनभने भोलिपल्ट तिमिलाई भेटिने हुनाले ।’ गोविन्दले झुप्पीको कानको मुन्द्रा मिलाउँदै भन्यो । औंला चलिरहून् जस्तो सन्चो मानी झुप्पीले । गोविन्दले पनि हात हटाएर उसका कानका लोतीबाट । यता उता यता उता चलाइरह्यो ।
 
खुट्टा पसारेर बसेकी थिई झुप्पी । उसका गोडादेखि घुँडासम्म बेला बेलामा थिचिरहेको हुन्थ्यो गोविन्द । उसका हत्केला एकछिन पनि शान्त देखिँदैन थिए । ‘हामी ठीक दुई वर्ष भो सँगै नबसेको ।’ झुप्पीले भनी । टाउको मात्र हल्लायो गोविन्दले । अनि कम्मरमा अँगालेर बेरबार पा¥यो । झुप्पीले आँखा चिम्लेर टाउको ढल्काई गोविन्दको कुमतिर । दुवै छिनमा हराए । दुवैको मुटुमात्र चलेको सुनियो । अरू चालचुल केही छैन ।
 
गोविन्दले कम्मरबाट हात हटाएन । झुप्पी पनि आनन्दित भइरही । ‘अचेल बेलुका खाना पकाउने पालो कस–कसको पर्छ ? तिमी अबेर आउँछ्यौ होला ?’ गोविन्दले आवाको झोँकामा आएको कपाललाई मूठो पार्न कम्परबा झुप्पीका निधारतिर हात लग्यो । एकछिन कपाल गुजुल्टो पा¥यो । उसले विस्तारै सम्याएर कपाल कानतिर सिउरिदियो । ‘बेलुका भ्याउँदिन । बिहानको जिम्मा मेरो । नक्कली र म आलोपालो गर्छौं । अरूले पकाएको मलाई मन पर्दैन । मीठो पनि हुँदैन । मेरो र नक्कलीको स्वाद केही मिल्छ ।’ झुप्पीले यत्ति भन्नपनि निकै समय लगाई । 
 
गोविन्दले एकपटक कपालको मुठो नाकसम्म ल्यायो । अनि फेरि सोध्यो झुप्पीलाई– ‘कहिले नुहाएकी ?’ ‘आज आउनलाई समय बचाएर हिजै राती नुहाएँ मैले । राती यस्तै १२ बजेथ्यो नुहाउँदाखेरि ।’ उसले थामिई–थामिई यति कुरा भनी । अनि पाछाडिको आफ्नो कपालको मुठा अगाडि ल्याएर मुठीमा बाँधेर ‘स्याम्फुको बास्ना गनाएछ’ उनले भनी । रातभरि कपालभित्रै खाँदिएर बसेछ ।’ झुप्पीले यत्ति भनी सुस्तरी ।
 
गोविन्दले निलुँलाजस्तो गरी हे¥यो झुप्पीलाई । अनि कानैमा मुख जोतेर भन्यो– ‘तिमीले स्याम्फु नलाउँदा तिम्रो कपालको गन्ध मलाई थाहाभइहाल्छ ।’ ‘अब आउँदा सादा पानीमा कपाल धोएर आउनु है । तिम्रो मीठो गन्ध सुँघ्न मन छ मलाई ।’ कलिलो आवाज बनाएर बोल्यो गोविन्द । झुप्पीले आँखा लट्ठ पारी । ऊ भित्रैदेखि पग्लिरहेकी थिई । 
 
उनीहरू यहाँ बसेको तीन घण्टाभन्दा बढी भइकेको थियो ।समय नगए हुन्थ्यो । तर रोक्ने पो कसले ? घडी चाँडो घुमेजस्तो लागिरहन्छ । ‘कत्तिचाँडो काँटा घुमेके ?’ गोविन्दको औंला पड्काउँदै झुप्पी बोली । ऊ साँझ पर्न दुई तीन घण्टा मात्र बचेको देखेर भित्रैदेखि पाक्किर्छ ।
 
‘तिमीले त्यो खिरिलो सिक्री किन फुकालेकी ?’ सिक्री अडिने घाँडी छामिरह्यो गोन्दिले । झुप्पीले निकै सन्चो मानी । उसले सुमसुमयाउँदै फेरि भन्यो– ‘त्यो निकै सुन महँगिएको बेलामा मैले तिमीलाई सिक्री बनाउको थिएँ । लगाऊ है । अर्को पटक आउँदा म हेर्न चाहन्छु ।’
 
उसका हात घाँटी भएर काँधमा गएर बसे । गोविन्दले काँधमा राखेको हातले विस्तारै थिच्यो । अनि विस्तारै बोल्यो– ‘कहिलेसँगै बस्ने ! कहिले बच्चा पाउने । कहिले आमा बाबु बन्ने ।’ झुप्पीले टाउको झुकाएर गोविन्दतिर शरीर छोडुँला जस्तो गरी । गोविन्दले काँधमा सुमसुम्याउन छोडेन । ‘कहिले–कहिले ?’ आँखा चिम्लिएरै बोली झुप्पी । ऊ भित्रभित्रै पुरै पग्लिसकेकी थिई । ऊ यत्ति बोल्दासम्म पुरै लल्याकलुलुक भइसकेकी थिई । 
 
झुप्पी मुन्टो उठाएर कोल्टिएर बसी । गोविन्दले देब्रोतिरको चिउँडो निहालेर हेर्दै भन्यो– ‘अस्तिभन्दा यो पालि आउँदा तिम्रो कोठी अलिक बढेछ ।’ ‘किन यसरी बढेको होला ?’ गोविन्दले सुस्तरीसँग सोध्यो । फिस्स हाँसेर झुप्पी बोली– ‘धेरै माया पाउन नपाएर हो कि ?’
गोविन्द झस्कियो । ‘नबढ्ने बढ्छन्, बढ्नु पर्ने बढ्दैनन् ।’ नाइटोमाथि औंला चलाइरहेको गोविन्दले झुप्पीको बोली सुन्यो । गोविन्दको औंला टोकिदिई झुप्पीले ।
 
घाम डुब्न लाग्दा पार्कबाट मान्छेहरू पातलिएका थिए । बिछोडिनुपर्ने पीडाले हात समातेर बस्नेहरू घडी हेर्दै हत्तारिरहेका थिए । ‘लोग्ने स्वास्नी भनेर के गर्नु ? एकरात एउटै ओछ्यानमा सुत्न पा हैन ।’ झुप्पीले आँखा तरी । भूइँतिर आँखा घोप्ट्याएर गोविन्द बोल्यो– ‘के गर्नु यो कम्पनीले एकै ठाउँमा राखेन । होटेल जाउँ, खर्चले धान्दैन ।’ झुप्पीका ढाड सुमसुम्याइरहेका गोविन्दका आंैला हतारिएर दगुरिरहेका छन् । गोविन्द भन्दा बढ्ता भोकाई झुप्पी ।
 
छेउमै डुंगा ओहोरदोहोर गरिरहेका छन् । झुप्पीले ती डुंगा हेरिरही । हरेक ढुंगामा कसैले चिनेका साथीका जोडी थिए । रमा–रामा, ज्ञानबहादुर, हरि–मानकुमारी र गरुडनाथ–गीताकुमारी थिए जोडीहरू । झुप्पीले ती जोडी गएको हेरिरही । उसका छेवैबाट गएका ती जोडीले उसलाई जिस्काए जस्तो लाग्यो । ऊ झन् छट्पटिई । एकदमै आकुलव्याकुल भई ।
 
अनि भनि– ‘जे सुकै होस् हामी पनि जाम ढुंगा तरेर । एक रात देरामा बसौं ।’ गोविन्दले खल्तीको दिराम कति होला भनी मनमने अनुमान ग¥यो । पुग्ला कि नपुग्ला उसले हिसाब गर्न औंला नै भाँच्यो । अरू धेरे छन् बरदुबई पार्कमन– दिरामले हराएर बाँचेका मनहरू ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अन्तर्वार्ता / बिचार
1.   एनआरएनप्रतिको अपेक्षा र उनीहरुले जगाएको आशा
2.   एनआरएनएको संस्थागत तथा दिगो विकासका लागि 'भिजन २०२०'
3.   एसिया प्यासिफिक क्षेत्रका समस्या समाधानका लागि मेरो उम्मेदवारी
4.   वैदेशिक रोजगार सुधार्न फिलिपिन्सबाट सिक्नेकी !
5.   बिपत्तिमा डुबेको वैदेशिक रोजगारको स्रोत क्षेत्रलाई व्यवसायीको उपहार ! ‘ब्ल्याक लेबल’
6.   एनआरएनए साझा चौतारी बन्नुपर्छ
7.   एक परदेशिको आत्मकथन : नचाहदा नचाहदै जन्मियो अपराध - शम्भु सुस्केरा
8.   असोज पहिलो सातासम्म संघको भवन निर्माण शुरु हुन्छ
9.   अनुभूति : बरदुबई पार्कमा नेपाली जोडीका पीडा - युवराज नयाँघरे
10.   भाषण होइन स्पष्ट रोडम्याप र पुरा गर्ने आधारसहित अघि बढेको छु : गडतौला
11.   २०७३ मा वैदेशिक रोजगार उपलब्धिभन्दा विवादै विवाद
12.   संघको नेतृत्वतहमा श्रेष्ठको खोजी
13.   म व्याक हुन तयार छु, तर फोरमबाट एउटै प्यानल आउछ : प्रज्ञान न्यौपाने
14.   वैदेशिक रोजगार विभागले दिने अनलाइन सेवाबारे विस्तृत जानकारी : सूर्यप्रसाद भण्डारी
15.   वैदेशिक रोजगार व्यवसायीलाई त्यसै क्षेत्रको जिम्मेवारी दिनु गलत : डा.शेखर कोइराला
16.   म पद दोहोर्याउन्न, अध्यक्षको स्वभाविक दावेदार हुँ : कुमार पन्त
17.   माफियातन्त्र उखेल्न संघ नेतृत्व अनवरत लागिरहेको छ
18.   कोरियामा नेपालीले गर्ने भनेको ‘थ्री डी’ नै हो
19.   अझै नयाँ रेमिट्यान्स कम्पनी ?
20.   आप्रवासी कामदारको सम्मान नै सुरक्षित आप्रवासन
21.   मेहनत र संघर्ष गरिरहेको छु
22.   त्रासै त्रासले घेरिएको छ वैदेशिक रोजगार
23.   इमान्दार हुँदा न्याय पाइन्छ भन्ने नजिर बस्यो
24.   चारवर्ष भित्र बैंकलाई उत्कृष्ट बैंक बनाउछौं
25.   कमिशन मिलाउन श्रममन्त्री मलेसिया गएका हुन : न्यौपाने
Results 57: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media